मुख्य विषयहरू:
- खोप लगाएका र पहिला सङ्क्रमण भइसकेका मानिसहरू पनि एक्सबीबी (XBB) र बीक्यू.१ (BQ.1) ले सङ्क्रमित हुने: भिक्टोरियाली प्रमुख स्वास्थ्य मन्त्री
- नयाँ भेरिएन्टहरूले अन्य ओमिक्रन भेरिएन्ट भन्दा गम्भीर बिरामी नपार्ने: विश्व स्वास्थ्य संगठन
- खोपले अझै काम गरे तापनि नयाँ भेरिएन्ट विरुद्ध कम प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ
अक्टोबर २८ सम्मको एक हप्तामा अधिकांश अस्ट्रेलियाली राज्य र प्रदेशमा कोभिड-१९ सङ्क्रमितको वृद्धि भएको थियो।
टास्मेनियामा सबैभन्दा धेरै - ३०% वृद्धि भएको थियो।
त्यस्तै गरी अस्ट्रेलियन क्यापिटल टेरिटरीमा २६.२५%, भिक्टोरियामा २४.४%, वेस्टर्न अस्ट्रेलियामा १८%, न्यु साउथ वेल्समा १३% र साउथ अस्ट्रेलियामा १०% सङ्क्रमण बढेको छ।
अहिलेसम्म धेरै रहेको बीए.५ सब्भेरिएन्टभन्दा यी नयाँ भेरिएन्टहरूको सङ्ख्या धेरै हुन सक्ने उनले जानकारी दिए।
पहिला कोभिड-१९ सङ्क्रमित भइसकेका, या कोभिडको खोप लगाइसकेका मानिसहरूलाई पनि यी नयाँ भेरिएन्टले सङ्क्रमित बनाउन सक्छन्।
यस कारण विश्वव्यापी रूपमा सङ्क्रमण दर र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढिरहेको सटनले बताए।
एक्सबीबी (XBB) र बीक्यू.१ (BQ.1) भेरिएन्टको मूल्याङ्कन गरिरहेको न्यु साउथ वेल्स हेल्थले बताएको छ।
एक्सबीबी र बीक्यू.१ भेरिएन्ट के हुन्?
एक्सबीबी बीए.२.१०.१ र बीए.२.७५ सब्लिनियेजको संयोजक हो।
विश्वव्यापी सङ्क्रमणमा यो भेरिएन्ट ३५ वटा राष्ट्रहरूमा कूल १.३% देखिएको छ।
बीक्यू.१ भने बीए.५ को सब्भेरिएन्ट हो, र यो विश्वव्यापी रूपमा ६% देखा परेको छ। यो ६५ वटा देशहरूमा फेला परेको छ।
गम्भीरता
महामारी रोग विशेषज्ञ क्याथरिन बेनेटले बताइन् कि यी नयाँ सब्भेरिएन्टहरूले गम्भीर रोग निम्त्याएका छैनन्।
"तर चिन्ताको विषय के हो भने, यी नयाँ भेरिएन्टहरू अरू ओमिक्रन सब्भेरिएन्टहरू भन्दा फरक छन्, र यिनका प्रतिरोधात्मक शक्ति छल्ने क्षमता फरक हुन सक्छ," प्राध्यापक बेनेटले एसबीएसलाई बताइन्।
"यसको मतलब, हालै ओमिक्रन सङ्क्रमित भएका व्यक्तिलाई फेरी सङ्क्रमण हुँदैन भन्न सकिँदैन।"

एक्सबीबी र बीक्यू.१ भेरिएन्टहरू ओमिक्रनका अन्य भेरिएन्टभन्दा धेरै फरक नभएको हुनाले यिनलाई चिन्ताको रूपमा लिन नपर्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ।
प्रमाणका अनुसार पहिला सङ्क्रमित भएका मानिसहरूलाई ओमिक्रनका अन्य भेरिएन्टबाट भन्दा यी नयाँ भेरिएन्टबाट पुनः सङ्क्रमणको जोखिम बढी देखिएको छ।
के वर्तमान खोपहरू नयाँ सब्भेरिएन्ट विरुद्ध प्रभावकारी हुन्छन्?
विश्व स्वास्थ्य सङ्गठनको अनुसार खोपहरूको (र बाइभ्यालेन्ट खोप) सुरक्षा शक्ति यी नयाँ भेरिएन्ट विरुद्ध कम हुन सक्छ।
मानिसहरू, विशेष गरी ५० वर्ष माथिका र स्वास्थ्य समस्या भएकाले सल्लाह अनुसार बुस्टर खोपहरू लगाउनु पर्ने प्राध्यापक बेनेटले बताए।
"बुस्टर खोपहरूले छोटो समयको लागि सङ्क्रमणबाट बचाउने पाइएको छ," उनले भनिन्।
नयाँ सब्भेरिएन्ट विरुद्ध सुरक्षा र रोकथामका उपायहरू
मानिसहरूले सामाजिक क्रियाकलाप कम गरेमा सङ्क्रमण हुने सम्भावना कम हुने प्राध्यापक बेनेटले बताइन्।
सङ्क्रमण कम गर्न र बिरामी हुनबाट बच्नको लागि मानिसहरूले खोप लगाउन, मास्कको प्रयोग गर्न, भेन्टिलेसन, परीक्षण, बिरामी हुँदा घरमै बस्ने र अन्य कोभिड-१९ उपचारहरू उपयुक्त हुने सटनले बताए।
"यदि तपाईँले परीक्षण गराउनु भएन भने, तपाईँले एन्टीभाइरल र अन्य मौखिक उपचारहरू पाउन सक्नु हुन्न।"
लङ्ग कोभिडका परीक्षण क्लिनिकहरू
न्यु साउथ वेल्स
भिक्टोरिया
एसीटी
नर्दन टेरिटरी
क्वीन्सल्यान्ड
साउथ अस्ट्रेलिया
टास्मेनिया
वेस्टर्न अस्ट्रेलिया
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
भिक्टोरिया
न्यु साउथ वेल्स
क्वीन्सल्यान्ड
साउथ अस्ट्रेलिया
टास्मेनिया
नर्दर्न टेरिटरी
अस्ट्रेलियन क्यापिटल टेरिटरी
