थाहै नपाई ज्यान जोखिममा पार्ने अस्ट्रेलियाली गर्मी

अस्ट्रेलियाले नोभेम्बर महिनामा गर्मीको चरम अनुभव गरेको छ । जबकि ला निनाले यस पटकको गर्मी मौसमलाई ओसिलो बनाउने अनुमान गरिएको छ । मौसम पूर्वानुमान विभागले भने यस पटक तातो हावाको लहर लामो समय सम्म रहने अनुमान गरेको छ ।

boy jumping in a pool

boy jumping in a pool Source: Getty Images


प्रमुख विषय

  • अध्ययनहरूले अन्य प्राकृतिक प्रकोप भन्दा अत्यधिक गर्मीका कारण धेरै अस्ट्रेलियालीले ज्यान गुमाएको देखाएको छ ।
  • यस पटक गर्मीले स्वास्थ्य समस्याहरू ल्याउने अनुमान गरिएको छ ।
  • भिक्टोरियाको आपतकालिन विभागले गर्मीका कारण अस्पताल भर्ना हुनेमा आधा बालबालिका रहेको देखाएको छ ।

विज्ञहरूले यस पटक घर भित्र र बाहिर रहँदा घाम सँग सम्बन्धित रोगहरूबाट बच्नका लागि अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेका छन् ।

अस्ट्रेलियाले गर्मीको अधिकतम रेकर्डलाई पार गरी सक्दा मौसम विज्ञान विभागका डाक्टर एन्ड्रीउ वाट्कीन्स भने चिसो बर्षा हुने अवस्था ला निना मौसमी घटनाको बाबजुद यस पटक गर्मीमा तातो हावाको महसुस गर्ने बताउँछन् ।

डाक्टर वाटकिन्स भन्छन् कि यस पटकको मौसम अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जस्तो चर्को भने हुने छैन । अघिल्लो वर्षलाई अस्ट्रेलियाको सुख्खा र तातो वर्षको रेकर्ड कायम गरेको थियो ।

तिर्खा नलागे पनि पानी पिउनुहोस्, रक्सी, कफी वा अन्य कुनै चीनी हालिएको पेय पर्दाथ होइन,किनकि तपाइले गर्मीमा पानी पिउन आवश्यक छ ।

साउथ अस्ट्रेलियाको रेडक्रसका आपतकालिन सेवा प्रबन्धक निक बैक यस पटकको गर्मीमा मानिसहरू सतर्क रहन जरुरी रहेको बताउँछन् । हिट वेभ अर्थात् तातो हावा घातक हुने भएकाले यस पटक मानिसहरू सतर्क रहन जरुरी छ ।

food delivery
Source: Getty Images/andresr

बैक,जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्न र गर्मीका दिनहरूका लागि तैयार रहन सहयोग पुर्‍याउन अनुरोध गर्छन् ।

 र गर्मीबाट बच्न पानी अधिकतम पिउन पनि उनी सल्लाह दिन्छन् ।

उनी भन्छन् “तिर्खा नलागे पनि पानी पिउनुहोस्, रक्सी, कफी वा अन्य कुनै चीनी हालिएको पेय पर्दाथ होइन,किनकि तपाइले गर्मीमा पानी पिउन आवश्यक छ । ”

यस्ता मानिसहरूलाई पहिला त घाम नलागेको स्थानमा ल्याउनुहोस्, र सम्भव भए उनीहरूलाई पेय पर्दा दिनुहोस् र उनीहरूको अनावश्यक कपडा खोलिदिएर चिसोमा राख्नुहोस् ।

मेलवर्ननको रोयल चिल्ड्रेन अस्पतालका ट्रमा सेन्टरका निर्देशक डाक्टर वारवुक टिग गर्मीको स्ट्रोकलाई कम नठान्न अनुरोध गर्छन्, गर्मीले शरीरका अङ्गलाई असर पुर्‍याउन सक्छ जसले आपतकालिन अवस्थाको सिर्जना गर्न सक्ने उनको भनाई छ ।

डाक्टर टिग यदि कसैलाई गर्मीमा तनावको महसुस गरेको देखे एम्बुलेन्स बोलाउन अघि आफैले केही कुरा गर्न सकिने बताउँछन् ।

bay on beach
Mother and child on a beach Source: Getty Images/ArtMarie

”यस्ता मानिसहरूलाई पहिला त घाम नलागेको स्थानमा ल्याउनुहोस्, र सम्भव भए उनीहरूलाई पेय पर्दा दिनुहोस् र उनीहरूको अनावश्यक कपडा खोलिदिएर चिसोमा राख्नुहोस् ।”

क्यान्सर काउन्सिल क्विन्सल्याण्ड कि प्रमुख क्रिस म्याकमिलन तापक्रम हानिकारक नभए पनि यसले छालामा असर पार्न सक्ने भएकाले सर्न बर्न रोक्नका लागि सनस्र्माट रहन आग्रह गर्छिन् ।

अस्ट्रेलिया छालामा हुने क्यान्सरको राजधानी मानिन्छ, जहाँ हरेक वर्ष ११ हजार ५ सय मानिसहरूमा मेलानोमा भएको पत्ता लाग्छ ।

अनुसन्धानहरूले सूर्यको अत्यधिक विकिरणमा बसेका जुन सुकै प्रकारका छाला भएका मानिस भए पनि प्रत्येक तिन मध्ये दुई अस्ट्रेलियाली ७० वर्षको उमेर सम्म आइपुग्दा छालाको क्यान्सरको सिकार हुन्छन् ।

म्याकमिलन यसबाट बच्न सनस्र्माट रहने पाच उपाय अवलम्बन गर्न अनुरोध गर्छिन् ।

”पुरा बाउला भएको कपडा जसले शरीरको पुरै भाग छोप्न सक्छ यसको प्रयोग गर्नुहोस्, बाहिर निस्कनु २० मिनेट अघि सनस्क्रिनका प्रयोग गर्नुहोस्,चस्मा लगाउनुहोस् किनकि मानिसहरू अक्सर घामले आखालाई पनि असर गर्छ भन्ने बिर्सन्छन् । ”

भिक्टोरीयाको आपतकालिन विभागको तथ्याङकले आधा भन्दा बढी मानिसहरू जो सर्नबर्नका कारण अस्पताल भर्ना भएका थिए ति बालबालिका रहेको देखाएको छ ।

Thongs
Source: Getty Images/Traceydee photography

डाक्टर टिगले पनि सुर्यको किरणले पालेका मानिसहरुको उपचारको अनुभव गरेका छन्

डाक्टर टिग भन्छन् सुर्यका किरणमा निस्कनु २० मिनेट अघि उचित मात्रामा सनस्क्रीनको प्रगोग गर्नु पदर्छ यसका अलावा लामो समय बाहीर बसे बिकीरणबाट बच्न सनस्क्रीनको प्रयोग दोहोर्‍याउनु पर्छ ।

 

अधिक जानकारी वा सनस्र्माट हुनका लागि क्यान्सर काउन्सीलको वेबसाईटमा जानुहोस् ।

सनस्मार्टको वेबसाईटबाट निशुल्क यु भि इन्डेक्स एप डाउन्लोड गर्न सक्नुहुन्छ ।

कोही मानिस जोखिममा परेको छ भने तुरुन्तै ००० मा डायल गर्नुहोस् ।


Share

3 min read

Published

By Amy Chien-Yu Wang

Source: SBS Settlement Guide




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now