न्यु साउथ वेल्समा प्रतिबन्धहरू केही खुकुलो, भिक्टोरियामा सङ्क्रमित बढे

२५ औ दिन सम्म सामुदायिक सङ्क्रमणका कुनै पनि मामला फेला नपर्दा मास्क एवम् आतिथ्य सेवा दिने रेस्टुरेन्ट क्याफे लगायतमा नियमहरू केही खुकुला बनेका छन् ।

Customers dining in at Speedo's Cafe, Bondi Beach (file)

NSW may allow private venues like pubs and cafes to bar those not vaccinated for COVID-19. (AAP) Source: SBS

शुक्रवार देखि न्यु साउथ वेल्स राज्यमा कोरोना प्रतिबन्धहरूमा केही हेरफेर भएका छन् ।

न्यु साउथ वेल्स राज्यका रेष्टुरेष्ट एवम् क्याफेहरूमा दुई वर्ग मिटर बराबर एक व्यक्ति रहन सक्ने नियम बनाइएको छ ।

यस अघि भवन भित्र रहेका आतिथ्य सेवा दिने व्यवसायले चार वर्ग मिटर प्रति व्यक्तिको दुरी कायम गर्नु पर्दथ्यो ।

मास्कको सम्बन्धमा भने – हेयर ड्रेस ,ब्युटी पार्लर,धार्मिक क्षेत्र र आतिथ्य क्षेत्रमा आज देखि मास्क अनिवार्य गरिएको छैन ।

सार्वजनिक सवारी,ट्याक्सी एवम् उबर जस्ता राईड सेयरहरूको प्रयोग गर्दा भने मास्क अनिवार्य नियम यथावतै रहेको छ । 

प्रिमीयर ग्लेडिज बेरीजिक्लीयनले मास्क अनिवार्यका नियम केही स्थानका हकमा हटाइए पनि आफ्नो स्वास्थ्यको ख्याल गदै आबश्यता हेरी मास्क लगाउन अनुरोध गरेकी छन् ।

जिममा चार वर्ग मिटर प्रतिव्यक्तिको को दुरी कायमै राखिएको छ भने विवाह र अन्तिम संस्कारका कार्यक्रममा पनि ३ सय जना सम्म भेला हुन पाउने नियममा केही परिवर्तन गरिएको छैन ।

 

मेलर्वनमा होलिडे इन प्रकोप बढेर १३ पुग्यो

यता भिक्टोरियाको होटेल क्वारीनटीन स्थल होलिडे इन बाट फैलिएको सङ्क्रमण सङ्ख्या १३ पुगेपछि राज्य पुन लकडाउनमा जाने त होइन भन्ने आशङ्का बढेको छ । 

स्वास्थ्य बिभागले बिहीबार ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । 

“पहिले देखिएका सङ्क्रमितका निकट रहेका परिवारका सदस्यमा कोरोना पुष्टि भएको हो । ” स्वास्थ्य विभागले टुईटर मार्फत जानकारी दिएको छ । 

शुक्रवार गन्ती हुने मामलामा होटेलकी महिला म्यानेजर र अन्य दुई पुरुष पनि छन् ।

A policeman stands outside the Holiday Inn.
Another exposure site linked to Melbourne's Holiday Inn COVID-19 outbreak has been identified. (AAP) Source: AAP

मेलबर्न एयरपोर्टको टर्मिनल चारमा रहेको द ब्रुनुटी क्याफेलाई सङ्क्रमण जोखिम क्षेत्रका रूपमा राखिएको छ ।

सङ्क्रमित व्यक्ति ९ फेब्रुअरीका दिन उक्त क्याफे पुगे पछि उक्त क्याफेलाई सङ्क्रमणको जोखिममा राखिएको छ । 

पछिल्ला सङ्क्रमण सँगै लकडाउन हुने  हो कि भन्ने त्रास बढेको छ  ।

 


2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now