SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: तास्मेनिया आउने सबैलाई अनिवार्य क्वारेन्टिन

अत्यावश्यक काममा तास्मेनिया पुग्ने मानिसहरू बाहेक अन्य सबैलाई अनिवार्य रूपमा दुई हप्ते क्वारेन्टिनमा बस्नुपर्ने बाध्यात्म्कारी आदेश जारी गरिएको छ।

Aerial of Hobart City in Tasmania Australia
Tasmania has restricted entry to the state due to the coronavirus. Source: Getty

2 min read

Published

Updated



Skip to article content

कोरोनाभाइरस नियन्त्रणका लागि देशकै सबैभन्दा कडा नियम भनिएको उक्त आदेश बिहीबार तास्मेनियाका प्रिमियर पिटर गटविनद्वारा त्यहाँ घोषणा गरिएको सङ्कटकाल अन्तर्गत लागू हुनेछ। 

“हामीले देशकै सबैभन्दा कडा सिमाना सम्बन्धी नियमहरू लागू गदैछौँ। केवल अत्यावश्यक यात्रुहरूलाई मात्र बिना क्वारेन्टिन तास्मेनिया आउन अनुमति दिइने छ,” उनले पत्रकारहरूलाई बताए।

A coronavirus assessment clinic in Launceston.
Source: AAP

शुक्रवार मध्य रातदेखि कायम हुने उक्त नयाँ नियम हेरचाहमा संलग्न केयर वर्कर्स, आपत्कालीन सेवाका कर्मचारी, रक्षा अधिकारी, वायु तथा जल सेवाका कर्मचारी, विशेषज्ञहरू र अत्यावश्यक ढुवानीमा संलग्न फ्रेट कामदारहरू माथि भने लागू हुनेछैन।

तास्मेनिया आइपुग्ने सबै यात्रुहरूलाई उक्त टापु राज्यमा पाइला टेक्ने बित्तिकै उनीहरू अत्यावश्यक कामका लागि त्यहाँ पुगेका हुन् कि हैनन् भनेर जाँच गरिनेछ।

उक्त परीक्षण पश्चात् अत्यावश्यक ठहर नगरिएका यात्रुहरूलाई उनीहरूद्वारा पुर्वनिर्धारित रूपमा तोकिएको स्थानमा नै क्वारेन्टिन बस्न निर्देशित गरिने पनि स्थानीय अधिकारीहरूको भनाई छ।

यो नयाँ आदेशको उल्लङ्घन गरेको पाइएमा १६,८०० डलरसम्मको जरिवाना हुने पनि बताइएको छ।

तास्मेनियामा गए रात मात्र तीन थप मानिसहरू कोरोनाभाइरसको सङ्क्रमणमा परेको पुष्टि भएको र उक्त राज्यमा कोभिड-१९ बाट पीडित हुनेको सङ्ख्या १० पुगेको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now