सिड्नी वर्ल्ड प्राइड २०२३: महामारी पछि सिड्नीको एलजीबीटीक्युआई+ समुदाय र "गे बारहरू"

एक पछिल्लो अध्ययनको अनुसार एलजीबीटीक्युआई+ समुदायलाई समर्थन गर्ने थुप्रै बार र कार्यक्रम गर्ने स्थानहरू महामारीको बन्दी पछि अहिले पुनः खुलेका छन्।

Faux3.png

Vietnamese drag queen Faux Fur is one of the participants at Sydney's Mardi Gras parade. Credit: Bettie blackheart

मुख्य विषयहरू:

  • न्यु साउथ वेल्सका ९३% बार र कार्यक्रम गर्न स्थानहरू पुनः खुलेका छन्
  • सीमान्तकृत र क्षेत्रीय जनसङ्ख्यालाई अझै पनि आर्थिक सहयोगको आवश्यकता
  • सिड्नी मार्डि ग्रा र वर्ल्ड प्राइडको धमाधम तयारी हुँदै

फो फर (हिज/हर)लाई "सिड्नीज लाउडेस्ट वट नट द ब्याडेस्ट क्वीन" भनेर चिनिन्छ।

फोले सन् २०२० मा कोभिड महामारी सुरु हुनु अघि देखि फुल-टाइम ड्रयाग क्वीन बन्ने निर्णय लिएका थिए/लिएकी थिइन्।

ड्रयाग क्वीनहरू पुरुषको रूपमा पहिचान गर्ने, र आफ्ना पहिरन र प्रस्तुतिबाट महिलालाई चित्रण गर्ने मनोरञ्जनकर्ताहरू हुन्।

फो भन्छन्/भन्छिन् कि स्वास्थ्य प्रतिबन्धहरूले अस्ट्रेलियाको एलजीबीटीक्युआई+ समुदाय (लेज्बियन, गे, बाइसेक्सुवल, ट्रान्सजेन्डर, क्वेयर र इन्टरसेक्स+) र मनोरन्जन उद्योगलाई ठूलो असर परेको थियो।

"तर मैले कोभिडलाई मलाई सबैभन्दा मनपर्ने काम गर्नबाट रोक्न दिइन," उनले एसबीएसलाई बताए/बताइन्।

भियतनामी पृष्ठभूमिकी ड्र्याग क्वीन फोले लकडाउनमा आफ्नो सीप सुधार गर्नका साथै फलोविङ बढाए/बढाइन्।

फोले हरेक सोमवार साप्ताहिक रूपमा इन्स्टाग्राममा एक लाइभ कार्यक्रम संचालन गरे/गरिन्, जसमा समुदायका सदस्यहरूको अन्तर्वार्ता लिने र उनीहरूका कला र कथा साट्ने काम हुन्थ्यो।

"लकडाउन हटे पछि र क्लब र बारहरू फेरी खुले पछि पनि मैले कार्यक्रम संचालन गर्न पाउँछु भन्ने सोचले सोमवार गरेँ।"

कोभिड पछि पोले आफ्नो कार्यक्रमलाई एआरक्यु, युनिभर्सल, पूफ डूफ, स्टोनवल लगायत अक्सफर्ड स्ट्रीट र वरिपरिका सबै बारहरूमा प्रस्तुत गरेका छन्/गरेकी छिन्।

एउटा नयाँ अध्ययनले देखाउँछ कि ग्रेटर सिड्नी क्षत्रमा सम यौनिक समुदायलाई समर्थन गर्ने ५६ वटा बारहरू र अन्य स्थानहरू मध्य ९३% पुनः खुलेका छन्।

यी ६ वटा ठाउँहरू मात्र स्थायी रूपमा बन्द गरिएका थिए - सिग्नल, स्लाइड, द स्लाइफक्स, ग्रीन पार्क होटेल, सिड्नी हेलफायर क्लब र वलङगङ क्वेयर आर्ट्स फेस्टिभल।

तर दुई वटा नयाँ कार्यक्रम सुरु भएका छन् - बेगा भ्यालीमा हुने फार साउथ कोस्ट रेन्बो वेभ्स फेस्टिभल र समर क्याम्प फेस्टिभल।

उक्त अध्ययनले "गे बार" (सम यौनिक बार) को परिभाषामा कर्नर बार, पियानो बार, लेदर बार र डिस्को, अन्डरएज गे डान्स र ड्रयाग प्रस्तुतिहरूलाई समावेश गरेको छ।

"हाम्रो अध्ययनले देखाएको छ कि सिड्नीको एलजीबीटीक्युआई+ समुदाय विश्वका सबैभन्दा बलियो समुदायहरू मध्य एक हो," युनिभर्सिटी अफ सिड्नीका वरिष्ठ लेक्चरर डा. क्रिस पेपिन-नेफले बताए।

न्यु साउथ वेल्सका समयौनिक समुदायमा कोभिड-१९ को प्रभाव बारे अध्ययनको पहिलो चरणलाई उनले नेतृत्व गरेका थिए।

Dr Chris Pepin-Neff.jpg
Dr Chris Pepin-Neff will be parading the Mardi Gras in the Amnesty International float Credit: Dr Chris Pepin-Neff, Senior Lecturer in Public Policy
विश्वव्यापी रूपमा गे बारहरू सङ्घर्ष गरिरहेका छन्, तर सिड्नीमा फस्टाइ रहेका छन्।
डा. पेपिन-नेफ

उनी भन्छन् कि सन् २००७-०८ को विश्वव्यापी वित्तीय सङ्कट, कोभिड-१९ महामारी र अनलाइन सामाजिक सञ्जालको बढ्दो चर्चाका कारण गे तथा लेज्बियन बारहरू (समयौनिक बारहरू) बिस्तारै बन्द हुँदै गएका हुन्।

सिड्नीको एलजीबीटीक्युआइ+ समुदायले यहाँ समयौनिक र त्यस सम्बन्धित व्यवसायहरूलाई फेरी फस्टाउन मद्दत गरेको उनको भनाइ छ।

"मानिसहरूले एकजुट भएर ती व्यवसायहरूलाई समर्थन गर्ने निर्णय गरेका थिए।"

यस पछाडि अस्ट्रेलिया सरकारको जबकीपर सुविधा र न्यु साउथ वेल्सको कोभिड-१९ व्यापार अनुदानको पनि हात छ।

"अमेरिकामा व्यवसायहरूले न्यु साउथ वेल्समा जत्तिको सहयोग पाएका थिएनन्," डा. पेपिन-नेफले बताए।

सुस्त पुनः विकास

उक्त अध्ययन अनुसार न्यु साउथ वेल्सका अन्य मनोरञ्जन र आतिथ्य उद्योगका कार्यक्रमहरूको तुलनामा समयौनिक बार र स्थानहरूको कोभिड पछि बिस्तारै पुनः विकास भएको हो।

त्यस्तै, रिजनल ठाउँका समयौनिक समुदायहरूमा कम स्रोतसाधनका कारण व्यवसाय फेरी सुचारु गर्न समय लागेको थियो।

तर एलजीबीटीक्युआई+ समुदायका मामिलाहरूमा सुधार आउने अपेक्षा डा. पेपिन-नेफको रहेको छ।

"मार्डि ग्रा परेड अक्सफर्ड स्ट्रीटमा फिर्ता आउनु भनेको सुनमा सुगन्ध जस्तै हो," उनले भने।

"मार्डि ग्रा रोकिनु भनेको कोभिडको समयमा सबैभन्दा सामाजिक रूपमा चुनौतीपूर्ण कुराहरू मध्य एक थियो।"

सिड्नीमा २५ फेब्रुअरीमा हुन गइरहेको मार्डि ग्रा परेडको लागि फो उत्साहित हुँदै तयारी गर्दै छन्/छिन्।

वर्ल्ड प्राइड फेस्टिभल सँगै हुन गइरहेको यसपालिको परेड, २०० वटा भन्दा बढी फ्लोट र १२,५०० वटा मार्चहरूका साथ अहिलेसम्मको सबैभन्दा ठूलो हुने छ।

फो अस्ट्रेलियाका सबैभन्दा प्रतिष्ठित ड्रयाग क्वीनहरूसँगको फ्लोटमा हुने छन्/छिन्।

"मसँग सुरुमा केही पनि थिएन, र अहिले यी चर्चित ड्रयाग क्वीनहरूसँग काम गर्नु, निकै ठूलो कुरा हो," उनले भने/भनिन्।

ड्रयाग उद्योग फेरी सुचारु भए तापनि "कोभिडभन्दा अघिको अवस्थामा पुग्न भने निकै मिहिनेतको आवश्यकता रहेको" फोले बताए।बताइन्।

"कोभिडभन्दा अघिको जस्तै सुरक्षित वातावरण र उद्योग बनाउनको लागि हामी सबै एकताबद्ध रूपमा कडा मिहिनेतका साथ लागिपरेका छौँ।"

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टलमा हर्नुहोस्।


Share

4 min read

Published

By Yumi Oba

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now