जब निशा र ईश्वरले फेसबुक पेजभरि अरू स्क्याम भएका कमेन्टहरू देखे, आफू पनि स्क्याममा परियो कि भनेर उनीहरूको मनमा चिसो पसिहाल्यो।
उनीहरूले ज्यानुअरीमा माई एम्बिसन कन्सल्टिङलाई ११ हजार डलर बुझाएका थिए। पिआर पाइने आशामा यो दम्पतीले धेरै समयसम्म मेहनत गरेर जम्मा गरेको पैसा कन्सल्टेन्सी लाई बुझाएका थिए।
उनीहरूले ज्यानुअरीमा माई एम्बिसन कन्सल्टिङलाई ११,००० डलर बुझाएका थिए। उनीहरूले त्यो पैसा वर्षौँको मेहेनत पछि जम्मा पारेका थिए।
कम्पनीको म्यानेजिङ डिरेक्टरले उनीहरूलाई पिआरको स्पोन्सर दिने कामदारबाट फोन आउने विश्वास दिलाएका थिए।
तर हप्तौँ बितिसक्दा पनि फोन भने आएन।
“हामी एकदमै डराएका थियौँ,” ईश्वर भन्छन्।
अनि सोचेको जस्तो पनि नभएको उनी बताउँछन्।
फेसबुकमा स्क्याममा परेको भन्दै कमेन्ट गर्ने मध्ये एक जनासँग कुरा गर्याैँ अनि हामीले बुझ्यौँ कि हामीलाई स्क्याम गर्यो.... अरू पनि धेरै मानिसहरूलाई यस्तै भएको रहेछ।
‘टल्कने सबै हिरा हुँदैनन्’
सन् २०२३ को अन्त्यतिर जब निशा र ईश्वरले माई एम्बिसन कन्सल्टिङको विज्ञापन देख्छन्, यहीँबाट नै उनीहरूको दुख सुरु हुन्छ।
यस कम्पनीले भिसाका विभिन्न विकल्पहरूको बारेमा भिडियो बनाएर हाल्छ।
भिडियोमा इम्प्लोएर स्पोन्सर्ड भिसा को लागी दक्ष अर्थात् स्किल्ड कामदारलाई रोजगारदाताहरूसँग जोड्ने प्रक्रियामा सहयोग गर्ने बताइन्छ।
निशा छ वर्ष अघि नेपालबाट अस्ट्रेलिया आएकी हुन्। विद्यार्थी भिसामा हाल पढ्दै गरेकी उनी एज्ड केयरमा काम गर्छिन्।
नर्स बन्ने सपना देखेकी निशालाई कन्सल्टेन्सीको विज्ञापनले ध्यान खिच्छ।
एकातिर विद्यार्थी भिसामा रहेका कारण सीमित समय मात्र काम गर्न पाउने र अर्कोतिर महँगीको कारण मारमा रहेका निशा र ईश्वरले माई एम्बिसनसँग परामर्शको लागी समय लिए।
कन्सल्टेन्सीले म्यानेजिङ डिरेक्टर अभिनय भण्डारीसँग परामर्श गर्न सुरुमै एक सय डलर शुल्क लिएको उनीहरू बताउँछन्। उनीहरू ज्यानुअरीमा त्यहाँ गएका थिए।

माई एम्बिसन कन्सल्टिङको वेभसाइटमा र कनट्र्याक्ट दुवैमा रजिस्टर्ड माइग्रेसन एजेन्ट लेखेको छ। तर भण्डारी रजिस्टर्ड एजेन्ट होइनन्, उनले कानुनी रूपमा अध्यागमन सम्बन्धी सल्लाह दिन पाउँदैनन्।
एसबीएस न्युजले भण्डारीले गैर कानुनी रूपमा आप्रवासन सम्बन्धी सल्लाह दिएका हुन्, भन्न खोजेको होइन।
तर एसबीएस न्युजले कन्सल्टेन्सीबाट भण्डारीले सेवा ग्राहकहरूलाई पठाएको इमेल हेर्दा डिस्क्लेमर सहित लेखिएको थियो कि, “माथि इमेलमा लेखिएको आप्रवासन सम्बन्धी सबै सल्लाह दक्ष माइग्रेसन एजेन्टबाट अनुमोदन गरिएको हो।”
निशा र ईश्वर जस्तै भण्डारी पनि नेपालबाटै आएका हुन्।
उनीहरूलाई “भण्डारीको व्यक्तित्व पनि एकदमै राम्रो लाग्यो। उसले उनीहरू लाई परिवार जस्तै भन्दै आफ्नोपनाको सम्बन्ध बनाइहाल्यो।”
कम्पनीको सेवा शुल्क भने उनीहरूको बजेट भन्दा माथिको थियो।
“११ हजार भनेको सानो रकम होइन, यसले हामीलाई धेरै फरक पार्छ”, निशा भन्छिन्।
“कलेज फी, भाडा, बिलहरू, खाद्यान्न लगायत सबैको लागी पैसा तिर्नुपर्छ। एकदमै मुस्किलले पैसा बच्छ।”
उनीहरू के गर्ने भनेर निर्णय लिन सकिरहेका थिएनन्। यता, माई एम्बिसनले भने लगभग एक-एक घण्टामा फोन गरेर आवेदनहरू भरिन लागिसकेको भन्दै छिटो छिटो प्रक्रिया थाल्न भन्दै फोन गर्न थाल्यो।
मौका नगुमाउने भन्दै यी दम्पतीले आफ्नो बचतको पैसा कन्सल्टेन्सीमा बुझाए। जुन निर्णयले उनीहरूलाई डिप्रेसनमा पुर्यायो।
'उसले हाम्रो भावनासँग खेल्यो'
शुल्क बुझाएर ग्राहक सेवा सम्झौतामा हस्ताक्षर गरेपछि निशा र ईश्वरलाई केही गलत भएको जस्तो लाग्यो।
सम्झौताको सर्तहरूमा “माइग्रेसन सल्लाह र भिसा विकल्पहरू” को प्रावधान र अध्यागमन विभागद्वारा आवश्यक भिसा आवेदनको कामको लागी कागजातको काम गरिएको लेखिएको छ।
कम्पनीले आवेदनको सफलताको ग्यारेन्टी दिन सक्दैन र अन्तिम निर्णय विभागको हुने पनि लेखिएको छ।
पैसा फिर्ता गर्ने नीतिका सन्दर्भमा माई एम्बिसनले स्पोन्सर गर्न सक्ने तीन वटा सम्भावित रोजगारदातासँग अन्तर्वार्ता मिलाउँछ र यदि तीन वटा नै अन्तर्वार्तामा पनि असफल भयो भने पूरा पैसा फिर्ता पाउन योग्य हुनेछन्।
तर आठ हप्ता सम्म पनि कम्पनीले सम्झौता पत्रको कुनै पनि सर्त पूरा नगरेपछि निशा र ईश्वरले भण्डारीलाई भेटेरै पैसा फिर्ता गर्न भने। उसले १० हजार ५ सय फिर्ता गर्ने बतायो र उनीहरूलाई ब्याङ्कमा पैसा तिरेको स्क्रिनसट पनि पठायो। तर उनीहरूको अकाउन्टमा पैसा भने आएन।
जब निशा र ईश्वरले केही दिन पछि पैसा नै नपाएको बताए, भण्डारीले नीति अनुसार तीन महिना पछि मात्र पैसा फिर्ता गर्ने भन्दै हाललाई रद्द गरिएको बताए। बरु उनीहरूलाई छलफलको लागी बोलाए। त्यसपछि निशा र ईश्वर भेटेरै कुरा गर्न सहमत भए तर भण्डारी एकाएक गायब भए।

त्यसको तीन महिनापछि जुलाईसम्म कुरेपछि उनीहरूले एनएसडब्लु सिभिल एन्ड एडमिनिस्ट्रेटिभ ट्राइब्युनल मा जाने निर्णय गरे। ट्राइब्युनलबाट माई एम्बिसनले सम्झौता पत्र अनुसार सेवा नदिएका कारण ११ हजार डलर फिर्ता गर्नुपर्ने आदेश जारी भयो।
तर निशा र ईश्वरले अहिले सम्म एक पैसा पनि पाएका छैनन्।
“हामी जस्तो केही थाहा नभएको लाई स्क्याम चाहिँ नगर्नु, हामी अस्ट्रेलिया नै धेरै नै आशा लिएर आएका हुन्छौँ, दुख पनि त्यति नै गरेको हुन्छौँ। भावनात्मक, मनोवैज्ञानिक रूपमा भावनाहरूसँग नखेल्नु,”निशा भन्छन्।
मान्छेहरूलाई पैसा लुटेर अर्कालाई मर्न सम्म बाध्य बनाउन चाहिँ भएन।... हामीले न्याय पाउँछौ जस्तो लाग्छ।
एसबीएस न्युजले भण्डारीलाई यसमा आफ्ना भनाइहरू राख्न सम्पर्क गरेको थियो तर उनले प्रतिक्रिया दिन अस्वीकार गरे। ईश्वर को वकिलद्वारा पठाइएको प्रश्नहरूबारे पनि केही बताएनन्।
झूटा वाचाहरू
एसबीएस न्युजको जानकारीमा अनुसार ७० भन्दा बढी व्यक्तिहरूले माई एम्बिशन कन्सल्टिङद्वारा आफूलाई रकम फिर्ता गर्न बाँकी रहेको बताउँछन्।
सन् २०२३ डिसेम्बर यता एनएसडब्लु फेयर ट्रेडिङमा माई एम्बिशन कन्सल्टिङ विरूद्भ २८ वटा उजुरी परेको एक प्रवक्ताले एसबीएस न्युजलाई बताए।
एनएसडब्लु फेयर ट्रेडिङले कम्पनीको कामकारबाही माथि अनुसन्धान भइरहेको पुष्टि गरेको छ।
टाला (नाम परिवर्तन गरिएको), सन् २०२२ डिसेम्बरमा पहिलो पटक माई एम्बिशन कन्सल्टिङमा आएकी हुन्। त्यति बेला उनी कोभिड पछि मेलबर्नमा काम पाउन सङ्घर्ष गर्दै थिइन्।
टाला सन् २०१८ मा विद्यार्थी भिसामा फिलिपिन्सबाट अस्ट्रेलिया आएकी हुन्। एक वर्ष पछि उनले आफ्नो तीन वर्षकी डिपेन्डेन्ट भिसामा आफैँसँग ल्याउन पाइन्। तर १० वर्षकी छोरीलाई स्कुल भर्ना गराउन भने उनलाई गाह्रो भयो। उनको ठुली छोरी अझै पनि फिलिपिन्समै छिन्।
जब टालाले माई एम्बिसनको सेवाहरूको बारेमा जानकारी लिइन्, सुरुमा त समय बुक गरिन्।
भण्डारीले उनलाई रोजगारदातासँग सम्पर्क गराइदिने जसले उनलाई मात्र नभई उनको श्रीमान् र दुई बच्चालाई पनि स्पन्सर गरिदिन्छ भनेर विश्वास दिलाएपछि टाला पैसा बुझाउन सहमत भइन्।
“सन् २०२२ मा सम्झौता भएपछि, हामी अब सबै सङ्गै हुन पाउने भयौ भनेर एकदमै खुसी र एकदमै उत्साहित भएका थियौ,” टाला बताउँछिन्।
त्यसपछि जब भिसा मनोनयन अस्वीकार गरियो, मलाई धेरै तनाव भयो।
टाला र उनको परिवार एक वर्षदेखि अध्यागमन विभागबाट जवाफको पर्खाइमा थिए, अन्तिममा माई एम्बिशनले दिएको आवेदन अस्वीकार भयो।
यस प्रक्रियाबाट दिक्क भएर टालाले अनलाइनमा अन्य माध्यमहरू खोज्दै थिइन् उनी निशा र ईश्वरले हेरेको त्यही फेसबुक समूहमा पुगिन्।
माई एम्बिशनका पूर्व ग्राहकहरूले पोस्ट गरेका अभिव्यक्तिहरू पढेपछि, टालाले आवेदन किन अस्वीकार गरियो भन्ने कारणहरू खोज्न कानुनी सल्लाह लिने निर्णय गरिन्।
एसबीएसले टालाको भिसा आवेदनको डकुमेन्टहरू हेर्दा माई एम्बिशनले तयार गरेको आवेदन कागजातहरूमा त्रुटिहरू देखिन्छ। त्यसमा रोजगारी सम्झौता पत्र वा कनट्र्याक्ट नै छैन।
टाला भन्छिन् कि उनलाई माई एम्बिशन मार्फत स्टेटवाइड क्रेन्स सँग एकाउन्टेन्टको रूपमा रोजगारीको प्रस्ताव पठाइएको थियो। त्यसमा उनले हस्ताक्षर गरेर फिर्ता गरेकी थिइन्।
एसबीएस न्यूजले इम्प्लोएर स्पन्सर्ड भिसा खोज्ने कसैलाई रोजगारी प्रदान गरेको छ कि छैन भनेर स्पष्ट गर्न स्टेट वाइड क्रेन्सलाई सम्पर्क गर्यो। तर त्यहाँका एक प्रवक्ताले एसबीएस न्यूजलाई भने कि यस आधारमा रोजगारी कहिल्यै प्रस्ताव गरिएको छैन तर लिखित रूपमा पुष्टि गर्न भने अस्वीकार गरे।
अगस्ट २०२३ मा, भण्डारीले टालालाई एउटा पत्र पठाए, एसबीएस न्युजले हरेको उक्त पत्रमा ३० दिनभित्र ३२ हजार डलर फिर्ता गर्ने वाचा गरिएको थियो। तर पैसा भने फिर्ता भएन।
माई एम्बिसनबाट पैसा फिर्ता लिन उनले वकिल लगायत विभागमा तिरेको शुल्क समेत जोडेर हेर्दा भण्डारीलाई भेटे यता उनको ५० हजार डलर भन्दा धेरै खर्च भइसक्यो। टालाले अझै पनि कुनै पैसा फिर्ता पाउन सकेकी छैनन्।
सबैभन्दा नराम्रो पक्ष त यस घटनाले उनको श्रीमान् र परिवारसँगको सम्बन्धलाई असर गरेको छ।
“फिलिपिन्समा रहेकी मेरी छोरी लाई यहाँ के भइरहेको छ थाहा नै छैन,” टाला भन्छिन्।
उ मलाइ सोधेको सोधै गर्छे, के भइरहेको छ? म कहिले अस्ट्रेलिया आउँदैछु? तपाइ अझै मलाइ लादै हुनुहुन्छ नि?
“मेरो आमाले सोच्नुहुन्छ कि हामी भिसा कुरेर बसेका छौँ र अध्यागमन लाई भिसा अनुमोदन गर्न सबै समय चाहिएको छ। मसँग यहाँ के भइरहेको छ, त्यो भन्ने अँटा नै छैन। यदि भन्नै परे पनि कहाँबाट सुरु गर्ने हो थाहा छैन।”

जीविकोपार्जन खतरामा
अस्ट्रेलियाको सङ्घीय कानुन अनुसार दर्ता भएका माइग्रेसन एजेन्टहरू, कानुन व्यवसायीहरू वा कानुनी सल्लाह दिन पाउने छुट पाएका व्यक्तिहरूले मात्र आप्रवासन सहायता दिन सक्छन्। कानुन विपरीत अध्यागमन सल्लाह दिएको पाइएमा १० वर्ष कारागार सजाय रहेको छ।
सिमन सेन ताओ दर्ता भएका रजिस्टर्ड माइग्रेसन एजेन्ट हुन्। उनी विगत १२ वर्षदेखि आफ्नै तरिकाले यस क्षेत्रमा काम गरिरहेका छन्। सन् २०२३ को सुरुवातमा उनलाई भण्डारीले माई एम्बिसन कन्सल्टिङको लागी माइग्रेसन एजेन्टको रूपमा काम गर्न प्रस्ताव गरे। उनले भण्डारीको प्रस्ताव स्वीकार गरेर काम गर्न थाले।
ताओका अनुसार धेरै भिसाहरू अस्वीकृत भएका कारण कम्पनी तनावमा थियो। उनलाई नतिजा सुधार गर्न अरू एजेन्टहरूलाई तालिम दिनको लागी भनियो।
यसैबिच सन् २०२३ को अन्त्यमा उनलाई कम्पनीको एक सेवाग्राहीको वकिलबाट फोन आउँदा झट्का नै लाग्यो। उक्त सेवाग्राहीले कम्पनी विरुद्ध कानुनी उपचार खोजिरहेका थिए। पछि उनले थाहा पाए कि पैसा फिर्ता लिने दाबी गर्नेहरूको फेसबुक ग्रुपमा उनले फोटो पनि "स्क्यामर" भनेर सेयर गरिएको रहेछ।

“यस त धेरै नै तनाव दियो,” ताओ भन्छन्।
“मैले मेरा व्यापारिक सहयोगीहरू, हालका सेवा ग्राहकहरू, र मेरो तस्बिर अनलाइनमा देख्ने परिवारका सदस्यहरूलाई किन यस्तो भयो भनेर बुझाउनु पर्छ। मैले उनीहरूलाई के भइरहेको छ भनेर सबै भन्नुपर्छ।”
त्यसपछि उनले तुरुन्तै माई एम्बिसन कन्सल्टिङसँगको सम्बन्ध टुङ्गाए अनि माइग्रेसन एजेन्टस् रजिस्ट्रेसन अथोरिटी (मारा) मा कम्पनीको उजुरी गरे। एसबीएस न्युजले मारामा सम्पर्क गरेर उक्त मुद्दाबारे के भइरहेको छ भनेर सोध्यो तर उनीहरूले यसबारे जानकारी दिन अस्वीकार गरे ।
मेरो काम मेरो जीवन चलाउने माध्यम हो। म यसलाई दाउमा हाल्न चाहन्न। म मेरो दर्ता निलम्बन गर्न चाहन्न।
यो समाचार तयार पार्दा सम्म (११ नोभेम्बर) तानो को फोटो र मारा नम्बर अझै पनि माई एम्बीसन कन्सल्टिङ को वेभ साइटमा राखिएको थियो।
गृह मामिला विभागका एक प्रवक्ताले एसबीएस न्युजलाइ एक वक्तव्य जारी गर्दै भने कि यदि दर्ता भएका वा पूर्व माइग्रेसन एजेन्टले MARA को आचार संहिता उल्लङ्घन गरेको वा अध्यागमन सहायता प्रदान गर्न योग्य नभई सहायता दिएको पाइएमा विभागले अनुशासनात्मक कारबाही गर्छ ।
“माइग्रेसन एजेन्टस् रजिस्ट्रेसन अथोरिटीले माइग्रेसन सल्लाहकारको पेसाको हकहितको रक्षा गर्दै यदि दर्ता गरिएका माइग्रेसन एजेन्टहरूले नीति विरुद्ध काम गरेमा कारबाहीको प्रक्रिया अघि बढाउँछ,” प्रवक्ता भन्छन्।
सङ्घर्ष गरिरहेका उपभोक्ताहरू शोषणमा परेका छन्
अध्यागमन वकिल क्रिस्टोफर लेभिङस्टन भन्छन् कि यो निशा, ईश्वर र टालाको मात्र मुद्दा होइन। उसलाई लाग्छ कि अस्ट्रेलियाको कानुनी प्रणालीको जटिलताका कारण आप्रवासीहरूलाई लक्षित प्रक्रियाहरूमा केही मानिसहरूले लामो समयदेखि फाइदा उठाइरहेका छन्।
“तिनीहरू प्राय: समुदायमा काम गर्ने हुन्छन् र अवसरहरूको खोजीमा रहेका मानिसहरू अवसरको आश्वासन दिन्छन्, जुन महसुस हुन पनि सक्छ वा नहुन पनि सक्छ,” लेभिङस्टन भन्छन्।
“यो जाल-साझी हो, यसले साँच्चै नै पारो तताउँछ।”
अध्यागमन कानुनमा काम गरेको ३५ वर्षको अनुभवका आधारमा लेभिङस्टन भन्छन् कि नराम्रो काम गर्नेहरूलाई सजाय दिने कुरामा कम्नवेल्थको कारबाहीमा कमी रहेको छ।
आधिकारिक सल्लाह हेर्ने हो भने जो सँग आप्रवासन सल्लाह लिँदै हुनुहुन्छ, उक्त व्यक्ति रजिस्टर्ड एजेन्ट हो कि होइन भनेर आफैँले हेर्नुपर्छ भनिएको छ।
यद्यपि, यसले विश्वसनीयताको ग्यारेन्टी भने गर्दैन र माराको अनुसन्धान पनि सुस्त हुन सक्छ, माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाकी सिइओ हेलेन डन्कन भन्छिन्।।
मुख्य कुरा भनेको जब अत्यधिक शुल्कहरू र अध्यागमनभन्दा बाहिरका कुराहरूमा सहयोग गर्ने प्रतिबद्धताहरू गर्छन् आफै सजक हुनुपर्छ।
“जब कसैले म काम खोजिदिन्छु, त्यसबापत मलाइ यति पैसा दिनुपर्छ भन्छ भने, त्यहीँबाट खतराको घण्टी बज्न सुरु भइसक्यो,” डन्कन भन्छन्।
“एउटा त यो माइग्रेसन एजेन्टको काम नै होइन र अर्को भनेको यसरी काममा मान्छे राख्ने भन्ने नै हुँदैन।”
यो निशा र ईश्वरले ठक्कर खाएर सिकेको ठुलो पाठ हो। अहिले उनीहरू माइग्रेसन एजेन्ट सम्बन्धी काममा कहिल्यै हतार नगर्न सल्लाह दिन्छन्।
ईश्वर भन्छन्, कुनै कन्सल्टेन्सीले म स्पन्सर खोजिन् दिन्छु भन्छ भने सिधै पैसा ठग्न खोजेको हो भन्ने बुझ्नु .... सतर्क रहनुहोला।”
