सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापित गर्ने फैसला

नेपाल सरकारले गत डिसेम्बर २० मा गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

Supreme Court of Nepal

The Supreme Court of Nepal. Source: Supreme Court of Nepal

सर्वोच्च अदालतले सरकारको निर्णयलाई बदर गदै १३ दिन भित्र पुन:स्थापित संसद्को बैठक बोलाउन पनि परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायधिसहरु विश्वेश्वरप्रसाद क्षेष्ठ,अनिल कुमार सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीको सबैधानिक इजलासले संसद् विघटन असंवैधानिक भएको फैसला सुनाएको हो ।
मन्त्रिपरिषद्को निर्णयमा गत  डिसेम्बर २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभाको अधिवेशन गत असारमा अन्त्य भएकाले ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने भएकाले १३ दिन भित्र सो गरी सक्न राष्ट्रपति ,प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी भएको छ ।

यस अघि प्रतिनिधिसभा विघटन भएपछि आउँदो अप्रिल ३० र मे १० तारिख नयाँ निर्वाचनका लागि समय तोकिएको थियो ।

प्रचण्ड–नेपाल पक्षमा खुसीयाली

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गरे सँगै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री के पी शर्मा ओलिले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनु पर्ने माग गरेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले अदालतको आदेशले मुलुकलाई सबैधानिक र राजनीतिक सङ्कटबाट जोगाएको जनाएको छ ।

उक्त पक्षका प्रवक्ता नारायणकाजी क्षेष्ठले अदालतबाट सरकारी कदम बदर भइसकेको अवस्थामा प्रधानमन्त्री के पी ओलिले तत्कालै राजीनामा दिनु पर्ने बिबिसी नेपाली सँगको कुराकानीमा क्रममा बताएका छन् ।
यता प्रधानमन्त्रीका  प्रमुख राजनीतिक सल्लाहकार विष्णु प्रसाद रिमालले ट्वीटर मार्फत सर्वोच्च अदालतको फैसला सबैका लागि मान्य भएको तर यसले राजनीतिक समस्याको समाधान भने नगर्ने बताए ।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand