SKIP TO MAIN CONTENT

टास्मानियामा "विनाशकारी" डढेलो सिजनको चेतावनी, राजधानी होबार्टमा पनि खतरा रहने

गएको केही हप्ता यता क्वीन्सल्याण्ड र उत्तरी न्यु साउथ वेल्समा डढेलोका कारण दर्जनौँ घरहरू नष्ट हुनुका साथै कम्तीमा दुई जनाको मृत्यु भएको खबर आउँदा, यस प्रकारका सङ्कट आगामी दिनहरूमा टास्मानियामा पनि देखिन सक्ने चेतावनी जारी गरिएको छ।

A bushfire burning in Tasmania.
Rain forecast across Tasmania is expected to ease the fire risk to communities. (AAP) Source: AAP

3 min read

Published

Updated



Skip to article content

टास्मानियाको पूर्वी तटीय क्षेत्र हाल खडेरीबाट प्रभावित रहेको र उक्त खडेरी र यस वर्षको अनुमानित अवस्थाले राज्यको ग्रामीण क्षेत्र मात्र नभई राजधानी होबार्ट लगायतका अरू सबर्बहरुमा पनि व्यापक खतरा सिर्जना गराउने अधिकारीहरूको भनाइ रहेको छ।

सन् २०१३ मा टास्मानियाको पूर्वी तटीय क्षेत्रमा रहेको डुनाल्ली नामक एक सानो गाउँमा डढेलोले ६० वटाभन्दा बढी घरहरूका साथै एक स्थानीय प्राथमिक विद्यालय पनि नष्ट गरेको थियो।

उक्त डढेलोमा आफ्नो घर सहित सर्वस्व गुमाउनेहरूमा स्थानीय बासिन्दा स्कट ग्रिफिथ्स पनि रहेका थिए।

उनका अनुसार, उक्त डढेलोको गति निकै तीव्र रहेको र त्यो समय घर बाट सर सामान भन्दा खालि आफ्नो परिवारलाई मात्र समयमै जोगाउन सकेको कुरा ग्रिफिथ्सले सुनाए।

विशेष गरि आफ्नो घर जोगाउन ज्यान जोखिममा नराख्न पनि ग्रिफिथ्स सल्लाह दिन्छन्।

यस पटक पनि राज्यको पूर्वी तटीय क्षेत्रमा अहिले व्यापक खडेरी रहेको अवस्थामा यस पटकको डढेलो सिजन पनि खतरनाक साबित हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

मौसम विभागमा दीर्घकालीन मौसम अवस्था सम्बन्धी विश्लेषण शाखाका प्रमुख डाक्टर एन्ड्रु वाटकिन्सले यस पटक पुरै देश भरिनै गर्मीको लहर र डढेलोको खतरा बढेको जनाएका छन्।

टास्मानियाको दमकल निकायले पनि राज्यका पूर्वी भागमा रहेका केही स्थानहरूमा डढेलोलाई नियन्त्रणमा ल्याउन गाह्रो हुनसक्ने स्वीकार गरेको छ।

यस कारण पनि सार्वजनिक स्थलमा आगो सल्काउन अनुमति लिनुपर्ने म्यादलाई अगाडी सारिनुका साथै डढेलोको खतरा धेरै रहेका स्थानहरूमा बस्ने मानिसहरूलाई तयार रहन पनि निर्देशन दिइएको छ।

सन् १९६७ मा टास्मानियाको राजधानी होबार्ट सहरमा भएको विनाशकारी डढेलोको जस्तो अवस्था यस पटक पनि दोहरिन सक्ने सम्भावना विज्ञहरूको रहेको छ।

५० वर्ष भन्दा अगाडीको उक्त डढेलोका कारण ६४ जनाको मृत्यु भएको थियो भने ९०० अन्य घाइते भएका थिए।

होबर्ट कि मेयर आना रेनोल्ड्स, यस पटक अझ गए दुई वर्षदेखि धेरै सुक्खा रहेको आफ्नो सहरमा उच्च तापक्रम र कडा हावाहुरीको अवस्था रहे त्यसले विनाशकारी डढेलो निम्त्याउन सक्ने बारे आफू धेरै चिन्तित रहेको बताउछिन।

तर त्यस्तो अवस्था दोहरिन नदिन होबार्ट सहर द्वारा डढेलो सुरु हुने स्थानहरूमा झन्डै २० लाख डलरको लागतमा आगोका लागि इन्धन बन्ने श्रोतहरूलाई घटाउने प्रयास गरिएको छ।

डढेलो सम्बन्धी विज्ञ, प्राध्यापक डेभिड बोम्यान भन्छन् , जलवायु परिवर्तनले गम्भीर मौसमका अवस्थाहरू सिर्जना गरिएता पनि, केही अन्य कारणहरूले पनि सहरमा डढेलोको खतरालाई बढेको छ।

बन जङ्गल नजिक सबर्बको स्थापनादेखि, डढेलो सिजनको समयमा गलत प्रकारको बगैँचा रोप्नुले पनि स्थितिलाई बिगार्ने उनको भनाइ छ।

बोम्यान भन्छन् कि सन् १९६७ सालदेखि अहिलेसम्म डढेलो विरुद्ध लड्न व्यापक प्राविधिक विकास भैसकेका छन् तर सहरको बढ्दो जनसङ्ख्याको मतलब सहरको बाहिरी क्षेत्रमा बस्ने मानिसहरूको सङ्ख्यामा पनि व्यापक वृद्धि भएका छन्।

डढेलो सुरु हुने पाँच मिनेट अगाडी भन्दा पनि पाँच वर्ष अगाडी नै तयारी सुरु गरिनु पर्छ भन्ने कुरामा बोम्यान जोड दिन्छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now