तास्मानियामा अस्थायी भिसामा रहेकाहरुका लागि आर्थिक सहायताको घोषणा

कोरोनाभाइरस का कारण आर्थिक सङ्कटमा परेका विदेशीहरुका लागि आज देखि लागु हुने गरि सरकारले ३० लाख डलरको राहत प्याकेजको घोषणा गरेको हो।

Peter Gutwein Tasmania

Tasmanian Treasurer Peter Gutwein. Source: AAP

तास्मानियामा अस्थायी भिसामा रहेकाहरुका लागि आर्थिक सहायता प्रदान गर्ने राज्य सरकारको घोषणाको स्थानीय नेपाली समुदाय द्वारा स्वागत गरिएको छ।

कोरोनाभाइरस का कारण आर्थिक सङ्कटमा परेका विदेशीहरुका लागि आज देखि लागु हुने गरि सरकारले ३० लाख डलरको राहत प्याकेजको घोषणा गरेको हो।

सरकारको उक्त निर्णयबारे बोल्दै राज्यका प्रिमियर पिटर गुटवेनले पछिल्लो समयमा आर्थिक समस्यामा रहेका विदेशी नागरिकहरु आफ्नो देश फर्कन उपयुक्त हुने भनि सङ्घीय सरकारको सल्लाह प्रति आफु असहमत रहेको पनि बताएका छन्।

साथै ठुलो संख्यामा आफ्नो राज्यमा अस्थायी भिसामा रहेकाहरु यातायात प्रतिबन्धहरुका कारण आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेको पनि उनले बताए।

New Tasmanian Premier Peter Gutwein at a press conference
New Tasmanian Premier Peter Gutwein speaks to the media during a press conference. Source: AAP/Eddie Safarik

यातायात प्रतिबन्ध कारण आफ्नो देश फर्कन नसक्ने एकल व्यक्ति र परिवारहरुका लागि तीस लाख डलरको सहायता प्याकेज अन्तर्गत रकम प्रदान गरिने छ।

अस्थायी भिसामा राज्यमा रहेका झन्डै २६ हजारका लागि एक पटक मात्रको रकम भुक्तानी गर्ने लिबरल सरकारको उक्त योजनाका साथ् एकल व्यक्तिले २०० डलर र परिवारहरुले १,००० डलर सम्म पाउन सक्नेछन्।

तास्मनियाको अर्थतन्त्र विकासमा योगदान पुराउने विदेशीहरुलाई थप सहयोग उपलव्ध गराउन राज्यका रोजगारदाताहरुसंग पनि मिलेर काम गर्ने उनको प्रिमियरले बताएका छन्।

राज्य सरकारको उक्त कदमको नेपाली सोसाइटी अफ तास्मानिया कि अध्यक्ष्य पुनम पन्त द्वारा स्वागत गरिएको छ।

आफु आबद्ध नेपाली संस्थाका साथै पन्ध्र अन्य गैर नेपाली सामुदायिक संस्थाहरुको संलग्नता रहेको कोभिड-१९ कार्यदल द्वारा पिटर गुटवेन सरकारसंग गत हप्ता सम्म पनि थप सहयोगका लागि पहल गरिएको पन्तले एसबीएस नेपालीलाई बताइन।

"सरकारको सहयोग स्वागतयोग्य रहेता पनि एक जनालाई २५० डलरले धेरै सहयोग पुराउन चाहिं सक्नेछैन।"

आफुहरुले अब तास्मानिया विश्वविद्यालयसंग पनि थप सहयोगको लागि पहल गर्ने पुनम पन्तको भनाइ छ।

तर राज्यमा ठुलो संख्यामा रहेका अस्थायी भिसामा रहेका गैर विद्यार्थीहरुका लागि पनि थप सहयोग प्रदान गरिनुपर्ने पनि उनि बताउछिन्।

Nepali Society of Tasmania's President Punam Panta spoke to SBS Nepali
Nepali Society of Tasmania's President Punam Panta spoke to SBS Nepali Source: SBS Nepali

यसैक्रममा सङ्घीय लेबर पार्टी द्वारा चाहिं मोरिसन सरकारले पनि तास्मनियाको लिबरल सरकार बाट पाठ सिक्नुपर्ने बताएको छ।

विपक्षी कि छायाँ अध्यागमन मन्त्री क्रिस्टिना कनेली भन्छिन कि अस्थायी भिसाका साथ् देशभर रहेका ११ लाख मानिसहरु माथि ध्यान दिन जरूरी रहेको छ।

"भाइरसले कसैलाई सङ्क्रमित गर्नु अगाडी उनीहरुको भिसा जांच गर्दैन", उनले भनिन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now