SKIP TO MAIN CONTENT

तास्मानियामा बसोबास गर्ने मानिसहरुलाई मेनिञ्जोकोकलको डर

तास्मानियामा बसोबास गर्ने मानिसहरुलाई मेनिञ्जोकोकलको लक्षणहरु प्रति सजग रहन आग्रह गरिएको छ।

Kings Park, Launceston, Tasmania, Australia
Source: iStockphoto

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

पन्ध्र दिन भित्र १ जनाको ज्यान जानुका साथै अन्य ४ जना मानिसहरुलाई आफ्नो चपेटमा पारेपछि यो रोग बारे सजग हुन अधिकारीहरुले उक्त आग्रह गरेका हुन्।

मेनिञ्जोकोकलको डब्लु स्ट्रेनबाट ग्रस्त भए लगत्तै एक १६ बर्षीय युवतीको मृत्यु भएको थियो।

आज बुधबार, तास्मानिया राज्यको स्वास्थ्य विभागले २ नयाँ मामलाहरू अगाडी आएको बताएको छ। उसको अनुसार ती ३६ बर्षीय तथा ७० बर्षीय बिरामीहरु शाही होबार्ट अस्पतालमा स्थिर अवस्था रहेका छन्।

There have been five cases of meningococcal so far in the last fortnight.
There have been five cases of meningococcal so far in the last fortnight. Source: AAP

यस्तै, तीन महिने एक बालक अस्पतालमा उपचारार्थ भर्ना छन् भने गएको हफ्ता बीस बर्षीय एक युवक मेनिञ्जोकोकलको "बी" स्ट्रेनबाट ग्रस्त भएता पनि अहिले तन्ग्रिसकेका छन्।

प्रारम्भिक चरणका परिक्षण पछि यी दुईजना पनि "डब्लु" स्ट्रेनबाटै ग्रस्त भएको थाहा भएको अधिकारीहरुले बताएका छन्। तथापि, उनीहरु राज्यभर भेटिएका कुनै पनि मामलाहरु एक-आपसमा नजोडिएको बताउँछन्।

"म मानिसहरुलाई मेनिञ्जोकोकलको लक्षण प्रति बिशेष रुपमा सजग हुन आग्रह गर्दछु", सार्वजनिक स्वास्थ्य सेवाका निर्देशकले एक वक्तव्य सार्वजनिक गर्दै भने।

"यदि उनीहरुले आफु, वा आफुले स्याहार गर्नुपर्ने मानिसहरुले मेनिञ्जोकोकलकोद्वारा पिडित भएको जस्तो लागे तुरुन्तै आकस्मिक चिकित्साको सेवा लिन पर्दछ।"

मेनिञ्जोकोकलका लक्षणहरु:

  • ज्वरो आएको आवस्था
  • मांशपेशीहरुमा पिडा वा असजिलो महसुस हुने 
  • टाउको दुख्ने 
  • असाधारण तवरले अवस्थ महसुस हुने 
  • निन्द्रा लागेको जस्तो हुने 
  • भ्रामित हुने
  • रोगले निक्कै च्यापे पछि भने डाबर आउन सक्ने 

तास्मानियाको राज्य सरकारले खोप कार्यक्रमलाई बिस्तार गर्ने भने पनि अर्को हफ्ता मात्रै यस सम्बन्धि थप जानकारी उसले उपलब्ध गराउने छ।

A hand holding a syringe preparing to inject/ Kids under five in Tasmania can receive a free flu shot by GPs before winter. (AAP)
Source: AAP
एक राष्ट्रिय कार्यक्रम अन्तर्गत तास्मानियामा मेनिञ्जोकोकलको "ए", "सी", "डब्लु" तथा "वाई" स्ट्रेन विरुद्धका खोपहरु शिशुहरुलाई निशुल्क उपलब्ध रहेको छ। "डब्लु" स्ट्रेन विरुद्धको खोप भने तास्मानियाको राज्य सरकारले किशोर-किशोरीहरुलाई पनि निशुल्क उपलब्ध रुपमा गराउँछ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now