शुक्रवार देखि न्यु साउथ वेल्स राज्यमा कोरोना प्रतिबन्धहरूमा केही हेरफेर भएका छन् ।
न्यु साउथ वेल्स राज्यका रेष्टुरेष्ट एवम् क्याफेहरूमा दुई वर्ग मिटर बराबर एक व्यक्ति रहन सक्ने नियम बनाइएको छ ।
यस अघि भवन भित्र रहेका आतिथ्य सेवा दिने व्यवसायले चार वर्ग मिटर प्रति व्यक्तिको दुरी कायम गर्नु पर्दथ्यो ।
मास्कको सम्बन्धमा भने – हेयर ड्रेस ,ब्युटी पार्लर,धार्मिक क्षेत्र र आतिथ्य क्षेत्रमा आज देखि मास्क अनिवार्य गरिएको छैन ।
सार्वजनिक सवारी,ट्याक्सी एवम् उबर जस्ता राईड सेयरहरूको प्रयोग गर्दा भने मास्क अनिवार्य नियम यथावतै रहेको छ ।
प्रिमीयर ग्लेडिज बेरीजिक्लीयनले मास्क अनिवार्यका नियम केही स्थानका हकमा हटाइए पनि आफ्नो स्वास्थ्यको ख्याल गदै आबश्यता हेरी मास्क लगाउन अनुरोध गरेकी छन् ।
जिममा चार वर्ग मिटर प्रतिव्यक्तिको को दुरी कायमै राखिएको छ भने विवाह र अन्तिम संस्कारका कार्यक्रममा पनि ३ सय जना सम्म भेला हुन पाउने नियममा केही परिवर्तन गरिएको छैन ।
मेलर्वनमा होलिडे इन प्रकोप बढेर १३ पुग्यो
यता भिक्टोरियाको होटेल क्वारीनटीन स्थल होलिडे इन बाट फैलिएको सङ्क्रमण सङ्ख्या १३ पुगेपछि राज्य पुन लकडाउनमा जाने त होइन भन्ने आशङ्का बढेको छ ।
स्वास्थ्य बिभागले बिहीबार ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।
“पहिले देखिएका सङ्क्रमितका निकट रहेका परिवारका सदस्यमा कोरोना पुष्टि भएको हो । ” स्वास्थ्य विभागले टुईटर मार्फत जानकारी दिएको छ ।
शुक्रवार गन्ती हुने मामलामा होटेलकी महिला म्यानेजर र अन्य दुई पुरुष पनि छन् ।
मेलबर्न एयरपोर्टको टर्मिनल चारमा रहेको द ब्रुनुटी क्याफेलाई सङ्क्रमण जोखिम क्षेत्रका रूपमा राखिएको छ ।

Another exposure site linked to Melbourne's Holiday Inn COVID-19 outbreak has been identified. (AAP) Source: AAP
सङ्क्रमित व्यक्ति ९ फेब्रुअरीका दिन उक्त क्याफे पुगे पछि उक्त क्याफेलाई सङ्क्रमणको जोखिममा राखिएको छ ।
पछिल्ला सङ्क्रमण सँगै लकडाउन हुने हो कि भन्ने त्रास बढेको छ ।