सिड्नी विमानस्थलको कन्ट्रोल टावरमा आगो लागेको शङ्कामा त्यहाँ कार्यरत करिब २० कर्मचारीहरूलाई टावरबाट बाहिर निकालिएको थियो ।
साथै, सिड्नी विमानस्थलमा हवाईजहाजहरूले उडान भर्ने तथा अवतरण गर्ने कार्य केही बेर अवरुद्ध भएको थियो।
बिहान ११४० बजे कन्ट्रोल टावरमा स्मोक अलार्म बजेपछि दमकल लगायतका आकस्मिक सेवालाई त्यहाँ बोलाइएको थियो ।
फायर एण्ड रेस्क्यु एनएसडब्लुले उक्त घटना खासै ठुलो प्रकृतिको नभएको उल्लेख गरेको छ।
त्यसैगरी, एअर सर्भिसेस अस्ट्रेलियाले भर्खरै एक ट्विट मार्फत अब स्थिति सामान्य हुँदै गएको बताएको छ।
केही यात्रुहरूले आगो लागेको घटना तर्फ इङ्गित गर्दै आफूहरू चढेको विमान धावनमार्ग मै रोकिएको ट्विट गरेका थिए।
