SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा भीषण वर्षाको चेतावनी

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

HAIL STORM DAMAGE SYDNEY
NSW Rural Fire Service workers are seen repairing a house damaged in a hail storm. (file) Source: AAP / ERIK ANDERSON/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मौसम पूर्वानुमान विभागले न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका विभिन्न भागहरूमा मेघ गर्जन सहित वर्षा र असिना सम्बन्धी चेतावनी जारी गरेको छ।

न्यु साउथ वेल्समा दिउसो १ः३७ मा जारी भएको चेतावनीमा आगामी केही घण्टामा तीव्र हावा चल्नुका साथै, असिना र चट्याङ्ग पर्न सक्ने चेतावनी जारी भएको छ।

बिशेषगरि ट्यामवर्थ, मुरुन्डी, वाल्स, वाराबा, कुरीन्दी, बेन्डीमर, टारी, आर्मीडेल, गुन्हेड, मोरी र नारावी क्षेत्र यसबाट प्रभावित हुन सक्ने बताइएको छ।

क्वीन्सल्यान्डका लागि भने दिउसो १२ः३१ बजे चेतावनी जारी भएको हो।

त्यहाँ पनि भारी वर्षासँगै असिना र तीव्र हावाको चेतावनी जारी भएको छ।

रोमा, चार्लभिल, गुन्डीविन्डी, सेन्ट जर्ज, मुनगिन्डी र टारा क्षेत्र यसबाट बढी प्रभावित हुन सक्ने बताइएको छ।

यसै गरी मौसम विभागले न्यु साउथ वेल्सका बर्क, लुथ, टिल्पा र विलकानिया क्षेत्रमा लगातारका वर्षाले बाढी ल्याएको जनाएको छ।

नदर्न टेरीटरीमा तातो हावा चल्न कम भए पनि वेर्स्टन अस्ट्रेलिया र क्वीन्सल्यान्डका केही क्षेत्रमा १४ डिसेम्बरसम्म जारी रहने जनाएको छ।

'हिट वेब' चेतावानि जारी भएका स्थान

क्वीन्सल्यान्डः पेनेन्सुला, गल्फ कन्ट्री, नदर्न ट्रपिकल कोस्ट र टेबलस्पान, हर्वट र लोअर बुर्डेकिन, सेन्ट्रल कोस्ट र ह्वाईट सन्डेज डिस्ट्रीक ।

नदर्न टेरीटरीः डाली, टिवी, आर्नेम, बार्कली, टनामी।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now