भिक्टोरियाको बढ्दो कोभिड-१९ सङ्क्रमण; अन्य राज्यहरूको यात्रा प्रतिबन्ध सुरु

भिक्टोरियामा कोरोना भाइरस सङ्क्रमितहरूको कूल सङ्ख्या बिहीबार २६ पुगे पछि, अन्य राज्य तथा टेरिटोरीहरूले भिक्टोरियाको लागि आफ्नो सीमा बन्द गरेको छ।

A COVID-19 testing centre in Albert Park, Melbourne.

A COVID-19 testing centre in Albert Park, Melbourne. Source: AAP

अस्ट्रेलिया भरका राज्य तथा टेरिटोरीहरूले भिक्टोरिया माथि यात्रा प्रतिबन्ध जारी गरेका छन्। बिहीबार मे २७ मा भिक्टोरियामा थप ११ कोरोना भाइरस सङ्क्रमित फेला परेका थिए।

क्वीन्सल्यान्ड

शुक्रबार बिहान एक बजे पछि भिक्टोरियाबाट क्वीन्सल्यान्ड आउने व्यक्तिहरू अनिवार्य १४ दिने होटेल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। 

हालै क्वीन्सल्यान्डमा रहेका तर ११ मे देखि भिक्टोरियामा यात्रा गरेका मानिसहरूले पनि भिक्टोरियाली बासिन्दाले झैँ लकडाउन नियम पालना गर्नु पर्ने हुन्छ। उनीहरू यी पाँच कारणका लागि मात्र घरबाट निस्कन पाउँछन् - खाद्य सामग्री र अत्यावश्यक सामग्री खरिद गर्न, व्यायाम, हेरचाह सेवा लिन या प्रदान गर्न, अधिकृत काम गर्न, र खोप लगाउन।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले भिक्टोरिया माथि कुनै कडा यात्रा प्रतिबन्ध लागु नगरे तापनि, लकडाउनमा रहेका कोही व्यक्तिले पनि अन्तरराज्यीय यात्रा गर्ने नहुने प्रिमियर ग्लाडिस बेरेजिक्लियनले प्रस्ट पारिन्।  

बिहीबार साँझ ४ बजेदेखि भिक्टोरियाबाट न्यु साउथ वेल्स आउने व्यक्तिहरू भिक्टोरियाको लकडाउन अवधिका लागि आफ्नो घर भित्रै बस्नु पर्ने हुन्छ।

न्यु साउथ वेल्स र भिक्टोरियाको सीमा क्षेत्रमा बस्ने मानिसहरू मध्य भने बिहीबार ४ बजे पछि सीमा पार गएका मानिसहरूले मात्र यी नियम पालना गर्नु पर्ने हुन्छ।

साउथ अस्ट्रेलिया

साउथ अस्ट्रेलियाले बुधबार २६ मे साँझ ६ बजेदेखि भिक्टोरियालीहरूको लागि आफ्नो सीमा बन्द गरेको थियो। भिक्टोरियामा रहेका साउथ अस्ट्रेलियाली बासिन्दाहरू मात्र घर फर्कन पाउने नियम छ र उनीहरू १४ दिनको लागि क्वारेन्टिन बस्नु पर्ने हुन्छ। 

विशेष यात्रा छुट भएका मानिसहरू पनि साउथ अस्ट्रेलिया भित्रन पाउने छन्। 

त्यस्तै, २० मे पछि भिक्टोरिया गएका र अहिले साउथ अस्ट्रेलियामा रहेका मानिसहरूले कोभिड-१९ परीक्षण गराई, सङ्क्रमण नभएको प्रमाण नआए सम्म आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

वेस्टर्न अस्ट्रेलिया

प्रिमियर मार्क मेकगोवनले भिक्टोरिया माथि "हार्ड बोर्डर" घोषणा गर्दै, मध्यम स्तरको जोखिम रहेको बताएको छ। 

विशेष यात्रा छुट सहमति भएका मानिसहरू बाहेक अरू भिक्टोरियाबाट वेस्टर्न अस्ट्रेलिया आउन पाउने छैनन्। 

त्यस्तै, १६ मे पछि भिक्टोरिया गएका र अहिले साउथ अस्ट्रेलियामा रहेका मानिसहरूले कोभिड-१९ परीक्षण गराई, सङ्क्रमण नभएको प्रमाण नआए सम्म आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

नर्दन टेरिटोरी

नर्दन टेरिटोरीले ग्रेटर मेलबर्न र बेन्डिगोलाई कोभिड-१९ हटस्पट घोषित गरेको छ।  यसको मतलब यी क्षेत्रमा गई नर्दन टेरिटोरीमा आउने मानिसहरूले अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। 

यात्रुहरू एलिस स्प्रिङ्ग्स र होवार्ड स्प्रिङ्ग्समा आफैले पैसा तिरेर क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। 

त्यस्तै, १२ मे र २७ मे बीच ती हटस्पटहरूमा गएका र अहिले टेरिटोरीमा रहेका मानिसहरूले कोभिड-१९ परीक्षण गराई, सङ्क्रमण नभएको प्रमाण नआए सम्म आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

तास्मेनिया

प्रिमियर पीटर गट्विनले सम्पूर्ण भिक्टोरियालाई "अत्यधिक जोखिम क्षेत्र" घोषणा गर्दै, "अत्यावश्यक यात्रु" हरू मात्र तास्मेनिया आउन पाउने बताएका छन्। 

भिक्टोरियामा रहेका तास्मेनियाली बासिन्दाहरूले यात्रा सहमतिको लागि निवेदन राख्नु पर्ने छ र प्रवेश पछि १४ दिने आइसोलेसनमा बस्नु पर्ने हुन्छ। 

त्यस्तै, ६ मे पछि यी जोखिमपूर्ण स्थानमा गएका र अहिले तास्मेनियामा रहेका मानिसहरूले कोभिड-१९ परीक्षण गराई, सङ्क्रमण नभएको प्रमाण नआए सम्म आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

न्यु जिल्यान्ड

न्यु जिल्यान्ड भिक्टोरियासँगको आफ्नो यात्रा सहमति अर्थात् "ट्राभल बबल" लाई जून महिनाको ४ तारिख बिहीबारसम्म निलम्बन गरेको छ। 

१४ दिने यात्रा प्रतिबन्धका कारण भिक्टोरियाका हटस्पटमा गएका मानिसहरू न्युजिल्याण्ड प्रवेश गर्न पाउने छैनन्। 

त्यस्तै, २० मे देखि यी ग्रेटर मेलबर्न क्षेत्रमा गएका र अहिले न्यु जिल्यान्ड रहेका मानिसहरूले कोभिड-१९ परीक्षण गराई, सङ्क्रमण नभएको प्रमाण नआए सम्म आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

भिक्टोरिया

भिक्टोरियामा राज्यभर ७ दिने लकडाउनको घोषणा गरिएको छ। 

भिक्टोरियालीहरू यी पाँच कारणका लागि मात्र घरबाट निस्कन पाउँछन् - खाद्य सामग्री र अत्यावश्यक सामग्री खरिद गर्न, व्यायाम, हेरचाह सेवा लिन या प्रदान गर्न, अधिकृत काम गर्न, र खोप लगाउन। 

घरभित्र बाहेक भवन बाहिर र भित्रका सबै ठाउँहरूमा फेस मास्कको प्रयोग पनि अनिवार्य बनाइएको छ। 


Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
भिक्टोरियाको बढ्दो कोभिड-१९ सङ्क्रमण; अन्य राज्यहरूको यात्रा प्रतिबन्ध सुरु | SBS Nepali