SKIP TO MAIN CONTENT

कोरोनाभाइरस दुष्प्रचारबारे लिबरल र लेबर सांसद बिच चर्काचर्की

लिबरलका सांसद क्रेग केलिले प्रमाणित नभएको कोरोना भाइरसको उपचारका बारेमा भ्रम फैलाएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।

Liberal MP Craig Kelly and Labor's Tanya Plibersek argue in the Press Gallery at Parliament House.
کریگ کلی و عضو ارشد حزب کارگر تانیا پلیبرسک در حال یک دعوای لفظی در دهلیز پارلمان Source: AAP

2 min read

Published

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

बुधवार संसद् चलिरहँदा लेबरकी सांसद तान्या प्लिसबर्सेकले लिबरलका अर्का सांसद क्रेग केलि माथि कोरोना भाइरसका बारेमा भ्रामक प्रचार गरेको आरोप लगाए पछि संसद् भवन तातेको छ ।

प्रधानमन्त्री स्कट मोरीसनले आफूले सांसद केलिको समर्थन गर्न नसक्ने भन्दै स्वास्थ्य सल्लाहको विपरीत बिचार व्यक्त गर्न रोक्न पनि आग्रह गरेको बताइएको छ ।

यस अघि पनि संसदीय सुनुवाइका क्रममा संसद् केलिले आफ्ना “षडयन्त्रकारी सिद्धान्त” फैलाएको भन्दै लेबर सांसद प्लिसबर्सेकले चिन्ता व्यक्त गरेकी थिइन् ।

“मेरी आमा तपाईँको क्षेत्रमा बस्नुहुन्छ र म उहाँलाई त्यस्ता मानिसहरू माझ राख्न चाहन्न जसले तपाईँका मनगढन्ते सिद्धान्तहरूका कारण खोप लिन गइरहेका छैनन्,” उनले भनिन् ।

“तपाई जे गरी रहनु भएको छ, त्यसले गर्दा तपाईँ भ्रम फैलाइरहनु भएको छ।”

प्रधानमन्त्री मोरिसनले सांसद केलिका पछिल्ला गतिविधिका कारण सरकारी खोप योजनामा नकारात्मक प्रभाव परिरहेको भन्दै उनलाई आफ्ना कार्यक्रमहरूमा ध्यान दिन सुझाव दिएका थिए ।

Member for Hughes Craig Kelly in the Press Gallery at Parliament House on 3 February, 2021 in Canberra.
Member for Hughes Craig Kelly in the Press Gallery at Parliament House on 3 February, 2021 in Canberra. Source: Getty

जवाफमा केलिले सरकारी खोप कार्यक्रमलाई समर्थन गर्न सहमत रहेको बताएका थिए ।

यस अघि उनले कोरोना भाइरस बारेमा अप्रमाणित र भ्रामक सूचना सम्प्रेषण गरेको भन्ने आरोपको खण्डन पनि गरेका थिए ।

“प्रधानमन्त्रीले मेरो आफ्नै आवाजमा यो सुन्न खोजेका थिए, म खोप कार्यक्रमको विरोधी होइन र म सरकारी खोप कार्यक्रममा समर्थन जनाउँछु,” उनले भने ।

सरकारी सांसदबाटै कोरोना भाइरसका बारेमा भ्रामक सूचनाहरू बाहिरिएको भन्दै स्वास्थ्य विज्ञहरूले चासो देखाएका छन् ।

सांसद केलिका भनाइहरू प्रति सरकार मूकदर्शक बनेको भन्दै यसको आलोचना पनि उनीहरूले गरेका छन् ।

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसले सांसद केलिले लगातार कोरोनाका बारेमा भ्रामक सूचना जारी गरेको भन्दै यो अस्वीकार्य रहेको बताएको छ ।

संस्थाका अध्यक्ष केरेन प्राईस भन्छन् “कोभिड–१९ का बारेमा संसद् केलिले फैलाई रहेको गलत जानकारी अस्वीकार्य छ ।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now