यसपालीको "ट्याक्स रिटर्न" गर्दा बिचार पुर्याउनै पर्ने खास कुरा

के तपाईंले काममा जाँदा सधैँ जसो लगाउने लुगामा खर्च गरेको रकम दावी गर्ने सोचिरहनु भएको छ? ट्याक्स रिटर्नको समय फेरी हाम्रो सामु छ। हामी यसै सेरोफेरोमा यसपाली अष्ट्रेलियाली कर कार्यलयले कस्तो कुरामा आफ्नो नजर राखेको छ त भनेर हेर्दैछौँ।

ato

Source: AAP

एटीओ भनेर पनि चिनिने अष्ट्रेलियाली कर कार्यलयले यसपाली आफ्नो कार्यस्थलमा लगाउने पोशाक तथा त्यस वरिपरिका विषयहरुमा आफ्नो बिशेष नजर लागाउने छ।

आफ्नो कामका निम्ति भनेर नयाँ लुगा किनेको तथा त्यसलाई सफा गरेको भनेर बिगत ५ बर्षमा आफुले खर्चेको रकम दाबी गर्दै निवेदन दिने मानिसहरुको संख्यामा करिब २० प्रतिशतको वृद्धि भएपछि उसले यस्तो कडा कदम चाल्न लागेको हो। त्यस किसिमको दावी पछि एटीओले लगभग १.८ अर्ब डलर बराबरको रकम गएको ५ बर्षमा मानिसहरुलाई फिर्ता दिएको जनाएको छ।
एटीओका एक सहायक आयुक्त क्याथ एन्डरसनका अनुसार करिब ६३ लाख मानिसहरुद्वारा आफुले काममा लगाउने पोशाकमा खर्च गरेको रकम फिर्ता पाउने दावी गरेका थिए।
उनी भन्छिन, "त्यो संख्या भनेको कुल करदाताहरुको संख्याको आधा हो। अब धेरैजसो दावी त वैध होला तर हाम्रो जानकारीमा थुपै मानिसहरुले गल्ती गरिरहनुभएको जानकारी छ। त्यसैले यसपाली हामी रकम भुक्तान गर्नु अगाडी यस्ता दावी माथि गहिरेर अध्यन गर्ने छौँ। "

त्यसो भए तपाईंले के चाहिँ दावी गर्नसक्नु हुनेछ त?
एच एंड आर ब्लकमा एक कर सल्लाहकारका रुपमा काम गरिरहेका मार्क च्याप्म्यानका अनुसार निर्माण स्थलमा काम गर्दा लगाउनै पर्ने सुरक्षात्मक पोशाक जस्ता लुगाफाटाहरुमा गरिएको खर्च दावी गर्न मिल्छ।

उनको अनुसार पेशागत रुपमै सर्वमान्य - जस्तै शेफले व्यवसायिक भान्साघरमा लगाउने - यूनिफर्महरु ट्याक्स रिटर्नमा दावी गर्न पाइन्छ।

"तर तपाईं आफ्नो कार्यलय जाँदा सामान्यतया लगाइने सुट या अन्य त्यस्तै प्रकारका लुगाहरु भने दावी गर्नसक्नुहुन्न। यो महिला तथा पुरुष दुवैको हकमा लागु हुन्छ। रेस्टुरेन्टमा काम गर्नुहुन्छ र कालो पाइन्ट लगाउनु हुन्छ भने त्यो पनि दावी गर्ने मिल्दैन।"

धेरै मिथकहरु हटाउन जरुरी छ: सहायक आयुक्त क्याथ एन्डरसन
"मानिसहरुले आफ्नो कार्यस्थल जाँदा प्रयोग गर्ने पोशाक सामान्य किसिमको छ भने त्यो दावी गर्न सकिन्न। चाहे त्यो कुनै रङ्ग बिशेषको होस् वा कुनै असाधारण ब्राण्डकै किन नहोस्। अनि, उनीहरुका हाकिम वा काम गर्ने ठाउँको मालिकले भनेर किनेको लत्ता-कपडा पनि दावी गर्न मिल्दैन।  एन्डरसनका अनुसार मानिसहरु १५० डलर त यसै पनि दावी गर्न पाईहाल्छु नि भन्ने भ्रममा रहने पाईएको छ।

"यूनिफर्म अनिवार्य लगाउनै पर्ने काम (जस्तै नर्स) अथवा सुरक्षात्मक पोशाक लगाएर गरिने कामहरु (जस्तै डकर्मी) बाहेकका अरु काम गर्ने मानिसहरुले साधारणतया त्यो १५० डलर दावी गर्न मिल्दैन। अघिल्लो वर्ष करिब १४ लाख मानिसहरुले ठ्याक्कै उक्त रकम दावी गरेका थिए। कत्ति मानिसहरुले वैध रुपमा उक्त दावी गरे होलान् तर हामीलाई के थाहा छ भने अधिकांश मानिसहरुले कुनै बिल बिजक पेश गर्नुनपर्ने भनिठानेर हुनसक्छ उक्त रकम दावी गरे।"
"म के स्पष्ट पार्न चाहन्छु भने १५० डलर अभिलेखीकरण गर्न सजिलो होस् भनेर तोकिएको रकम हो, सबैलाई लागु हुने कुरो होइन।"
बिटकोइन जस्ता क्रिप्टोकरेंसीहरुमा पनि यसपाली कर कार्यालयको ध्यान हुनेछ
"क्रिप्टोकरेंसी भनिने डिजिटल प्रबिधिबाट उत्खनन, संचय र प्रयोग गरिने बिटकोइन जस्ता अत्याधुनिक मुद्राहरुलाई पनि कर कार्यालयले सम्पति नै ठानेको छ। यसकारण, तपाईंले यस्ता क्रिप्टोकरेंसीहरुको खरिद-बिक्रि अथवा यसलाई नष्ट गर्नुहुन्छ भने पनि त्यसको जानकारी कर कार्यलयलाई गराउनुपर्छ।"
"पुँजीगत लाभहरु भएको छ भने त अवस्य नै आफ्नो ट्याक्स रिटर्नमा यो कुरा राख्नुहोला।"
अनि, "गिग अर्थतन्त्र" भनेर चिनिन थालेको नयाँ खाले व्यापार-व्यवसायहरुमा पनि कर कार्यलयले आफ्नो नजर राखेको उनी बताउँछिन्। "एअर बी एंड बी" जस्ता आफ्ना खाली कोठाहरु वा घर इन्टरनेटबाट सिधै भाडामा दिने कार्यहरु अवथा उबर जस्ता आफ्नो निजी गाडीलाई भाडाको सवारी झैँ प्रयोग गरेर केही आर्थिक आय आर्जन गर्ने कार्यलाई नै "गिग अर्थतन्त्र" भनिएको हो।

"गिग अर्थतन्त्रले मानिसहरुलाई केही थप रकम कमाउन निकै सहयोग गरिरहेको छ। जसरी उहाँहरुले आफ्नो अन्य कमाई ट्याक्स रिटर्न गर्दा उल्लेख गर्नुपर्ने हुन्छ, त्यस्तै यी नयाँ किसिमबाट थप आय-आर्जन गर्दा पनि गर्नैपर्ने हुन्छ। चाहे तपाईं कर्मचारीको रुपमा त्यस्ता कार्यमा संलग्न हुनुहुन्छ वा एक ठेकेदारका रुपमा।"
मार्क च्याप्म्यानका अनुसार उनीजस्ता कर सम्बन्धी सल्लाह दिने व्यक्तिहरुलाई सबैभन्दा बढी सोधिने प्राय:जसो प्रश्नहरु रकम दावीकै हुने गर्दछ।
उनी भन्छन, "मानिसहरु आफुले कुनै काम बिशेषले खर्चेको रकम दावी गर्न खोज्छन तर उनीहरुसँग त्यसको प्रमाण नै हुँदैन। कि त उनीहरुले त्यस्ता प्रमाण हराईसकेका हुन्छन वा कहाँ राखेको भुल्छन्। बिल-बिजक लगायतका रकम खर्चेको कुनै सबुत नै हुँदैन भने त्यस्तो अवस्थामा कत्ति पनि रकम दावी गर्न मिल्दै-मिल्दैन।"

उता क्याथ एन्डरसन भने सर्वसाधारणहरुलाई आवश्यक परामर्श लिन सुझाव दिन्छिन्।

"हामीहरुसित अहिले एकदमै जटिल विश्लेषण गर्नसक्ने धेरै साधनहरु उपलब्ध छन् र साथमा उत्तिकै मात्रामा तथ्यांकहरु पनि। यसकारण हामी सबै ट्याक्स रिटर्नहरुको सुक्ष्म तरिकाबाट जाच-पड्ताल गर्नेछौं। अनि, यो साल हामी केवल जागरुकता अभियानमा मात्र होइन समीक्षा तथा लेखा परीक्षामा समेत आफ्नो लगानी बढाएका छौँ।
"हामीलाई झुक्याउने निरर्थक प्रयास नगर्नुहोला, तपाईंलाई पक्रन यसपाली हामीलाई धेरै गाह्रो छैन। "

यसैसँग सम्बन्धित थप सामाग्री:


Share

Published

Updated

By Ricardo Concalves

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand