अस्ट्रेलियाको सबैभन्दा धनी २५० मा पुनः शेष र जमुना, यसपालि घट्यो वरीयता

दी अस्ट्रेलियन बिजनेस रिभ्यु (एबीआर)द्वारा प्रकाशित सन् २०२० को २५० धनी अस्ट्रेलियालीहरूको सुचीमा, नेपाली पृष्ठभूमिका शेष घले र उनकी श्रीमती जमुना गुरुङ पुनः पहिलो १०० भित्र पर्न सफल भएका छन्।

Shesh Ghale and Jamuna Gurung from Nepal are one of the richest Australians

Jamuna Gurung and Shesh Ghale are worth 1.26 billion dollars according to latest report by Australian Business Review Source: Facebook

गत वर्ष अस्ट्रेलियाका ८५ र ८६ औँ धनीमा सूचिकृत हुन सफल भएका शेष घले र जमुना गुरुङ दम्पतीको सम्पत्तिमा अघिल्लो वर्षभन्दा केही बढेको जनाउँदै दी अस्ट्रेलियन बिजनेस रिभ्युले हाल उनीहरूसँग १ अर्व २६ करोड डलर बराबरको कुल सम्पत्ति रहेको बताएको छ।

शनिवार प्रकाशित बार्षिक रिपोर्ट अनुसार, अघिल्लो वर्ष उनीहरूसँग एक अर्व १० करोड वा १.१ बिलियन डलर कुल सम्पत्ति रहेको थियो।

यसपालि घले-गुरुङ दम्पतीको कुल सम्पत्तिमा वृद्धि भएको देखिए पनि उनीहरू वरीयतामा भने तल झर्दै ९० र ९१ मा पुगेका छन्।

Nepal born richest Australian Shesh Ghale and wife Jamuna Gurung
Australia's Richest 250 enlists Nepal born Australian billionaires Shesh Ghale and his wife Jamuna Gurung as 90th and 91st richest persons. Source: The Weekend Australian

घले र गुरुङले निकै सफल मानिएको निजी शैक्षिक संस्था - मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी - सञ्चालन गर्नुका साथै मेलबर्न सहर वरपर थुप्रै व्यावसायिक भवनहरूको स्वामित्व पनि राख्दछन् जसको आम्दानीबाट उनीहरूले यथेष्ट सम्पत्ति जम्मा गरेको एबीआरको भनाई छ।

सन् १९९० दशको उत्तरार्ध तिर अस्ट्रेलिया बसाइँ सरेका शेष घलेले हाल काठमान्डुमा पाँच तारे शेराटन होटेलको निर्माण गरिरहेका छन् भने मेलबर्न स्थित क्वीन भिक्टोरिया मार्केट नजिकै एक होटेल तथा व्यावसायिक प्रयोजनका लागि बन्ने भवनमा लगानी गर्ने बताइएको छ।

Queen Victoria Market
Queen Victoria Market in Melbourne Source: QVM

जमुना गुरुङ र शेष घलेले मेलबर्नको प्रख्यात तर जीर्ण अवस्थाको आर्गास भवन किनेर त्यसलाई करिब ६ करोड डलरको लागतमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याएका थिए।

एबीआरद्वारा दोस्रो पटक प्रकाशित अस्ट्रेलियाको सर्वाधिक २५० धनीको सुचीमा अघिल्लो वर्ष पनि पहिलो नम्बरमा परेका भिसी कार्डबोर्ड बक्सा निर्माण गर्ने प्राट इण्डस्ट्रिजका एन्थोनी प्राट नै एक नम्बरमा सूचीकृत भएका छन्।

उनको कुल सम्पत्ति अघिल्लो वर्ष भन्दा करिब चार अर्व बढ्दै १६.९५ अर्व पुगेको बताइएको छ भने ह्यान्कक प्रस्पेक्टिङ्गकी जिना राइनहार्ट अस्ट्रेलियाको सबैभन्दा धनी महिला र दोस्रो धनी व्यक्तिको रूपमा पुनः उक्त सुचीमा पर्न सफल भएकी छिन।

राइनहार्टको पनि कुल सम्पत्तिमा करिब ३ अर्व डलर बढोत्तरी भएको जनाइएको छ।

Australia's richest figures include Gina Rinehart, Harry Triguboff and Anthony Pratt.
Australia's richest figures include Gina Rinehart, Harry Triguboff and Anthony Pratt. Source: AAP

अन्य सर्वाधिक १० धनीहरूमा क्रमस: ह्यारी त्रिगुबोफ (३; १५.५ अर्व), एन्ड्रु फर्रेस्ट (४; १३.०६ अर्व), माइक क्यानन-ब्रूक्स (५; १२.७३ अर्व), स्कट फारकुहार (६; १२.५४ अर्व), हुइ विङ्ग माउ (७; ९.०७ अर्व), फ्र्यांक लोई (८; ८.७ अर्व), केरी स्टोक्स (९; ६.५६ अर्व) र जन गाण्डेल (१०; ५.९१ अर्व) रहेका छन्।

यसै गरी यी सर्वाधिक धनी अस्ट्रेलियालीहरू प्रत्येकसँग औसत १.५१ अर्व सम्पत्ति रहेको छ भने २९ महिला सहित ११७ जना त अरबपति नै छन्।


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now