सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापित गर्ने फैसला

नेपाल सरकारले गत डिसेम्बर २० मा गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

Supreme Court of Nepal

The Supreme Court of Nepal. Source: Supreme Court of Nepal

सर्वोच्च अदालतले सरकारको निर्णयलाई बदर गदै १३ दिन भित्र पुन:स्थापित संसद्को बैठक बोलाउन पनि परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायधिसहरु विश्वेश्वरप्रसाद क्षेष्ठ,अनिल कुमार सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसीको सबैधानिक इजलासले संसद् विघटन असंवैधानिक भएको फैसला सुनाएको हो ।

मन्त्रिपरिषद्को निर्णयमा गत  डिसेम्बर २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभाको अधिवेशन गत असारमा अन्त्य भएकाले ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने भएकाले १३ दिन भित्र सो गरी सक्न राष्ट्रपति ,प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी भएको छ ।

यस अघि प्रतिनिधिसभा विघटन भएपछि आउँदो अप्रिल ३० र मे १० तारिख नयाँ निर्वाचनका लागि समय तोकिएको थियो ।

प्रचण्ड–नेपाल पक्षमा खुसीयाली

सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनर्स्थापना गरे सँगै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री के पी शर्मा ओलिले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनु पर्ने माग गरेको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले अदालतको आदेशले मुलुकलाई सबैधानिक र राजनीतिक सङ्कटबाट जोगाएको जनाएको छ ।

उक्त पक्षका प्रवक्ता नारायणकाजी क्षेष्ठले अदालतबाट सरकारी कदम बदर भइसकेको अवस्थामा प्रधानमन्त्री के पी ओलिले तत्कालै राजीनामा दिनु पर्ने बिबिसी नेपाली सँगको कुराकानीमा क्रममा बताएका छन् ।

यता प्रधानमन्त्रीका  प्रमुख राजनीतिक सल्लाहकार विष्णु प्रसाद रिमालले ट्वीटर मार्फत सर्वोच्च अदालतको फैसला सबैका लागि मान्य भएको तर यसले राजनीतिक समस्याको समाधान भने नगर्ने बताए ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now