SKIP TO MAIN CONTENT

सिड्नीमा 'क्रिकेट हेर्दै' गाडी कुदाउनेको लाइसेन्स चैट

भारत र अस्ट्रेलिया बिचको विश्वकप क्रिकेट म्याच हेर्न आफ्नो मोबाइल फोन सवारी साधनको स्टेरिंगमा बाँधेको भेटिएका एक पुरुषले २४ डिमेरिट पोइन्ट पाउदै आफ्नो लाइसेन्स गुमाउने भएका छन्।

Screenshot from video released by NSW Police.
Screenshot from video released by NSW Police. Source: NSW Police Force

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स प्रहरीका अनुसार हिजो, आइतबार जुन ९ को रातको करिब १०:१० बजे स्मिथफिल्डमा एक चालकले ७० किलोमिटर प्रति घण्टाको गति तोकिएको स्थानमा ९६ किलोमिटरमा सवारी साधन कुदाएको भेटिएको थियो।

पश्चिम सिड्नीको कम्बरल्याण्ड हाइवेमा फेयरफिल्ड प्रहरी गस्तीले एक ३३ वर्षीय पुरुष द्वारा चलाइएको उक्त गाडीलाई रोकिए पछि गाडीको स्टेरिंगमा मोबाइल फोन बाँधिएको अवस्थामा फेला परेको बताइएको छ।

साथै उक्त फोनमा न्याभिगेशन नक्सा सहित अस्ट्रेलिया र भारत बिचको क्रिकेट म्याचको प्रतक्ष्य स्कोर पनि देखाइएको प्रहरीको भनाइ छ।

प्रहरी द्वारा सामाजिक संजालमा प्रकासित भिडियोमा, “आफुले कहिले यस्तो नदेखेको” बताउने एक प्रहरीको आवाज पनि सुनिएको छ।

उक्त घटनाको समयमा गाडीको पछाडिको सीटमा एक दुई वर्षीय बालक, गलत प्रकारको “चाइल्ड सीट” मा बसिरहेको पाइएको पनि गस्ती प्रहरीले बताएको छ।

यस लामो सप्ताहान्तमा नियम तोड्ने सवारी चालकहरुले दोब्बर जरिवाना वा डबल डिमेरिट पाउने नीति लागु हुँदा प्रहरी द्वारा उक्त सवारी चालकलाई २४ डिमेरिट पोइन्ट गुमाउने गरि तीन छुट्टाछुट्टै नियम उल्लङ्घनका जरिवाना काटिएको थियो।

प्रहरीका अनुसार उक्त लिभरपूल निवासीले आफ्नो लाइसेन्स बाट २० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा गाडी कुदाएको आरोपमा ८ पोइन्ट, मोबाइल फोन प्रयोग बापत १० र मापदण्ड अनुरुप चाइल्ड सीट प्रयोग नगरे बापत ६ पोइन्ट गुमाएका छन्।

अस्ट्रेलियामा सवारी चालक अनुमतिपत्रमा कुल १२ पोइन्ट रहेको हुन्छ र सबै पोइन्ट गुमाउनेहरुले केहि समयको लागि आफ्नो लाइसेन्स पनि गुमाउदछन्।

राज्य प्रहरीका अनुसार यस लामो सप्ताहान्तमा अहिले सम्म कुल ४ जनाले आफ्नो ज्यान गुमाएका छन् भने ती मध्ये तीन जनाको मृत्यु दक्षिण न्यु साउथ वेल्समा भएको पनि प्रहरीको भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now