SKIP TO MAIN CONTENT

सुपर शनिबार: चुनावी महोत्सवमा अस्ट्रेलिया

यो शनिबार अर्थात् जुलाई २८ तारिक, अस्ट्रेलियाको सङ्घीय राजनीति, सन् २०१६को सङ्घीय निर्वाचन पछिकै सम्भवत सबैभन्दा महत्वपुर्ण दिनको लागि तयार हुँदैछ।

Saturday 28 July by-elections.
Five by-elections will take place on Saturday 28 July. Source: SBS News

3 min read

Published

Updated



Skip to article content

चार भिन्दा-भिन्दै राज्यहरुका अलग-अलग सङ्घीय निर्वाचन क्षेत्रहरुमा एकै दिन उप-निर्वाचन हुने भएपछि यस्तो मौका जुरेको हो।

अस्ट्रेलियाको सङ्घीय संसद अन्तर्गत तल्लो सदनमा कुल १०५ सीट छ। त्यस मध्ये जम्मा पाँच सीटका लागि उप-निर्वाचन हुन लागेको हो। तर, यसको नतिजाले अस्ट्रेलियाको सङ्घीय राजनीतिलाई तरंगित गर्ने पक्का-पक्की छ।

सङ्घीय राजनीतिज्ञहरुको दोहोरो नागरिकता काण्डले अस्ट्रेलियनहरुलाई कहिले रोमान्चक बनाएको छ भने कहिले आक्रोसित। यस्ता धेरै समाचारहरु आउंदै गर्दा अब अस्ट्रेलियन भोटरहरु दिक्क पनि भईसकेका छन्।

अस्ट्रेलियाको संविधान अन्तर्गत रहेको धारा ४४ अनुसार दोहोरो नागरिकता भएका व्यक्तिहरु सङ्घीय सांसद हुन पाउँदैनन्।

यसकारण आफ्नो सीट गुमाएका अस्ट्रेलियन लेवर पार्टीका तीन सांसदहरु तथा निक जेनोफनको पुरानो पार्टी - सेन्ट्रल अलायन्सबाट अन्य १ जना सांसद पुन: आफ्नो पद प्राप्तिको लागि चुनावमा होमीदैछन्।

दोहोरो नागरिकता काण्डमा फसेका लेवर नेता जोश विल्सनले गत मे महिनामा आफ्नो राजिनामा बुझाउन परेको थियो। पश्चिमी अस्ट्रेलियाको फ़्रिम्याण्टल नामक सङ्घीय क्षेत्रबाट २०१६मा चुनाव जितेका उनले पुन: उक्त स्थानबाट जीत हासिल गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, फ़्रिम्याण्टल नजिकैको पर्थको सीट भने लेवरकै सांसद टीम ह्यामंडले आफ्नो परिवारसँग समय बिताउन भन्दै सङ्घीय राजनीतिबाट अवकाश लिने घोषणा गरे लगत्तै खाली भएको हो। यहाँ लेवर पार्टीको पश्चिमी अस्ट्रेलिया राज्य सचिव प्याट्रिक गोर्मानले जीत हासिल गर्ने सम्भावना रहेको बताईन्छ।

यी दुवै सीटहरुमा सत्तारुढ गठबन्धनका कसैले आफ्नो उमेद्वारी दिएका छैनन्। अनि यत्रो कोकोहालो के भन्नु होला?

बाँकी तीन सीटका लागी हुने भिडन्त भने एकदमै रोचक हुने समिक्षकहरुको भनाई छ।

मेयो नामक निर्वाचन क्षेत्र जुन एडिलेडको दक्षिण-पुर्वी दिशामा पर्दछ, त्यहाँ सेन्टर अलायन्सकी रिबेका शार्की पुन: जीत हासिल गर्न तल्लीन छिन्।

पछिल्लो सङ्घीय निर्वाचनमा लिबरल पार्टीका प्रतिद्वन्दीलाई पछाडी पार्दै आफ्नो नयाँ पार्टीका निम्ति उनले त्यहाँ जीतको झण्डा गाडेकी थिईन। यसपाली उनलाई लिबरल पार्टीबाट चुनाबी मैदानमा उत्रेकी जोर्जिना डाउनरले कडा टक्कर दिने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाका पुर्व विदेश मामिला हेर्ने मन्त्री एलेक्स्ज्याण्डर डाउनर जोर्जिनाकी पिता हुन्। उनी यहाँबाट २४ बर्षसम्म लगातार सङ्घीय सांसद भएका थिए।

यसलाई अहो भन्नुहुन्छ भने एकछिन पख्नुहोस्, क्विन्सल्याण्ड तथा तास्मानियामा हुने अन्य दुई चुनावको त हामीले चर्चा सुरु नै गरेका छैनौ।

ब्राद्दन निर्वाचन क्षेत्र तास्मानियाको सुदुर उत्तर-पश्चिममा पर्छ जहाँबाट लेबर पार्टीकी जस्टिन किले अगिल्लो सङ्घीय चुनाव जितेकी थिईन। त्यो जीत उनले लिबरल पार्टीका ब्रेट व्हिट्लिलाई पछाडी पार्दै हासिल गरेकी थिईन।

तर, यसपाली पुन: पासा पल्टिने अड्कलबाजी गरिंदै छ, व्हिट्लिको जित र किको हार हुने कुराले त्यहाँको बजार तताएको छ।

र, यसो भयो भने यसले नेता विपक्षी दलका नेता बिल शर्टनका निम्ति शुभ-संदेश बोकेर आउने छैन।

सन् १९२० देखि अहिलेसम्म भएका कुनै पनि उप-निर्वाचनहरुमा सत्तारुढ दलले एक पनि चुनावमा सफलता हासिल गरेको छैन।

उता, प्रधानमन्त्री म्याल्कम टर्नबुल यस्तै मौका कुरेर बसेका छन्।

ब्रिसबेन भन्दा उत्तर तिर रहेको लंगम्यान निर्वाचन क्षेत्रको पनि त्यस्तै कथा छ।

सर्वेक्षणहरुलाई आधार मान्ने हो भने, लेबर पार्टीकी सुसन ल्याम्ब जसले अगिल्लो सङ्घीय निर्वाचनमा सफलता प्राप्त गरेकी थिईन, उनलाई शनिबारको उप-निर्वाचनमा जित्न हम्मे हम्मे नै पर्ने देखिन्छ। नेशनल पार्टीका उम्मेद्वार त्रेभर रुथेन्बर्गले उनलाई हराउन सफल हुने प्रारम्भिक अनुमानहरु व्याप्त छन्।

यदि नतिजाहरु अनुमान बमोजिम नै भएको खण्डमा, शर्टनलाई ठुलै सङ्कट सामना गर्नुपर्ने अवस्था ल्याउने पक्का-पक्की छ।

ब्राद्दन वा लंगम्यान मध्ये कुनै पनि सिटमा लेबरले पराजय भोग्नुपरे लेबरका अर्का हस्थी अन्थोनी अल्बनिजीको उदय हुनेछ र साथ-साथै उत्साहित सरकारले आगामी सङ्घीय निर्वाचनको घोषणा चांडै गर्ने अनुमान छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now