SKIP TO MAIN CONTENT

'अति उत्साहित' : बिना क्वारेनटिन यात्रा 'ट्राभल बबल' सुरु हुने भएपछि घर जान आतुर

मङलबार न्यूजीलयाण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले अस्ट्रेलिया र न्यूजील्याण्डका बिच बिना क्वारेनटिन हुने यात्रा जसलाई ट्राभल बबल पनि भनिन्छ, आउँदो १९ अप्रिल देखि सुरु हुने घोषणा गरेपछि अस्ट्रेलियामा रहेका न्यूजील्याण्डरहरुमा उत्साह देखिएको छ ।

Josh Pomare and his wife Paige can't wait for their baby daughter to meet her grandparents in New Zealand.
Josh Pomare and his wife Paige can't wait for their baby daughter to meet her grandparents in New Zealand. Source: Supplied

3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियामा करिब पाँच लाखको संख्यामा  न्यूजील्याण्डरहरुको बसोबास छ ।

दुरीका हिसाबले नजिक भए पनि अघिल्लो वर्ष उनिहरुलाई आफ्नो घर निकै टाढा लग्यो। 

अघिल्लो वर्षको अधिकांस समय यात्रा प्रतिबन्ध  र न्यूजील्याण्ड फर्कदा दुई हप्ते अनिवार्य क्वरेनटीनको नियम रहेको थियो ।

यद्यपि अस्ट्रेलियाले भने गत अक्टोबर देखि न्यूजील्याण्डरका लागि क्वारेनटिन रहित ट्राभल बबलको व्यवस्था गरेको थियो ।

तर आउँदो १८ तारिख राति १२ बजे देखि भने दुवै देशका बासिन्दाले बिना क्वारेनटिन एक-अर्काको मुलुक भ्रमण गर्न सक्नेछन् ।

“यो कोभिड–१९ को प्रतिक्रिया स्वरूप गरिएको महत्त्वपूर्ण अभ्यास हो, मलाई लाग्छ विश्वको अन्य क्षेत्रमा यस्तो देखिएको छैन ।” मङङबार पत्रकारहरू सँग बोल्दै प्रधानमन्त्री जेसिन्डा आर्डनले भनिन् ।

यो आफ्ना आफन्तसँग छुट्टिएका हजारौँ न्यूजील्याण्डरका लागि करिब एक वर्ष पछिको पारिवारिक पुन:मिलनको अवसर हो ।

क्वारेनटिन रहित ट्राभल बबलका कारण न्यूजील्याण्डको पर्यटन उद्योगमा पनि ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

करिब दुई वर्ष देखि अस्ट्रेलियामा रहँदै आएका टिमोथी बेकविथका लागि क्राईष्टचर्चमा रहेका आफ्ना आफन्त नभेटेको करिब डेढ वर्ष भयो र नयाँ घोषणा भएको नीतिले उनलाई निकै उत्साहित बनाएको छ ।

New Zealander Timothy Beckwith says the Melbourne lockdown was hard without the support of family.
New Zealander Timothy Beckwith says the Melbourne lockdown was hard without the support of family. Source: Supplied

मङलबारको घोषणा अघि बेकविथले आउदो जुनमा न्यूजल्याण्ड यात्राका लागि टिकट बुकिङ गरिसकेका थिए तर क्वारेनटिन रहित यात्रा गर्न पाउने भएपछि उनको बिदामा थप दुई हप्ता थपिएको छ ।

“म निकै उत्साहित छु सबै कुराको योजना बनिसक्यो,परिवारलाई भेट्दा यो समय निकै रमाइलो हुनेछ ।”

यता मेलर्वनमा रहँदै आएका जोस पोमारेले रोतुरुवामा रहेका आफ्नो परिवारलाई अन्तिम पटक भेटेपछि जीवनमा निकै धेरै परिवर्तन भइसक्यो ।

उनकी अस्ट्रेलियन श्रीमतीबाट नयाँ सन्तान प्राप्ति भएको छ ।

न्यूजील्याण्डमा रहेका उनका परिवारले नयाँ सदस्यलाई भेट्नै बाकि छ

मङलबारको घोषणा पछि उनी आउँदो एक महिना भित्रै न्यूजील्याण्ड जाने तैयारी गदैछन् ।

यस अघि न्यूजील्याण्ड भ्रमण गर्ने सोचे पनि दुई हप्ते क्वारीनटीका कारण कार्यक्रम रद्द गर्न बाध्य भए।  ।

Josh Pomare with his wife Paige can't wait for their baby daughter to meet her grandparents in New Zealand.
For Melbourne-based Josh Pomare, a lot has happened since he last saw his family in Rotorua Source: Supplied

तर पोमरे र बेकविथका लाई यो कुरा पनि राम्ररी थाहा छ कि यो नीतिमा जुन सुकै बेला परिवर्तन हुन सक्छ ।

प्रधानमन्त्री जेसिन्डा आर्डनले यात्रुहरूलाई यदि कोभिड–१९ का केशहरू फेला परे छोटो जानकारी मै नीतिहरूमा परिवर्तन हुन सक्ने भएकाले तैयारी रहन पनि चेतावनी दिएकी छन् ।

“मैले मेरो सास रोकेर राखेको छु सम्भवतः सबै ठिक नै रहनेछ” बेकविथले भने ।

पोमरे भने दुवै देशले पछिल्लो समय कोभिड–१९ को प्रतिक्रिया प्रति सन्तुष्ट छन् ।

र यति बेला उनी केवल घर जाने बारेमा केन्द्रित रहेका छन् ।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now