SKIP TO MAIN CONTENT

अपुग निन्द्रा: बढ्दै गएको समस्या

धेरै मानिसहरुलाई निन्द्राको अभावले सताएको थुप्रै उदाहरणहरु आजभोली देख्न र सुन्न पाईन्छ। कामको दबाब, घरायसी जिम्मेदारी र टेक्नोलोजीको सजिलो उपलब्धताले मानिसहरुको निन्द्राको चक्रलाई असर गरेको देखिन्छ।

Woman Resting on Desk
Woman Resting on Desk. Asleep? Source: AAP

1 min read

Published

Updated

By Andrea Nierhoff



Skip to article content

निन्द्राको कमी भएको मानिसहरुको संख्या बढ्दै गएको सबैलाई अवगत भएकै कुरा हो। तर हालै गरिएको एक अध्ययनले, अस्ट्रेलियाको करिब एक-तिहाई मानिसहरु यसबाट पिडित भएको उल्लेख गरेको छ।

“स्लीप मेडिसन” नामक उक्त अध्ययनका सह-लेखिका र सी क्यु यू विश्वविधालयकी प्राध्यापिका एमी रेनोल्डले मानिसहरु काम अनुसार आफ्नो निन्द्राको समय मिलाउछन् र शरिरको आवश्यक्ताको खासै चासो राख्दैनन् भनेर उल्लेख गर्दछिन्।

यसैले गर्दा यो समस्या बिकराल हुँदै गईरहेको उनको भनाई छ।

अर्का एक प्राध्यापक पिटर ईस्टवुड पनि यस कुरामा सहमत छन्, र धेरै मानिसहरुको सुत्ने समय, शरिरको माग भन्दा एक-दुई घण्टा ढिलो हुने गरेको बताउछन्। मोबाईल फोन र सामाजिक सञ्जालले त यो अवस्था झनै दु:खलाग्दो बनाएको उनको विचार रहेको छ।

धेरै बिज्ञहरु निन्द्राको अभावको सम्बन्धमा अस्ट्रेलियामा एक गहिरो र गम्भीर अध्ययनको आवश्यक्ता रहेको बताउछन्।

अहिलेसम्म वैज्ञानिक रुपमा सूचना संकलन नगरेकाले निन्द्राको कमीको बिषयमा धेरै कम जानकारि भएको विश्लेषकहरुको भनाई छ।

धेरै आम मानिसहरुको भनाईमा, समाजमा आफ्नो प्राथमिकताको रुपमा, स्वास्थ्यभन्दा माथि काम हेर्ने प्रचलन रहेको छ। यो सोचाई रहुञ्जेल, निन्द्राको कमीमा सुधार ल्याउन धेरै कठिन देखिन्छ।

यो पनि हेर्नुहोस्:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now