SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स डढेलो: धुवाँबाट सावधानी अपनाउन सिड्नीवासीलाई आग्रह

उत्तरी न्यु साउथ वेल्समा लागिरहेको ५० भन्दा बढी डढेलोबाट निस्केको धुवाँले सिड्नी धप्पकै छोपेको छ र छिमेकको न्युजिल्याण्डसम्म यसले प्रभाव पारेको बताइएको छ।

d
Source: AAP

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्स हेल्थले सिड्नीवासी तथा हन्टर क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई धुवाँबाट सावधानी अपनाउन भनेको छ।

मङ्गलवार बिहान मापन गरिएको हावाको गुणस्तर १२२ रेकर्ड गरिएको थियो जुन केही संवेदनशील समूहका मानिसहरूका लागि अस्वास्थ्यकर मानिएको छ।

उता, न्युक्यासलमा भने प्रदूषणका कण १६४ मापन गरिएको छ, जुन कसैका लागि पनि स्वास्थ्यकर नरहेको बताइएको छ।

दम, एम्फाइसेमा र एनजाइना जस्ता रोगबाट पीडित रहेका मानिसहरूलाई घरका झ्याल ढोका बन्द गरी घरै भित्र रहन सल्लाह जारी गरिएको छ।

साथै, धुवाँले आँखा रातो हुने र दुख्ने, अनि नाक र घाँटीमा असजिलो हुने पनि बताइएको छ।

भूउपग्रहबाट प्राप्त तस्बिरहरूले धुवाँ र धुलो कतिसम्म फैलिएको भन्ने प्रस्टसँग देखाएको छ र अब केही समयभित्रै न्यु क्यालेडोनिया र दक्षिण भानुआटु पनि यसको प्रकोपबाट अछुतो नरहने बताइएको छ।

An image from NASA Worldview showing numerous NSW and QLD blazes visible from space.
An image from NASA Worldview showing numerous NSW and QLD blazes visible from space. Source: Nasa

दिनभर तापक्रममा वृद्धि हुँदै जाँदा न्यु साउथ वेल्समा डढेलो सङ्कट थप गहिरिने बताइएको छ।

राज्यभर ५० भन्दा बढी छुट्टा-छुट्टै डढेलोका घटना जारी रहँदा न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाले मानिसहरूलाई आगो आउनु अगावै आफ्नो घर छाडेर जानु सबैभन्दा उत्तम हो भन्ने सुझाव दिएको छ।

 

सामाजिक सञ्जालमा सिड्नीको तुवाँलो सम्बाद

“विनाशकारी” डढेलोको पूर्वानुमान गरिएको मङ्गलवार सिड्नीवासीहरू बिउँझिदा आकाश सफा थिएन र तर, ग्रामीण भेकका डढेलो पीडित बासिन्दा भन्दा सहरी क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूको तुवाँलोपूर्ण तस्बिरले सामाजिक सञ्जालहरू भरिएका छन्।

Smoke clouding Port Macquarie and the ocean this morning #NSWfires pic.twitter.com/sMTeQuBvSV

— Cassandra Bain (@CassyBain) November 11, 2019

उनीहरू ती दुर्गम स्थानमा अग्नि नियन्त्रकहरुले मानिसहरूलाई बचाउने कार्यभन्दा धुवाँ र धुलोबाट आफूहरूलाई परिरहेको असर बारे बताउन तल्लीन देखिन्छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now