“विकृत र खराब”: तास्मानियामा नाजी सामान बेचबिखनको निन्दा

लिलाम गर्न लगिएका ती नाजीसँग सम्बन्धित रहेका सामग्री जर्मन युद्ध कलाका प्रतिबिम्ब पनि रहेको बताइएको छ।

The auction house came under fire for selling similar items in August.

The auction house came under fire for selling similar items in August. Source: Armitage Auctions

लन्चेसटन स्थित एक लिलाम घरले दोस्रो विश्व युद्ध तिरका नाजीसँग सम्बन्धित केही सर-सामाग्रीहरू बेच्ने प्रक्रियालाई यहुदी समुदायले भर्त्सना गरेको छ। 

आर्मिटेज अक्सन्सद्वारा लिलाम गर्न लगिएका ती नाजीसँग सम्बन्धित रहेका सामग्री जर्मन युद्ध कलाका प्रतिबिम्ब पनि रहेको बताइएको छ।

ती मध्ये केही सैन्य पदकहरुमा नाजी स्वस्तिका पनि अङ्कित छन्।

गत अगस्ट महिनामा पनि यस्तै प्रकृतिका सामाग्रीहरू लिलामी गर्दा आर्मिटेज अक्सन्स विवादको घेरामा परेको थियो।

विगत ३० वर्षदेखि युद्ध सम्बन्धी सङ्ग्रह योग्य विविध सामाग्रीहरू लिलामी गर्दै आएको उक्त लिलामघरका निल ओ’ब्रायनका अनुसार नाजीसँग सबन्ध भएका सामानहरू बेचबिखन गर्दा केही मानिसहरूलाई चित्त नबुझे पनि कानूनीरूपमा आफूहरूलाई त्यस्तो कुनै रोकटोक छैन।

“कहिलेकाहीँ हामीलाई के बेच्ने वा नबेच्ने भनेर नैतिक दबाब पर्छ र अफ्ठेरो हुन्छ,” उनले भने।

The Nazi banner that is on sale.
The Nazi banner that is on sale. Source: Vickers & Hoad

“युद्धमा जे भयो र इतिहासका कालखण्डमा भएका त्यस्ता थुप्रै अन्य घटनाहरूको हामी अवश्य पनि निन्दा गर्छौँ, तर मानिसहरू केवल ती घटनाहरूसँग सम्बन्धित सामाग्रीमा चासो राख्छन्।”

“त्यस्ता सामाग्रीहरू फेरी देख्दा कसैकसैलाई पिडा हुन्छ भन्ने कुरा हामीले मनन गरेका छौँ र उहाँहरू समक्ष हामी क्षमा याचना गर्दछौँ,” ओ’ब्रायनले भने।

तर, एन्टी-डेफीमेसन कमिसन नामक एक यहुदी समूहका अध्यक्ष डिभिर अब्रामोभिच भने नाजीसँग सम्बन्ध भएका भनिएका सामानहरू फेरी पनि लिलामीमा सूचीकृत भएको देख्दा आफू स्तब्ध भएको बताउँछन्।

“घृणा र मृत्युको मूल्य तोकिनु अनि बिक्रीमा रहनु विकृत र खराब दुवै हो,” उनले भने।

“हामी सबैले के कुरा बुझ्न जरुरी छ भने यी सबै सामाग्रीहरूले कट्टरपन्थी सोचलाई बढवा दिन्छ।”

Fish serving fork and lifter, "each marked with Nazi Swastika symbol".
Fish serving fork and lifter, "each marked with Nazi Swastika symbol". Source: Vickers & Hoad

उता, तास्मानियाको राज्य सरकारले त्यस्ता सामानहरू बेचबिखन गर्नुभन्दा अगाडी “दुई चोटि” सोचेर मात्र अगाडी बढ्न आग्रह गरेता पनि तत्काल कानूनमा फेरबदल नहुने बताएको छ।

राज्यका महान्यायाधिवक्ता एलिस आर्चरले एक विज्ञप्ति जारी गर्दै नाजीसँग सम्बन्ध भएका सर-सामानहरू विक्री गर्नु गैरकानूनी नभए पनि प्राय आपत्तिजनक मानिने र सामुदायिक एवं नैतिक मापदण्ड भित्र नपर्ने बताएकी छिन्।

“राष्ट्रिय र अन्तर्राष्ट्रिय न्यायक्षेत्रको समीक्षा गरेर हेर्दा (राज्य सरकारले) तत्काल कानुन परिवर्तन गर्ने योजना छैन।”


2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now