अस्ट्रेलियामा बसोबास: बनिसकेको घर किन्ने कि नयाँ बनाउने?

अस्ट्रेलियामा घर किन्ने र बनाउने दुवै विकल्पहरूको आ-आफ्नै फाइदाहरू छन्। के हुन् त यी फाइदाहरू?

House in Australia: Should you build or buy?

Source: AAP

घर किन्न लाग्नु भएको छ? उसो भए तपाईँका मनमा निकै प्रश्नहरू छन् होला।

मेरो आफ्नै घर भए हुन्थ्यो भन्ने सोच आउन साथ नयाँ घर बनाउने कि बनिसकेको घर किन्ने भन्ने प्रश्नहरूको जवाफ खोज्नु जरुरी हुन्छ।

 

नयाँ घरको निर्माण

Image

तपाईँको मनमा मेरो घर यस्तो होस्, उस्तो होस् भन्ने कुरा खेलिरहेको भए, नयाँ घर बनाउने निर्णय नै उत्तम हुनसक्छ। त्यसको प्रमुख कारण भनेको त्यो नयाँ बन्ने घर तपाईँको चाहना अनुरूपको हुनेछ - बाहिरी तथा भित्री साजसज्जा, रङ्ग, घर निर्माण गर्दा प्रयोग हुने वस्तु, भान्सा एवं बाथरुमका साधन जस्ता कुराहरू आफ्नो इच्छाले छान्न सक्नुहुनेछ।

तर, यसरी सामाग्रीहरू छान्ने काम सबैको लागि उपयुक्त नहुन पनि सक्छ। 

कहिले काहीँ निकै थोरै समयमा धेरै निर्णय लिनुपर्ने हुनसक्छ।

बिना अनुभव, यो काम झन्झटिलो एवं तपाईँलाई अलमलाउने खालको पनि हुनसक्छ।

पिटर कोलिजोस एक लेखक तथा सम्पत्ति सल्लाहकार हुन्। कोलिजोसका अनुसार, उनी कहाँ आउने सबैजसो ग्राहकहरू निर्माण सामग्री हेरेर कल्पिन सक्दैनन्।

“मेरो घडेरीमा यो ढाँचाको घर कस्तो देखिएला? भन्ने प्रश्न नै उनीहरूको निम्ति फलामको चिउरा चपाए सरी हुन पुग्छ,” उनी बताउँछन्।

Interior of a House designed by Nisha Bajaj
Interior of a House designed by Nisha Bajaj Source: Nisha Bajaj

मोर्गेज ब्रोकरको रूपमा पनि काम गर्ने कोलिजोस अगाडी भन्छन्, “ग्राहकहरू नमुना घर हेर्न आउँछन्, इन्टरनेट एवं पत्रपत्रिकामा तस्बिरहरू हेर्छन्, सन्दर्भ सामाग्रीहरू पढ्छन् तर पनि आफ्नो छनौटमा परेका निर्माण सामाग्रीहरू आफूले मन पराएको डिजाइनको घरमा कस्तो देखिएला त भनेर कल्पिन गाह्रो मान्छन्।”

ब्ल्याक नामक वित्तीय कम्पनीको संस्थापक समेत रहेका कोलिजोस नयाँ निर्माण हुने घरहरूमा ऊर्जाको कम खपत हुने फाइदा पनि छ।

“गर्मीयाममा घर चिस्याउन तथा जाडोयाममा तताउन कम पैसा लाग्छ। अनि, केही मर्मत गर्नुपर्‍यो भने पनि पुराना बनेका घरहरू भन्दा सस्तो हुन्छ,” उनी थप्छन्।

नयाँ घर बनाउँदा सरकारले आर्थिक प्रोत्साहन पनि प्रदान गर्ने गरेको छ। कुनै राज्यमा स्ट्याम्प ड्युटीमा छुट छ भने कुनैमा पहिलो घर योजना अन्तर्गतका अनुदान।

केही राज्यहरूमा यी दुवै सुविधाहरू एकैसाथ प्रयोग गर्न मिल्छन्।

तर, घर बनाउने स्थान भने समस्या हुनसक्छ।

साधरणतया, मुख्य सहर वरिपरि र भित्री सबर्बहरुमा अब खालि जग्गा छैनन् नै भने पनि हुन्छ। यसो भेटिई हालेमा पनि निकै महँगो वा बिल्डिङ पर्मिट पाउन अफ्ठेरो हुनसक्छ।

The Melbourne city skyline is seen behind a new home at a housing estate at Deer Park in the outer western suburbs of Melbourne, Wednesday, May 23, 2012. (AAP Image/David Crosling) NO ARCHIVING
The Melbourne city skyline is seen behind a new home at a housing estate at Deer Park Source: AAP

त्यसैले नयाँ घर बनाउने भए सहरभन्दा निकै टाढा जानुपर्ने हुनसक्छ। त्यस्ता ठाउँहरूमा, स्कुल, सार्वजनिक यातायात, अस्पताल, शपिङ्ग सेन्टरहरू जस्ता चाहिने सबै सुविधाहरू उपलब्ध नहुन पनि सक्छन्।

अनि अर्को ध्यान पुर्‍याउनुपर्ने कुरा भनेको चाहिँ घर बनाउने प्रक्रियाको समयावधि हो। सामान्य अवस्थामा, घर बनाइसकेर सर्न कम्तीमा पनि केही महिना लाग्न सक्छ।

यदि तपाईँलाई सकेसम्म चाँडो घर सर्नु छ भने, नयाँ घर बनाएर सर्ने योजना नगर्नु नै राम्रो हुनसक्छ।

स्थापित भैइसकेको घर

Tyrone Pearce Toowoomba Housing
Toowoomba resident Tyrone Pearce stands to lose his home if the auction goes ahead. Source: NITV

स्थापित वा अरू नै व्यक्तिले भोग चलन गरिआएको घर किन्ने प्रकिया नयाँ घर बनाएर सर्नु भन्दा अलि सजिलै हुन्छ।

तपाईँले किन्न लाग्नु भएको स्थापित घर बनिसकेको हुनाले कस्तो देखिन्छ भनेर कल्पना गर्नुपरेन। त्यसो भएपछि आफूलाई पायक पर्ने घर हो कि होइन भनेर हेर्न गएपछि थाहा भई हाल्छ।

अनि प्रकिया पनि नयाँ घर बनाएर सर्नु भन्दा चाँडो हुन्छ। कतिपय स्थितिमा त, तपाईँले स्थापित घर किन्नुभएको १५ दिन भित्रै पनि सर्न पाउनुहुनेछ।

तर, अरूले आफ्नो लागि भनेर बनाएको घरमा तपाईँको आवश्यकता अनुसारका कोठाहरू, बाथरुमहरू नहुन पनि सक्छन्।

सहर नजिकै बस्न रुचाउनु हुन्छ भने स्थापित घर किन्नु नै तपाईँका लागि एक मात्र उपाय हुनसक्छ।

कोलिजोसका अनुसार स्थापित घर किन्दाका अरू फाइदाहरू पनि छन्।

Highpoint Shopping Centre
Highpoint Shopping Centre. Photo by Trinh Le. Source: SBS

“बनिसकेको घर वरपर स्कुल, किनमेल गर्ने ठाउँ, सामुदायिक केन्द्र सबैको व्यवस्था हुन्छ। नयाँ घर बनाइने ठाउँमा भने कहिले के बन्छ भनेर थाहा हुँदैन। आवास निर्माता कम्पनीले सधैँ आफ्नो वाचा पुरा गर्न पनि सक्दैनन्। जिम खाना बन्छ भनेर त्यो उनीहरूले पहिले भनेकै नाप-नक्साको नबन्न पनि सक्छ, उनी भन्छन्।

“यदि आवास निर्माण योजना घाटामा जाने जस्तो भए उनीहरूले मनोरञ्जन स्थल बन्ने जग्गामा केही पनि नबनाउन सक्छन्।”

 

लागतको अनुमान र तुलना गर्नुहोस्

Property over looking the Tasman Bridge and Hobart in Tasmania,
A tourism boom has increased demand for short-term rental accommodation in Hobart and pushed up rent (AAP) Source: AAP

पहिलो घर किने बापत पाइने सरकारी अनुदान तथा स्ट्यामप ड्युटीमा पैसा बचेता पनि नयाँ घर किन्दा सधैँ पैसा बच्छ भन्न सकिँदैन।

कस्तो घर किन्ने त भनेर कुनै निर्णयमा पुग्नु भन्दा अगाडी, तपाईँले नयाँ घर बनाएर सर्दा लाग्ने खर्च र पुरानो एवं स्थापित घर किनेर सर्दा लाग्ने खर्चको तुलना गर्नै पर्छ।

विशेष गरेर, पुरानो घर किनेपछि गर्नुपर्ने मर्मत सम्भार र नयाँ घर नबन्दासम्म आफू भाडा बापतको रकम। साथै, नयाँ बनाइने घरको सन्दर्भमा, तोकिएको समय भन्दा बढी समय लागे, अतिरिक्त खर्च बारे पनि तपाईँले सोच्नुपर्ने हुन्छ।

आफैलाई यी प्रश्नहरू सोध्नुहोस्

A woman sitting on a couch
Gretchen Miller reflects on the challenges that come with confronting infertility. Source: Getty Images

घर किन्ने सोच्दै हुनुहुन्छ भने, आफूले आफैँलाई यी प्रश्नहरू अवश्य सोध्नुहोस्:

  • तपाईँ कहाँ बस्न चाहनुहुन्छ ?
  • कस्तो किसिमको घर खोज्दै हुनुहुन्छ ?
  • के तपाईँसँग सोचे जस्तो घर किन्ने ल्याकत छ ?
अनि, सबैभन्दा महत्त्वपूर्ण कुरो - के तपाईँले किन्न लाग्नुभएको घर “सधैँको लागि” हो कि पछि त्यो बेचेर अन्तै “राम्रो र ठुलो” घर सर्ने योजना छ?

“यदि एक दुई वर्षमै त्यो ठाउँ छाडेर अन्त जाने योजना छ भने आफ्नो समय र लगानी माथि राम्ररी विचार गर्नुहोस्,” कोलिजोस भन्छन्।


Share

4 min read

Published

Updated

By SBS Nepali, Audrey Bourget

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now