SKIP TO MAIN CONTENT

साउथ अस्ट्रेलियामा मर्रे नदिको तह सन् १९३१ को बाढीको स्तरमा

यो अस्ट्रेलियाको मौसम र बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

SA FLOODS
South Australian Premier Peter Malinauskas at Mannum in the Riverland region of South Australia. (file) Source: AAP / MATT TURNER/AAPIMAGE

2 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

साउथ अस्ट्रेलियाको आपत्कालीन सेवा विभागले एडिलेडको पूर्वमा रहेको मर्रे नदी आसपासको क्षेत्र वाल्कर फ्ल्याटबाट १५ जना स्थानीय बासिन्दालाई बुधवार राति उद्धार गरेको छ।

वाल्कर फ्ल्याट बाढीका कारण प्रभावित बन्ने देखिएपछि बासिन्दाहरूलाई त्यहाँबाट उद्धार गरी अन्यत्रै सारिएको हो।

राज्यका प्रिमीयर पिटर मालिनस्कसले अनुमान गरिए जस्तै नदीको छेउछाउमा बाढीको प्रभाव देखिएको बताए।

“नदीको तह सन् १९३१ को भन्दा माथि पुगिसकेको छ, यद्यपि सन् १९५६ को आएको बाढीको भन्दा चाहिँ कम नै छ,” प्रिमीयर मेलिनस्कसले भने।

floods SA.JPG
Flooding in South Australia. (Google image) Credit: Google

मर्रे नदीको उच्च बहाव दैनिक करिब १९० देखि २२० गिगालिटर हुन सक्ने उनले बताए।

साउथ अस्ट्रेलियाका अधिकारीहरूले डिसेम्बर २४ देखि ३१ तारिखका बिचमा वाल्कर फ्ल्याट भन्दा करिब १७० किलोमिटर पर रहेको रेनमार्कमा बाढीको पानी उच्च तहमा पुग्ने अनुमान गरेका छन्।

यसै गरी डिसेम्बर २५ देखि ५ जनवरीकाबिचमा बेरीमा क्षेत्रमा, यसै गरी वेकेरीमा जनवरी १ देखि १२ का बिचमा, स्वान रिचमा जनवरी ५ देखि १६ मा र मर्रे ब्रिजमा जनवरी ६ देखि १७ का बिचमा बाढी आउने अनुमान गरेका छन्।

राज्यका आपत्कालीन विभागका प्रमुख क्रिस बेटीले कर्नामेन्ट, पुर्नोङ्ग र बोहिल क्षेत्रमा नदीको तह उच्च रहने भएकाले हेर र प्रतिक्रिया जनाउ भन्ने चेतावनी जारी भएको जानकारी दिए।

राज्यमा हालसम्म १,१०० घरहरू ढुवानमा परिसकेको अवस्था छ भने महिनाको अन्त्यसम्म थप ३,००० घरमा बाढीले क्षति पुर्‍याउने बताइएको छ।

वेर्स्टन अस्ट्रेलिया, न्यु साउथ वेल्स र भिक्टोरियाका स्वयंसेवकहरूले साउथ अस्ट्रेलियाको आपत्कालीन विभागसँग मिली उद्धार कार्यमा सहयोग पुर्‍याइरहेका छन्।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now