SKIP TO MAIN CONTENT

किन रोकियो पूर्वी नेपालमा आयोजना हुने भनिएको साङ्गीतिक कार्यक्रम?

पूर्वी नेपालमा आयोजना हुन लागेको एउटा अन्तर्राष्ट्रिय साङ्गीतिक कार्यक्रम सरकारले रोक्दिएपछि कार्यक्रममा सहभागी हुन आएका विदेशीहरूको बिजोग भएको छ। यस्तै उक्त साङ्गीतिक कार्यक्रमको विवाद पनि अदालतसम्म पुगेको छ।

Shaktipeak Festival Nepal Trance 2017
Shakti Peak Festival in Nepal (The Last Bench Photographers via Facebook) Source: The Last Bench Photographers via Facebook

2 min read

Published

Updated

By Pratichya Dulal



Skip to article content

एप्रिल ५ देखि २० सम्म तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तीन जुरे मिल्के जल जलेको गुफा पोखरी क्षेत्रमा हुने भनिएको कार्यक्रम आयोजनाका गर्नका लागि आवश्यक सम्बन्धित सरकारी निकायसँग अनुमति बेगरै सञ्चालन गर्न लागिएकोले रोकिएको सरकारी अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले शान्ति सुरक्षा कायम गर्न र अश्लील क्रियाकलाप रोक्न उक्त कार्यक्रममा रोक लगाउनु परेको जनाएको छ।

Shaktipeak Music Festival in Nepal
Source: Facebook

शक्ति पिक महोत्सव नामको साङ्गीतिक कार्यक्रम गत वर्ष पनि सञ्चालन भएको थियो। स्थानीय स्तरमा सफलतापूर्वक सम्पन्न भएपछि यो वर्ष पनि आयोजना गर्नका लागिको र त्यसको व्यापक प्रचार प्रसार समेत भएको स्थानीयबासीले बताएका छन्।

तर कार्यक्रम सञ्चालन हुने अन्तिम समयमा आएर सरकारले त्यसलाई रोक लगाइदिएपछि भने उक्त कार्यक्रमका लागि भनी आएका विदेशी पाहुनाको व्यवस्थापन गर्न हम्मे परेको बताइन्छ।

घनकुटाको हिले र सङ्खुवासभाको टुटे देउरालीबाट पर्यटकहरूलाई फर्काइएको अधिकारीहरूले बताएका छन्।

SHakti peak Nepali Trance Festival
ती ठाउँमा पर्यटकहरूलाई राख्न गाह्रो भएपछि धेरैलाई पालमा पनि राखिएको आयोजकले संस्था शक्ति पिक म्युजिक फेस्टिबल प्रालीले जनाएको छ। (The Last Bench Photography via Facebook) Source: The Last Bench Photography via Facebook

उक्त कार्यक्रम शुक्रवारको लागि तय गरिएको र त्यसका लागि करिब एक सय सहभागी सहित ३ सय विदेशहरूलाई पर्यटक भेला भएको आयोजक संस्था शक्ति पिक म्युजिक फेस्टिबल प्रालीले जनाएको छ।

सङ्खुवासभा र तेह्रथुमको सीमामा पर्ने राँके डाँडा उक्त कार्यक्रम आयोजना सञ्चालन गर्ने भनिएको थियो।

"आयोजकले भने अनुसारको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम सञ्चालन गर्नका लागि केही सामान्य प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।"

फलानो मितिमा, फलानो ठाउँमा यस किसिमको कार्यक्रम आयोजना गर्दै छौँ त्यसको लागि अनुमति चाहियो भन्नी गृह मन्त्रालयसँग अनुमति लिनु त्यसमध्येको एउटा हो।

तर उक्त कार्यक्रमबारे हामीसँग अनुमति लिने होइन सामान्य जानकारी पनि गराइएन," सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए।

गृहमन्त्रालयका एक जना अधिकारीले उक्त कार्यक्रम प्रचार गरिए अनुसार साङ्गीतिक कार्यक्रम नभएर ट्रान्स पार्टी हो भन्ने खबर आएकाले अन्तिम समयमा रोकिएको बताए।

जसका कारण कार्यक्रम आयोजना स्थलमा जान हिँडेका पर्यटकहरूलाई बाटैबाट फर्काइएको उनको भनाइ छ। जसका कारण ती विदेशीहरू धनकुटाको हिले लगायतका विभिन्न खुला ठाउँमा पालमा बस्न बाध्य भएका थिए।

Shaktipeak Nepal Music Festival
अस्ट्रेलिया, अमेरिका र, ब्रिटेन, कोरिया, भारत, बङ्गलादेश लगायतका देशबाट सहभागीहरू आएको कार्यक्रम आयोजकले जनाएका छन् (The Last Bench Photography via Facebook) Source: The Last Bench Photography via Facebook

तर कार्यक्रम आयोजक मध्येका एक सुवास केसीले भने आफूले विशुद्ध साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन्।

"यो साङ्गीतिक कार्यक्रम मात्र हो जसमा सङ्गीत, नृत्य, योगा र ध्यान जस्ता कुराहरू समावेश गरिएको थियो र यसका लागि हामीले स्थानीय सरकरासंग अनुमति लिएका थियौ," केसीले बताए।

त्यसका लागि अस्ट्रेलिया, अमेरिका र, ब्रिटेन, कोरिया, भारत, बङ्गलादेश लगायतका देशबाट सहभागीहरू आएको कार्यक्रम आयोजकले जनाएका छन्।

धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम अधिकारीले भने कार्यक्रम सञ्चालन गर्न अनुमति लिएको भन्ने आयोजकको दाबी झुटो भएको बताए।

आयोजक र जिल्ला प्रशासनबिचको विवाद अदालत पुगेको छ र दुवै पक्ष अदालतको पर्खाइमा रहेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now