SKIP TO MAIN CONTENT

कोग्राहको एक डान्स स्टुडियोमा ७ बर्से बालिकालाई बलात्कार गर्नेलाई आजीवन जेल सजाय

दक्षिणी सिड्नी स्थित कोग्राहमा रहेको एक डान्स स्टुडियोमा सात वर्षकी बालिकालाई उनको मुख छोपेर बलात्कार गरेका एन्थोनी साम्पिएरीलाई आजीवन जेल सजाय सुनाइएको छ।

Anthony Sampieri.
Anthony Sampieri. Source: SBS

2 min read

Published

Updated



Skip to article content

एन्थोनी साम्पिएरीले ती बालिकालाई डान्स स्टुडियोको शौचालयमा सन् २०१८को नोभेम्बरमा बलात्कार गर्दै गर्दा, भिडियो समेत खिचेको बताइएको छ।

आफ्नो फैसला सुनाउने क्रममा न्यायाधीश पल क्न्लनले ५६ वर्षका साम्पिएरीद्वारा गरिएको उक्त कार्य एकदमै निकृष्ट रहेको बताउँदै सबैभन्दा धेरै समयावधि रहेको जेल सजाय सुनाएका थिए।

चक्कुको प्रयोगले ती अबोध बालिका माथि हाबी भएको र आफ्नो नियन्त्रणमा राखेको भन्दै न्यायाधीश क्न्लनले साम्पिएरीद्वारा प्राथमिक तहमा अध्ययनरत बालिकाको अस्तित्वलाई हदैसम्म अवहेलना गरेको आफ्नो फैसला पत्रमा उल्लेख गरेका छन्।

Dance students rehearse as lights flicker on and off in the ballet studio running from reserve generators
Source: Supplied

परोलमा जेलबाट निस्केका साम्पिएरीले बलात्कारको समय आइस नामक लागू औषधबाट धुत रहेको र कोग्राह स्थित उक्त डान्स स्टुडियोमा अनायासै छिरेर ती बालिकालाई समातेको बताइएको छ।

उनले ती बालिकाको अनुहारमा मुक्का प्रहार गरेपछि चक्कु देखाएर उनलाई तर्साउँदै तारले उनको घाँटी बाँधेर उक्त डान्स स्टुडियोको पुरुष शौचालयमा ४० मिनेटसम्म बलात्कार गरेको अदालतले सुनेको थियो जस मध्ये घटनाको साँढे चार मिनेट उनले आफ्नो मोबाइल फोनमा भिडियो रेकर्ड गरेका थिए।

ती बालिकालाई उक्त डान्स स्टुडियोमा रहेका अन्य अभिभावकले शौचालयको ढोका फोरेर बचाएको पनि अदालतमा बताइएको थियो।

५६ वर्षका साम्पिएरीले आफू माथि लागेका सम्पूर्ण आरोपहरू स्वीकार गरेका छन्। उनी माथि बलात्कारसँग सम्बन्धित १० वटा आरोप सहित नाबालिगसँग यौन सम्पर्क राखेको तीन फरक-फरक आरोपहरू लागेको थियो।

उनले आफ्नो दोष लागू औषध माथि लगाउँदै माफी मागेका छन्।

“म आफूले गरेको कामको लागि माफी चाहन्छु,” साम्पिएरीले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now