SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स, भिक्टोरिया र साउथ अस्ट्रेलियामा भारी वर्षाका साथ गम्भीर मौसम

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

WILD WEATHER ADELAIDE
A fallen tree that has hit power lines, affecting local residents on Ashbrook Avenue, in Payneham, Adelaide. Monday, November 14, 2022. Source: AAP / MORGAN SETTE/AAPIMAGE

2 min read

Published

By SBS

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स र भिक्टोरिया गम्भीर मौसमले प्रभावित रहेको समयमा हजारौँ साउथ अस्ट्रेलियालीहरू भने आँधीबेहरीका कारण बिजुलीविहीन भएका छन्।

न्यु साउथ वेल्सको राज्य आपतकालीन सेवाले म्यान्डागरी क्रीक र क्यानोविन्ड्राका बासिन्दाहरूलाई अचानक आउन सक्ने बाढी (फ्ल्यास फ्लडिंग)को जोखिमका कारण आफ्नो घर छोडेर सुरक्षित ठाउँ तर्फ जान निकासको आदेश दिएको छ।

त्यस्तै, मलंग क्रीकमा आएको बाढीका कारण मलंगका बासिन्दाहरूलाई पनि निकासको आदेश दिइएको छ।

डब्बोको डेरिवंग र टुमुटको रिभरग्लेड क्यराभ्यान पार्कका बासिन्दाहरूलाई निकासको लागि तयार रहन आदेश जारी गरिएको छ।

आजसम्म हुने भनिएको मध्यम देखि भारी वर्षाका कारण बरेनडंग बाँधको तल्लो भागमा रहेको मक्वेरी नदीको स्तर बढेको छ।

त्यस्तै, बरुवा बाँधको पानीको सतह बढेको हुनाले पार्क स्ट्रीट र मार्केट स्ट्रीटका केही भागमा, बरुवा क्याराभ्यान पार्क र नदीको नजिकी क्षत्रहरू बाढीको जोखिममा परेका छन्। त्यहाँ बसोबास गर्ने बासिन्दाहरूलाई निकासको आदेश दिइएको छ।

लक्लन नदीको बाढीका कारण नानामी, फोर्ब्स र कटन्स वायर आसपास पानीको सतह बढ्ने अनुमान छ।

जेमालंग वायर नजिक पर्ने लक्लन नदी नजिक र कराथूलका दुर्गम क्षत्रका बासिन्दाहरूले आज देखि आइसोलेट गर्न तयारी गर्नु पर्ने छ।

वारेन, मल्गवरिना, गन्गल्गन, बाथर्स्ट र डार्लिङटन पोइन्टमा बाढी आउन जारी छ।

हेमा पनि बाढीको क्रम निरन्तर जारी छ। यस हप्ताको अन्त्यसम्म बढीको सतह सन् १९७४ को सेप्टेम्बरमा आएको बाढी जस्तै हुने अनुमान छ।

थप जानकारी केही बेरमा।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स, भिक्टोरिया, र साउथ अस्ट्रेलियाका एसईएस वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now