Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शनिवारदेखि सिड्नीमा खुल्ने भयो नयाँ एम ४ सुरुङ मार्ग

होमबुशलाई हेबर्फिल्डसम्म जोड्ने एम ४ सुरुङ आउँदो शनिवारदेखि खुल्ने भएको छ।

Construction workers are seen in the almost-completed M4 WestConnex tunnels at the new M4 Motorway in Sydney, Thursday, April 11, 2019. (AAP Image/Dylan Coker) NO ARCHIVING

Source: AAP

न्यु साउथ वेल्स सरकारका अनुसार आउँदो शनिवारदेखि सुचारु हुने एम ४ सुरुङमार्गका कारण हजारौँ सवारी चालकहरू आफ्नो गन्तव्यसम्म छिट्टै पुग्न सक्नेछन्।

पश्चिमी सिड्नीको होमबुश र हेबर्फिल्डलाई जोड्ने ती सुरुङ मार्ग सिड्नीको विशाल वेस्टकनेक्स आयोजना अन्तर्गत खुल्ने पहिलो भूमिगत खण्ड भएको बताइएको छ।

यो नयाँ सुरुङ्गमार्ग प्रयोग गरेर मानिसहरूले पारामाट्टादेखि सिड्नी सहरसम्मको यात्रामा करिब २० मिनेट बचाउन सक्ने पनि बताइएको छ।

NSW Premier Gladys Berejiklian (right) and Minister for Transport and Roads Andrew Constance speak to the media at the almost-completed M4 WestConnex tunnels in Sydney, Thursday, April 11, 2019. (AAP Image/Dylan Coker) NO ARCHIVING
NSW Premier Gladys Berejiklian (right) and Minister for Transport and Roads Andrew Constance speak to the media at the almost-completed M4 WestConnex tunnels Source: AAP

यस बारे एक विज्ञप्ति जारी गर्दै न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरीजिक्लिनले आयोजनाका कारण मानिसहरू सडकमा भन्दा आफ्नो मन लागेको काममा धेरै समय बिताउन सक्ने आसा आफूले लिएको जनाएकी छिन्।

करिब ४ अर्ब डलरको लागतमा निर्मित उक्त सुरुङ मार्गको लम्बाई साँढे पाँच किलोमिटर रहेको छ।

सँग-सँगै रहेका दुई सुरुङ्गहरु भित्र तीन-तीन लेन भएको सडक रहेको पनि बताइएको छ।

M4 Sydney Tunnel
The New M4 from Homebush to Haberfield in underground tunnels (New M4 Tunnels) will open on 13 July 2019 and allow for faster trips bypassing Parramatta Road. Source: AAP

साबिकको एम ४ लाई स्तरोन्नति गर्दै चौडा बनाएको उक्त नयाँ सुरुङ मार्गले होमबुशदेखि हेबर्फिल्डसम्म जाँदा बाटोमा पर्ने करिब दुई दर्जन ट्राफिक बत्तीहरूबाट सवारीधनीहरुलाई छुटकारा दिलाउने पनि जनाइएको छ।

यो सुरुङ मार्गका कारण सन् २०२१ सम्ममा पारामट्टा सडकको कुल ट्राफिकमा करिब ५३ प्रतिशतले ह्रास आउने पनि राज्य सरकारको भनाइ रहेको छ।

“वेस्टकनेक्सका कारण पारामट्टा सडकबाट १०,००० ट्रकहरू हट्नेछन्,” न्यु साउथ वेल्स राज्यका सडक मन्त्री एन्ड्रु कन्स्टेन्सले भने।

प्रयोग बापत महसुल

Photographs of contraction progress are displayed during an  community event to inspect the new M4 WestConnex tunnels in Homebush, Sydney,
Photographs of contraction progress are displayed during a community event to inspect the new M4 WestConnex tunnels in Homebush, Sydney. Source: AAP

उता, राष्ट्रिय सडक तथा सवारी चालकहरूको सङ्घ एनएमआरएले भने उक्त सुरुङ मार्ग पहिलो वर्षसम्मका लागि मात्र भए पनि “टोल फ्री” हुनुपर्ने बताएको छ।

तर प्रिमियर बेरिजिक्लिनले भने सवारीचालकहरुले शनिवारदेखि नै उक्त सुरुङ मार्ग प्रयोग गरे बापत “टोल” तिर्नुपर्ने बताएकी छिन्।

धेरै मानिस आफ्नो उत्सुकता मेट्न उक्त सुरुङ मार्ग प्रयोग गर्न आउँदा हुने भिडको चिन्ताका कारण सरकारद्वारा पहिलो दिन देखि नै “टोल” महसुल लिने व्यवस्था भएको उनले बताइन्।

सडक मन्त्री एन्ड्रु कन्स्टेन्स भने उक्त नवनिर्मित सडकखण्डका कारण पश्चिम सिड्नीमा बस्ने मानिसहरू सबैभन्दा बढी लाभान्वित हुने धारणा राख्दै अगाडी भने, “सित्तैमा आउन जान परे साबिकको पारामाट्टा सडक छदैछ।”

कति जति पर्छ त?

सडकमा जाने बित्तिकै “क” वर्गका सवारीसाधनहरूले एक तर्फको “फ्ल्यागफल” बापत १.३२ डलर तिर्नुपर्नेछ भने प्रति किलोमिटर ०.४९ डलर तिर्नुपर्नेछ र यो बढीमा ४.९३ डलर हुने गरी सीमित गरिएको छ।

“ख” वर्गमा सीमित सवारीसाधनहरूले भने एक तर्फको “फ्ल्यागफल” बापत ३.९५ डलर तिर्नुपर्नेछ भने प्रति किलोमिटर १.४६ डलर तिर्नुपर्नेछ र यो बढीमा १४.७९ डलर हुने गरी सीमित गरिएको छ।

“क” वर्गका सवारीसाधनहरू

१२.५ मिटर वा सो भन्दा कम लम्बाई र २.८ मिटर वा सो भन्दा कम उचाइ भएका सवारी साधनहरू

“ख” वर्गका सवारीसाधनहरू

’क’ वर्गमा भनिएको भन्दा बढी आयामका सबै सवारीसाधनहरू


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now