अस्ट्रेलियामा बसोबास: अर्को राज्य सर्नुपर्दा विचार गर्नुपर्ने कुराहरू

प्रत्येक वर्ष, करिब चार लाख मानिसहरू अस्ट्रेलियाको एक राज्यबाट अर्को राज्य सर्ने गरेका छन् र बिचार पुर्याएर कदम चाले बसाईसराई सहज हुनसक्छ।

teenage girl

3.2 million Australians are currently living below the poverty line and more than half of those people are women and young girls. Source: Hero Images

नयाँ देशमा आएर बस्नु आफैँमा एउटा चुनौतीपूर्ण काम हो र त्यसमा पनि एक राज्यबाट अर्को राज्य जानु भनेको चाहिँ अर्को ठुलो कार्य हो।

तर, धेरै कुराहरूलाई ध्यान नदिई अन्तर-राज्य बसाई सार्ने जमर्को गर्दै हुनुहुन्छ भने, तपाईँ पछि अफ्ठेरोमा पनि पर्न सक्नु हुन्छ - किन भने अस्ट्रेलियाका प्रत्येक राज्यमा आ-आफ्नै नियमहरू छन् जुन तपाईँले बसिरहेका राज्याबाट निकै अलग पनि हुन सक्छन्।

काम, परिवार, जीवनशैली र आफ्नो समुदायको नजिक हुन पनि मानिसहरू अस्ट्रेलियाको एक राज्यबाट अर्को राज्य कतिपयहरू जाने गरेका छन्।

अस्ट्रेलियाको तथ्याङ्क विभागका अनुसार, यसरी राज्य सर्ने मध्येहरुमा अस्ट्रेलिया बाहिर जन्मेकाहरूको बाहुल्यता रहेको छ।

बसाई सराइमा सहयोग पुर्‍याउने एक संस्था एएमईएस अस्ट्रेलियाकी लरी नोवेलका अनुसार, पहिलो चोटि अस्ट्रेलिया आउँदा जुन किसिमका चुनौतीहरू एक नव-आगन्तुकले झेल्नु पर्छ, अन्तर-राज्य सर्दा पनि झन्डै-झन्डै त्यस्तै नै हुन्छ।

4MCVmkVjpByRUpTbXYLBs04y6a1JRGZXOdadpWl_X7QoPMXerw5JIctWB9L2gx32XvD5Knd79uSe_nujV5A8zudocvttApnJgUNjTYE4d5ZhAkwDctyipVU2W-kfcK-ifXnAX3l9

वैयक्तिक विवरण

यस क्रममा निकै नै ध्यान दिनु पर्ने कुराहारुमा चाहिँ - सरकारी विभागहरुमा रहेको तपाईँको ठेगाना परिवर्तन गर्नु रहेको छ।

“ब्याङ्क, यातायात नियामक संस्थान, मेडिकेयर लगायतका निकायहरूमा रहेको आफ्नो विवरणमा नयाँ जानकारी अद्यावधिक गर्नुपर्छ।

पुरानै ठेगानामा तपाईँलाई सम्बन्धित गरिएका पत्रहरू जाँदा, तपाईँको व्यक्तिगत विवरणहरू चोरी हुने सम्भावना हुन्छ,” नोवेल भन्छिन्।

आफ्नो नयाँ विवरण छिटो भन्दा छिटो अवगत गराएमा धेरै अफ्ठेरोबाट बच्न सकिन्छ।

O7e_PV5xlM8UIXZeX2zidAUsAGXjf2BSZ2WbYgd7ynf26ZuHRG_bH5X0qTRJ_9dAEj-i9yQuMXfh8k3RQXyXKv7xcZnCcjv-4XyKRvhlC2Jj3BEIalplXl63vR5WSh7OZHpl06di

यस्तै यदि तपाईँ यहाँको स्थायी बासिन्दा होइन भने त तपाईँले अध्यागमन विभागलाई पनि सूचित गर्नु पर्ने हुन्छ।

आफ्नो स्वास्थ्य बिमा गर्ने कम्पनीलाई पनि नयाँ ठेगानाको बारेमा जानकारी दिनु जरुरी हुन्छ।

त्यस्तै गाडीको लाइसेन्स लिने, र दर्ता गर्ने सम्बन्धमा पनि फरक फरक नियम छन्, र यसलाई पनि ध्यान दिन उतिक्कै जरुरी छन्।

अस्ट्रेलियामा मतदान अनिवार्य भएकाले, आफ्नो नयाँ ठेगानाको सम्बन्धमा निर्वाचन आयोगलाई सूचित गरिनु पर्छ।

यस नयाँ सूचनाको आधारमा उक्त आयोगले तपाईँको नयाँ निर्वाचन क्षेत्रमा तपाईँको मतदानको अधिकार जोड्ने छ।

बजेट

An8delUQ47WXpKR6sUj57iOD6VhJ09TIeTtAP6ZutrgpZSQK_LNF9jtcJyhMS24Jc91zC-y28m91DedVY5hHcvXLU1fB0sOSIDqYiSxjA-vWMsBo6ApKvD4ksAzBYaPdCWNwvuqT

भारतबाट आएकी पल्लवी ठक्कर सुरुमा सिड्नी बसेकी थिइन्, तर पछि गएर मेलबर्न सरिन्।

काममा अवसरहरूका कारण उनी अस्ट्रेलियाको दोस्रो ठुलो सहरको रूपमा चिनिएको मेलबर्न पुगेकी थिइन्।

उनको अनुसार, बसाई सर्ने क्रममा रकम छुट्टयाउन पनि निकै आवश्यक रहेको छ।

“एक शहरबाट अर्को सहर सर्दा आफ्नो करिब १०,००० डलर खर्च भएकाले सर्ने क्रममा हुने खर्चलाई पनि ध्यान दिन निकै आवश्यक छ,” उनी बताउँछिन्। 

अनि साथै, गाडीको बिमा गर्ने कम्पनीहरूमा विभिन्न राज्यहरूमा बेग्लै नियमहरू हुने गरेको छ।

क्वारेन्टाइन कानुन

अर्को महत्त्वपूर्ण कुरा के भने, अस्ट्रेलियामा सरुवा रोगको कारण अलग्याउने काम सम्बन्धीको निकै कडा क्वारेन्टाइन कानुन रहेको छ।

बिरुवा, फलफुल वा मासुजन्य सामाग्री सार्दा भने आफू सर्न लागेको राज्यका नियमहरूलाई ध्यान दिनुपर्ने हुन्छ।

त्यसका लागि, समबन्धित राज्यको क्वारेन्टाइन सम्बन्धी वेबसाइट हेर्नुपर्छ। 

विद्यालय

9ZnVF8mDHQ9wlRr7l4Kzkbt_YpN_luGTnX-b_GyKruuHgqmbjiE0U-xRK6_DHTzlD3QqZtRqIAMGOS5wnBsAeKRx1HTzjh7bXpFMZmGLTqmcG6XB2gCl20JvxpEw3KrKxOFu1tKi

अस्ट्रेलियाभर राष्ट्रिय पाठ्यक्रम लागू भएका कारण अलग राज्य सर्दैमा तपाईँका बाल-बच्चाहरूलाई अफ्ठेरो पर्दैन तर, केही विषयहरू वा प्रमाणपत्रहरू भने फरक हुन सक्छन्।

साथै, स्कुलको शैक्षिक सत्र भिन्न हुन सक्छन् र यसबारे आफूले सोधखोज गरेर आफूलाई र आफ्ना बच्चाहरूलाई पायक पर्ने कदम चाल्नुपर्छ।

मद्दत

ठक्करका अनुसार सामाजिक सञ्जालहरूबाट मद्दत खोज्दा बसाईसराई सहज हुन्छ।

“मेरो अनुभवमा फेसबुकमा मैले सोधेका प्रश्नहरूलाई अन्य मानिसहरूले राम्ररी प्रतिक्रिया र सुझावहरू दिनुभयो, जसले हामीलाई धेरै मद्दत गर्‍यो,” उनी भन्छिन्।

नोवेलका अनुसार, बन्दोबस्ती सम्बन्धी काम गर्ने संस्थाहरू र “माइग्राण्ट रिसोर्स सेन्टर”हरूले पनि निकै सहायता गर्न सक्छन्।

“विभिन्न भाषाहरूमा यस सम्बन्धमा सेवा र सहयोग प्रदान गर्ने संस्था प्रत्येक राज्यमा रहेका छन्। यस्ता संस्थाहरूबाट थप सल्लाह र सहयोग पाउन सकिन्छ।”

JZgN-yYGY6oCLLVmcXs_fA9VWZiB1WifymwiNxtEHf9pCU9O-F6uSSsI3mSg5yquRt9XVAMPR9z5FWklGA9PDMnlkGfeJlZUQPKiRsZPLTIeUxg1uG64N8f4Ww4ONsnhEk7w_LtU

महत्त्वपूर्ण लिङ्कहरू:


Share

3 min read

Published

Updated

By SBS Nepali, Harita Mehta, Audrey Bourget

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now