संसारकै उत्कृष्ट १०० मा पर्न सफल सात अस्ट्रेलियन विश्वविद्यालय

क्युएस वर्ल्ड र्याङ्किङ्गस् नामक एक विश्वविद्यालयहरूको मूल्याङ्कन सूचीका अनुसार ७ अस्ट्रेलियन विश्वविद्यालयहरू विश्वका उत्कृष्ट १०० मा पर्न सफल भएका छन्।

Graduation photo shoot at Curtin University , Western Australia, Australia.

- Source: Imaginechina

आफ्नो ७ उच्च अध्यन संस्थाहरू क्युएस वर्ल्ड र्याङ्किङ्गसको पहिलो १०० मा पार्न सफल भएपछि उक्त मूल्याङ्कन सूचीमा अस्ट्रेलिया हाल २९औँ स्थानमा पुगेको छ।

सन् १९९० मा स्थापना भएको र शिक्षा क्षेत्रमा विशिष्टता हासिल गरेको एक ब्रिटिस संस्था क्वाक्क्वेरेल्ली साइमण्ड्स लिमिटेडले वार्षिक रूपमा सन् २००७ देखि यस्तो सुचकाङ्क नियमित प्रकाशन गर्दै आइरहेको छ।

तपाईँ पढ्ने वा आबद्ध विश्वविद्यालय कति नम्बरमा परे त?

अस्ट्रेलियाकै सबैभन्दा उत्कृष्टमा दरिने दि अस्ट्रेलियन नेशनल युनिभर्सिटी उक्त सुचाङ्कमा २९ नम्बर परेको छ।

त्यसै गरी युनिभर्सिटी अफ मेलबर्नको ३८,  युनिभर्सिटी अफ सिड्नी ४२, युनिभर्सिटी अफ एनएसडब्लु ४३,  युनिभर्सिटी अफ क्विन्सल्याण्ड ४७ र मोन्याश युनिभर्सिटी ५८ क्रमसंख्या रहेको छ।

८६ औँ स्थानमा परेको युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया उक्त मूल्याङ्कन सूचीको पहिलो १०० मा पर्ने अन्तिम अस्ट्रेलियन उच्च अध्यन संस्था भएको छ।

क्युएसका खोज विभागका निर्देशक बेन स्तोटरका अनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने विश्वविद्यालय खोज्ने विद्यार्थीहरू अस्ट्रेलिया तर्फ अहिले धेरै नै आकर्षित भई रहेका छन्।

Main road safety rules in Australia.
Source: Pixwords

अस्ट्रेलियाको उत्कृष्ट जीवनयापन र नाम चलेका विश्वविद्यालयहरूमा पढ्ने चाह यहाँ विधार्थीहरु बढ्नुको प्रमुख कारण रहेको पनि उनले बताए।

“वर्तमान समयमा विश्वव्यापी राजनीतिक वातावरणका कारण सम्भावित विधार्थीहरुको झुकाव अमेरिका र बेलायतका विश्वविद्यालयहरू प्रतिको घट्दै जाँदा अस्ट्रेलियाले यसबाट फाइदा उठाउन आफ्नो अध्यापनको क्षमतामा अभिवृद्धि गर्दै लानु जरुरी छ।”

उक्त मूल्याङ्कन सूचीका अनुसार अमेरिकाका १५७ विश्वविद्यालयहरू मध्ये १२६ले अन्तर्राष्ट्रिय विधार्थी अनुपात सूचकमा गिरावटको अनुभव गरे भने बेलायतका ८४ मध्ये ५१ विश्वविद्यालयहरूले सोही सूचकमा गिरावटको महसुस गरेका छन्।

उत्कृष्ट १०० मा नपरेका अस्ट्रेलियन विश्वविद्यालयहरू:

क्रमाङ्क

विश्वविद्यालयको नाम

१०६युनिभर्सिटी अफ एडिलेड
१४०युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी
२०७युनिभर्सिटी अफ न्युकासल
२१२युनिभर्सिटी अफ वलंगगंग
२२४क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी
२३०कर्टिन युनिभर्सिटी
२३७मक्वारी युनिभर्सिटी
२३८आरएमआईटी युनिभर्सिटी
२७१डिकिन युनिभर्सिटी
२७४युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया
२९१युनिभर्सिटी अफ टास्मेनिया
३२०ग्रिफिथ युनिभर्सिटी
३७७जेम्स कुक युनिभर्सिटी
३८३स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी
४००ला ट्रोब युनिभर्सिटी
४२४फ्लिनडर्स युनिभर्सिटी
४४२बण्ड युनिभर्सिटी
४६८वेस्टर्न सिड्नी युनिभर्सिटी
४८४युनिभर्सिटी अफ क्यानबेरा
५७१-५८०मर्डक युनिभर्सिटी
६०१-६५०सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी
भिक्टोरिया युनिभर्सिटी
६५१-७००चार्ल्स डार्विन युनिभर्सिटी
एडिथ कोवन युनिभर्सिटी
७५१-८००सदन क्रस युनिभर्सिटी
युनिभर्सिटी अफ सदन क्विन्सल्याण्ड
८०१-१०००अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी
युनिभर्सिटी अफ न्यु इंग्ल्याण्ड

 

अनि पहिलो १० मा चाहिँ कुन कुन विश्वविद्यालय परे त?

संसारका १,००० विश्वविद्यालयहरूको रिसर्चको प्रदर्शन, शैक्षिक प्रतिष्ठा, ग्राजुएटहरुले आफ्नो अध्यन सिद्ध्याएपछि पाउने कति सजिलै काम पाउँछन् भन्ने जस्ता विभिन्न विषयहरूमा क्रमाङ्क दिइने उक्त मूल्याङ्कन सूचीमा म्यासेचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी (एमआईटी)ले यस पटक समेत गरेर लगातार आठौँ वर्षसम्म पहिलो स्थान हासिल गर्न सफल रहेको छ।

क्रमाङ्कविश्वविद्यालयको नाम
म्यासेचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी
स्ट्यानफर्ड युनिभर्सिटी
हार्वर्ड युनिभर्सिटी
युनिभर्सिटी अफ अक्सफर्ड
क्यालीफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी
स्वीस फेडेरल इन्स्टिट्युट अफ टेक्नोलोजी
युनिभर्सिटी अफ केम्ब्रिज
युनिभर्सिटी कलेज लन्डन
इम्पेरीयल कलेज लन्डन
१०युनिभर्सिटी अफ शिकागो

नेपालका चाहिँ कुनै परेनन्?

अहँ, परेनन्।

छिमेकी मित्रराष्ट्र भारतको चाहिँ आईआईटी बम्बई, आईआईटी दिल्ली र इन्डियन इन्स्टिट्युत अफ साइन्स क्रमशः १५२, १८२ र १८४ मा परेका छन्।

एसियाका “टप” विश्वविद्यालयहरूमा सिङ्गापुरको नानयाङ्ग टेक्नोलोजिकल युनिभर्सिटी र नेशनल युनिभर्सिटी अफ सिङ्गापुर दुवै ११, चीनका सिन्ग्वा युनिभर्सिटी १६ र पेकिङ्ग युनिभर्सिटी २२ नम्बरमा परेका छन्।

यी सहित चीनका १९ विश्वविद्यालयहरूमा पहिलो २०० मा छनौट हुन सफल भएका छन्।

जापानको युनिभर्सिटी अफ टोकियो एसियाको पहिलो पाँचमा परेको छ भने विश्वमा उ २५ औँ स्थानमा छ।

 


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now