"केही क्षत्रहरूमा बितेका १०० वर्षमा यस्तो बाढी देखिएको छैन": न्यु साउथ वेल्स प्रिमियर

यो अस्ट्रेलियामा हाल जारी बाढी सङ्कट बारे आज सन् २०२२ अक्टोबर २४ को विशेष सामाग्री हो।

NSW FLOODS

Lismore SES Members prepare for possible flooding in Northern New South Wales. Source: AAP / JASON O'BRIEN/AAPIMAGE

मुख्य विषयहरू:

  • न्यु साउथ वेल्स र भिक्टोरियामा आइतबार मौसम फेरी बिग्रने सक्ने अनुमान
  • मर्री नदीको बाढी नोभेम्बरमा निरन्तर हुने भिक्टोरियाली राज्य आपतकालीन सेवाको भनाइ
  • पछिल्लो १६५ वर्षमा यस अक्टोबरमा सिड्नी सबैभन्दा बढी वर्षा-प्रभावित, वेदरजोनको दाबी

बाढीमा ज्यान गुमाएकी एक २८ वर्षीय महिलाको परिवारलाई न्यु साउथ वेल्स प्रिमियर डोमिनिक पेरोटेले संवेदना व्यक्त गरेका छन्। उनको शव सोमबार बिहान राज्यको मध्य पश्चिमको बाढीमा फेला परेको थियो।

उनी आइतबार एक कारमा यात्रा गरिरहेको थिइन्, र उक्त गाडी मजीको करिब ३० किलोमिटर दुरीमा रहेको गुल्गोङमा बाढीमा परेको थियो।

बासिन्दाहरूलाई बाढीमा सवारीसाधनको प्रयोग नगर्न प्रिमियर पेरोटेले आग्रह गरेका छन्।

"मानिसहरूले चेतावनीलाई ध्यान नदिएका कारण ज्यान गुमाइरहेका छन्," उनले एक पत्रकार सम्मेलनमा बताए।

न्यु साउथ वेल्सको राज्य आपतकालीन सेवालाई रातभरको अवधिमा सहायताको लागि ४८२ वटा टेलिफोन सम्पर्क आएको थियो जसमा ३७ वटा बाढीमा परेकाको उद्धारको लागि थियो।

न्यु साउथ वेल्समा गत सप्ताहान्तमा भएको भारी वर्षाका कारण विभिन्न ठाउँहरूमा अचानक बाढी आएका छन्। 

सबैभन्दा प्रभावित क्षत्र मध्य डब्बो, लिज्मोर, गुनेडा र मोरी हुन्। 

"मोरीजस्ता ठाउँहरूमा - हामीले न्यु साउथ वेल्समा गत १०० वर्षमा यस्तो बाढी आएको देखेका छैनौँ। र यो निकै कठिन समय हो। बाढीको पानी कम हुन र सबै सफा हुन अझै समय लाग्ने छ," प्रिमियर पेरोटेले बताए। 

ग्रिफिथ विमानस्थललाई सुरक्षाका लागि बन्द गरिएको छ। गत २४ घण्टामा झन्डै ६६ मिलिमिटरको पानी परेको स्थानीय काउन्सिलले बिहान ९ बजे बताएको हो। 

यस हप्ताको अन्त्य तिर न्यु साउथ वेल्समा हावाहुरी चल्न सक्ने मौसम विज्ञान ब्यूरोले बताएको छ। तर हप्ताको मध्यमा भने मौसम अलि सफा हुने अनुमान छ। 

भिक्टोरियाका केही क्षत्रमा बाढी कम हुँदै छ। तर राज्य अझै बाढीको आपतकालीन अवस्थामा रहेको राज्य आपतकालीन सेवाका प्रमुख सञ्चालन अधिकारी टिम वीबुशले बताए।

इचुका र केरङमा वर्तमान बाढी सँगै ३० मिलिमिटर बराबर पानी पारेको ब्युरोका वरिष्ठ मौसमविद् केभिन पार्किनले बताए।

राज्यभर थप वर्षा र आँधीबेहरी आउने अनुमान रहेको पार्किनले बताए। 

"तर आज आउने आँधीबेहरीले ३०-६० मिलिमिटरको पानी पर्न सक्छ। त्यस कारण अचानक बाढी आउन सक्छ।"

मर्री नदीमा भने अझै बाढी आउने सक्ने बताइएको छ।

मङ्गलबार हुन सक्ने वर्षाले मेलबर्नको पूर्वी सबअर्बहरूदेखि न्यु साउथ वेल्सको सीमासम्म रहेको जिप्सल्यान्डमा पानी पर्ने सक्ने पार्किनले बताए।

मर्री नदी आसपासका समुदायहरू (स्वान हिल देखि रबिनभेल र मिल्डुरासम्म) बाढी र बाढी सम्बन्धी चेतावनीका लागि तयार रहनु पर्ने वीबुशले बताए। 

स्वान हिल नोभेम्बरको सुरुमा ठूलो बाढी आउन सक्ने अनुमान रहेको उनको भनाइ छ।

न्यु साउथ वेल्सको सीमामा रहेका केरङ र इचुकामा पानीको स्तर निकै बढेको हुन सक्ने वीबुशले बताए।

केरङमा मर्री नदी ७७.८८ मिटर अस्ट्रेलियन हाइट डेटम (एएचडी) पुगेको छ र "करिब चार पाँच दिन पछि घट्न सक्ने" छ।

इचुका वायरमा नदीको स्तर ९४.९ मिटर एएचडी पुगेको, जुन अधिकतम स्तर हुन सक्ने बताइएको छ।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Share

3 min read

Published

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now