भारी वर्षा पछि न्यु साउथ वेल्समा पानी प्रयोग गर्न छुट

विगत केही दिन यताको भारी वर्षा पछि न्यु साउथ वेल्स सरकारले गत सालदेखि पानी प्रयोगमा लगाएको आंशिक प्रतिबन्धलाई अलि खुकुलो बनाउने निर्णय गरेको छ।

water quality, bushfire, sydney

Warragamba Dam recouped a year's worth of water in one weekend, rising 17.7 per cent to sit at 60.7 per cent at 10.30am on Monday. Source: AAP Image/Dean Lewins

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लिनको अध्यक्षतामा सोमबार सिड्नीमा बसेको राज्य सरकारको बैठकले सिड्नी सहरका बाँधहरू ८० प्रतिशत भन्दा बढी भरिएपछि पानी प्रयोगमा लगाएको आंशिक प्रतिबन्धलाई केही खुकुलो बनाउने निर्णय गरेको हो।

मार्चको सुरुदेखि लागु हुने गरी गरिएको उक्त निर्णय अनुसार पानी प्रतिबन्ध पुनः लेभल वनमा फर्कने छ।

डढेलोको कारण सञ्चित जलमा रहेका प्रदूषण घटेर पानीको गुणस्तरमा सुधार होस भन्ने हेतुका साथ दुई हप्ता पछिदेखि मात्र लागु हुने गरी उक्त प्रतिबन्ध कम गरिन लागिएको बताइएको छ।

सिड्नीलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशय - वार्रगम्बा बाँधमा खरानी लगायतका डढेलोबाट उत्पन्न अन्य प्रदूषणका कारण दूषित भएपछि सोमबार मात्रै पुन सञ्चालनमा आएको छ र हाल अधिकारीहरूले यसको अनुगमन गरिरहेका छन्।

राज्यकी जल मन्त्री मेलिन्डा पेभीका अनुसार पानीको गुणस्तर राख्न उक्त आंशिक प्रतिबन्ध घटाउने कार्य दुई हप्ता पछिको लागि सारिएको हो।

“भर्खरै हामीले २० वर्ष यताकै सबैभन्दा ठुलो वर्षाको अनुभव गरेका छौँ जस कारण बृहत् सिड्नी क्षेत्रमा पानी सङ्कलन गर्न प्रयोगमा रहेका जलाशयहरूको पानीको गुणस्तर प्रभावित भएको छ,” उनले भनिन्।

NSW minister Melinda Pavey (file image)
Melinda Pavey Source: AAP

अनावृष्टिका कारण राज्यका जलाशयमा पानीको स्तर घट्दै कुल क्षमताको ४० प्रतिशतभन्दा कम पुगेका कारण गत डिसेम्बर १० तारिखदेखि पानी प्रतिबन्धको स्तरोन्नति गर्दै राज्य सरकारले सिड्नी लगायत इलावारा र ब्लु माउण्टेन्स क्षेत्रहरूमा लेभल टु वाटर रेस्ट्रिक्सन्स लागु गरेको थियो।

लेभल वन वाटर रेस्ट्रिक्सन्सका बखत पालन गर्नुपर्ने नियम

  • आफ्नो घर बाहिर ढलान गरिएका ठाउँहरूलाई पानीले सफा गर्न देखि, सवारीसाधन धुन र आफ्ना बगैँचाहरूमा बिहान १० बजे देखि साँझ ४ बजेसम्म पानी हाल्न निषेध रहनेछ।
  • सवारीसाधन, ढुङ्गा र भवनहरू धुन माथि रोक लगाइनुका साथै लन र बगैँचामा पानी हाल्न प्रयोग गरिने पाइपहरू चाहेको बेला बन्द गर्न मिल्ने अवस्थामा रहनु पर्दछ।
  • निजी स्विमिङ पुलमा पानी भर्न पनि अनुमति लिनुपर्छ।

यी नियमहरूको उल्लङ्घन गरेको पाइएमा २२० डलर र व्यावसायहरुले ५५० डलर सम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।

b8dcefa8-cae6-476b-8c07-a5a89b5cbe35

2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now