SKIP TO MAIN CONTENT

ट्वेन्टी ट्वेन्टी विश्व कप क्रिक्रेट - अस्ट्रेलियाको सम्भावना

हाल लोकप्रिय हुदै गएको ट्वेन्टी ट्वेन्टी बिश्व कप क्रिक्रेट अन्तर्गत "सुपर दश" चरणको प्रतियोगिता आज बेलुकी देखि भारतमा सुरु हुँदै छ। नागपुर सहरमा आज आयोजक भारत र न्यु जिल्यान्ड बीचको पहिलो खेल र राष्ट्रिय टोलीहरु बारे केहि जानकारी :

Australia v India - Game 5
during game five of the Commonwealth Bank One Day Series match between Australia and India at Sydney Cricket Ground on January 23, 2016 in Sydney, Australia. Source: Getty Images

2 min read

Published

Updated

By Sameer Ghimire



Skip to article content

आज को पहिलो खेल मा सामेल हुने राष्ट्रिय टोलीहरु बारे केहि जानकारी :

भारत

ट्वेन्टी ट्वेन्टी क्रिक्रेट प्रतियोगिताको पहिलो विश्व उपाधि भारतले पाएको थियो र सन् २०११ मा सम्पन्न भएको प्रतियोगिता पनि भारतले जितेको थियो। पछिल्ला दिनहरुमा निकै सफल हुदै गएको यो टोलीमा प्रभाबकारी खेलाडी हरु रहेका छन्।

विराट कोहली र रोहित शर्मा जस्ता नाम चलेका खेलाडीसहित महेन्द्र सिंह धोनी जस्ता सफल कप्तान पनि यस टोलिमा रहेका छन्। आफ्नै गृह मैदानमा हुन लागेको यस प्रतियोगितामा भारतले उपाधि पाउने अपेक्षा धेरैले गरेका छन्।

न्यु जिल्यान्ड

गत वर्षको विश्व कप क्रिक्रेट प्रतियोगितामा फाईनल सम्म पुग्न सफल यो टोलि , ब्रेनडन म्याककुलम को अवकाश पछि अलिक कम्जोर जस्तो देखिए पनि, छोटो अबधिको खेल विशेसज्ञले भरिपूर्ण रहेको छ।

केन विलिअम्सोनको नेतृत्वमा रहेको यस टोलिमा कोरी अन्देरसों र ग्रान्ट एलियट जस्ता सुप्रसिद्ध खेलाडीहरु रहेक छन्। साथै टिम साउथी जस्ता तिब्र गति का बलर भएकाले , न्यु जिल्यान्डले भारतलाई कडा चुनौती दिने आशा खेल बिशेष ज्ञहरुले गरेका छन्।

अस्ट्रेलिया

पाँच पल्ट एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेता पनि, अस्ट्रेलियाले अहिलेसम्म ट्वेन्टी ट्वेन्टी क्रिक्रेट प्रतियोगिताको उपाधि पाउन सकेको छैन।

तर हालै दक्षिण अफ्रीकालाई पराजित गरि भारत आएको यस टोलिमा आत्मा-बिश्वाश निक्कै देखिएको छ।

डेव वार्नर र ग्लेन मक्ष्वेल्ल जस्ता विशेसज्ञ खेलाडी का साथै शेन वाटसोनजस्ता को अनुभवले हाल टेस्ट टोलि को उच्च स्थान मा रहेको अस्ट्रेलियालाई, यस पल्ट उपाधि हात पार्न मुस्किल नहुने ,धेरै खेलप्रेमीहरुले बिश्वाश लिएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now