SKIP TO MAIN CONTENT

श्रीलङ्का बम हमला: मृतक संख्या २९०, १३ प्रहरी हिरासतमा

इशाई धार्मिक पर्व इस्टरको अवसर पारेर श्रीलङ्कामा गिर्जाघर र होटेल लगायतका स्थानहरुमा भएका छुट्टाछुट्टै बम हमलाहरुका कारण मृत्यु हुनेहरुको संख्या २९० पुगेको अधिकारीहरुले बताएका छन्।

Sri Lanka bombings leave more than 200 dead, hundreds injured after explosions at churches and hotels

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

राजधानी कोलोम्बो लगायतका स्थानहरुमा रहेका तीन गिर्जाघर, चार होटेल र एक अन्य स्थानमा भएका बम हमलाका कारण दुई अस्ट्रेलियाली लगायत कम्तीमा २९० को मृत्यु भएको र ५०० जना घाइते भएको बताइएको छ। 

प्रहरीका अनुसार ती आठ हमलाहरु मध्ये कम्तीमा दुई ओटा आत्मघाती हमला रहेको थियो।

हमलाको जिम्मेवारी कुनै समूह द्वारा लिईएको छैन। तर प्रहरीले भने हमलाको सम्बन्धमा १३ जनालाई हाल हिरासतमा लिईएको बताएको छ।

साथै एएफपी नामक समाचार संस्थाका अनुसार श्रीलङ्का प्रहरीका प्रमुख पुजुथ जयसूर्याले केहि हप्ता अगाडी मात्र सम्भावित हमला बारे आफ्ना अधिकारीहरुलाई सतर्क गराएका थिए।

Scores dead as multiple explosions rock Sri Lanka hotels and churches on Easter
Scores dead as multiple explosions rock Sri Lanka hotels and churches on Easter. (AAP) Source: AAP

आइतबारको हमला

इशाई धर्मावलम्बीहरुले भरिएको समयमा राजधानी कोलोम्बो स्थित सेन्ट एन्थोनी नामक गिर्जाघरमा पहिलो बिस्फोटन भएको हिजो प्रहरी द्वारा बताइएको थियो।

त्यसको केहीबेरमै राजधानीको उत्तरमा रहेको नेगोम्बो नामक स्थानको सेन्ट सेबास्चियन गिर्जाघरमा दोस्रो बिस्फोटन भएको थियो।

अधिकारीहरुका अनुसार उक्त हमलामा ६७ जनाको मृत्यु भएको छ।

नेगोम्बोमा ठुलो जनसंख्या क्याथोलिक इशाईहरुको रहेको स्थानीय समाचारहरुको भनाइ छ।

A general view after a explosion hit at St Anthony's Church in Kochchikade in Colombo, Sri Lanka, 21 April 2019.
A general view after a explosion hit at St Anthony's Church in Kochchikade in Colombo, Sri Lanka, 21 April 2019. Source: AAP

देशको पुर्वमा रहेको बट्टिकलोआमा २५ जनाको ज्यान गएको र कोच्चिकाडे, कटुवापिटियामा पनि हमला भएको अधिकारीहरु बताउछन्।

साथै पर्यटकहरुमा प्रख्यात रहेको भनिएको राजधानी स्थित सिनामोन ग्राण्ड, किंग्सबरी र साङ्ग्रिला होटलहरुमा पनि आइतबार बिहान बम बिस्फोटन भएका थिए।

पहिलो हमला भएको आधा घण्टा भित्रै बाँकीका पाँचै स्थानहरुमा पनि बिस्फोटन भएको अधिकारीहरुले बताएका छन्।

प्रहरीका अनुसार उक्त हमलाहरुमा दुई अस्ट्रेलियाली सहित कम्तीमा ३५ विदेशी नागरिकहरुको पनि मृत्यु भएको छ।

यसैक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले घटना प्रति दुख व्यक्त गर्दै श्रीलङ्का जाने सोचिरहेका अस्ट्रेलियालीहरुले आफ्नो यात्राबारे फेरी सोच्न आग्रह गरे।

साथै अस्ट्रेलियाली विदेश मन्त्रालयले पनि श्रीलङ्का घटना बाट प्रभावित भएकाहरुको सहयोगका लागि टेलिफोन सहायता सेवा सुरु गरेको छ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त घटना पछि नेपाल उक्त राष्ट्रका जनताहरुको साथमा रहेको बताएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now