अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा पर्दशन भएको छ। न्यु योर्क देखि लस एन्जल्स सम्म का दश विभिन्न शहर हरुमा हजारौं अमेरिकी जनता नयाँ राष्ट्र पति ट्रम्पले आफुहरु को प्रतिनिधित्व नगर्ने बताउदै प्रदर्शन गरेका थिए।
अमेरिकी समाचार संस्था सिएनएनले न्युवोर्कस्थित ट्रम्प टावर अगाडि करिब ५ हजारको संख्यामा रहेका मानिसले ट्रम्पविरुद्ध नाराबाजी गरेको जनाएको छ। जातिबाद बिरुद्ध नारा लगाउदै एक जुलुस मा नव निर्वाचित राष्ट्र पति को पुत्ला पनि जलाई एको थियो।
यसैबीच सान डियागो सहरमा ट्रम्पका समर्थक र प्रर्दशनकारीबीच झडप भएको बताइएको छ। स्थानीय प्रहरीले झडपका क्रममा केही घाइते भएको र हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ।
