SKIP TO MAIN CONTENT

दक्षिण अस्ट्रेलियामा कसरी बिजुलीको बिल कम आउन थाल्यो?

आज प्रकाशित एक प्रतिवेदन अनुसार दक्षिण अस्ट्रेलियामा हरित स्रोतबाट ऊर्जा उत्पादन गर्ने हेतुले गत वर्ष स्थापना गरिएको टेस्ला ब्याट्री ऊर्जा उत्पादन केन्द्रले आफ्ना सबै अपेक्षाहरू पार गर्न सफल भएको छ।

Largest lithium-ion battery launch in SA
Largest lithium-ion battery launch in SA Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

औरेकन नामक एक इन्जिनियरिङ कम्पनीद्वारा तयार पारिएको उक्त प्रतिवेदन आज सार्वजनिक भएपछि टेस्ला ब्याट्री ऊर्जा उत्पादन केन्द्रको सञ्चालक कम्पनी नियोएन दङ्ग परेको छ।

नियोएनका अनुसार दक्षिण अस्ट्रेलियाको जेम्सटाउनमा रहेको उक्त केन्द्रले सबैको अपेक्षा भन्दा बढी नै राज्यको ऊर्जा प्रणालीमा स्थिरता तथा ऊर्जा उत्पादनको सन्दर्भमा सुरक्षा प्रदान गरेको छ।

प्रतिवेदनमा उल्लेख भए अनुसार दक्षिण अस्ट्रेलियालीहरूले उक्त ऊर्जा उत्पादनको व्यापक फाइदा उठाउँदै पहिलो वर्षमा नै करिब चार करोड अस्ट्रेलियन डलर बराबरको बचत गरिसकेका छन्।

उसले भनेको छ, "राज्यले बचत गरेको रकम सिधै उपभोक्ताहरूसम्म पुगेको तथ्य उनीहरूको ऊर्जा बिल-बिजकमा प्रतिबिम्बित छ।"

South Australia's giant battery
file photo South Australia's giant battery has exceeded all expectations since it began a year ago. (AAP) Source: AAP

"हामी दक्षिण अस्ट्रेलिया मात्र होइन अन्य राज्यहरूबाट समेत आउन सक्ने नयाँ माग सम्बोधन गर्न तम्तयार भएर बसेका छौँ," नियोएनका प्रमुख कार्यकारी जेभिएर बार्बारोले उक्त ऊर्जा केन्द्र स्थापनाको पहिलो बर्षगाँथ मनाउ सिड्नीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भने।

नियोएनका विकास विभाग प्रमुख गार्थ हेरोंका अनुसार माग अनुसार थपघट गर्न मिल्ने उक्त ब्याट्री प्रविधि अस्ट्रेलिया भर नै विस्तार गर्न आफूहरू तयार रहेका छन्।

प्रविधि सम्बन्धित व्यवसायहरूमा अब्बल ठहरिँदै "टेक बिलिनियर" भन्ने उपाधि पाएका इलन मस्कको टेस्ला ब्याट्री नामक कम्पनीले लिथियम-कण प्रविधिमा आधारित भएर उक्त ऊर्जा केन्द्रमा भएको ब्याट्रीहरू बनाएको हो।

गत वर्ष, १०० दिनमा नै उक्त ऊर्जा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि उनले ट्विटर मार्फत यस्तो सन्देश दिएका थिए:


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now