गए सोमबार पूर्वी मेडीटेरेनियन राष्ट्रको आपराधिक अदालत द्वारा निकोलस मेटाक्षस विरुद्ध तीन सदस्य इजलासले उक्त फैसला सुनाइएको हो।
आरोपितले प्रायः कामको लागि साइप्रस आएका महिलाहरू माथि “हत्याको अभियान सुरु गरेको” न्यायाधीशको भनाइ थियो।
सामाजिक सञ्जाल मार्फत आत्म सुरक्षा गर्न नसक्ने महिलाहरूको खोजी गर्दै ३५ वर्षीय मेटाक्षसले उनीहरूको हत्या गरेको पनि अदालतमा बताइएको थियो।
पूर्व सैन्य कप्तानका पीडितहरूमा एक नेपालीका साथै तीन फलिपिना, रोमानिया कि एक महिला र उनको ८ वर्षीय छोरी पनि रहेका छन्।

गए अप्रिल महिनामा एक ३८ वर्षीय फलिपिना महिलाको शव एक खानीमा भेटिएको चार दिन पछि सोही स्थानमै एक अर्का २८ वर्षीय फलिपिना महिलाकै शव भेटिएको थियो।
अभियोजकहरुका अनुसार दुई बालबालिकाका पिता समेत रहेका निकोलस मेटाक्षसले उक्त हत्याबारे छानबिन गर्न संलग्न अनुसन्धानकर्मीहरूलाई सुरुमा सहयोग नगरेता पनि बढ्दो प्रमाण पछि अन्ततः उनले ती महिला र बालिकाहरूको हत्या गरेको स्वीकार गरेका हुन्।
पीडित फिलिपिनो महिलाहरूसँग सामाजिक सञ्जाल मार्फत मेटाक्षसले गरेको संवादको आधारमा पनि प्रमाण सङ्कलन गरिएको अदालत समक्ष बताइएको थियो।
मेटाक्षसले लगातार पाँच आजीवन कारावासका साथै थप दुई सजाय एक साथ पूरा गर्नुपर्ने छ।
अदालतको उक्त फैसला आउनु अगाडी एक लिखित विज्ञप्ति पढ्दै उक्त व्यक्तिले मृत व्यक्तिका परिवारहरू समक्ष माफी मागेका थिए।
साथै के कारणले आफूले ती महिलाहरूको हत्या गरेकोबारे आफूले पनि नबुझेको उनले बताए।
