SKIP TO MAIN CONTENT

ट्रेन र बस ड्राइभरसँगै न्यु साउथ वेल्सका सरकारी विद्यालयका शिक्षकहरू पनि आन्दोलनमा

कर्मचारी अभाव, काममा बढ्दै गएको बोझ र तलब वृद्धिको माग राख्दै न्यु साउथ वेल्सका ट्रेन एवं बस चालकसँगै सरकारी विद्यालयका शिक्षकहरूमा पनि हडतालमा उत्रिएका छन्।

NSW Teachers Federation President Angelo Gavrielatos
NSW Teachers Federation President Angelo Gavrielatos said teachers' workloads were "unmanageable". Source: AAP

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्समा हजारौँ सरकारी विद्यालयका शिक्षक सहित बस एवम् ट्रेन ड्राइभरहरू हडतालमा उत्रिएका छन्।

राज्यका करिब ४ सय विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरी हडतालमा उत्रिएका हुन्।

खुला रहेका अन्य केही विद्यालयमा पनि शिक्षक र प्रिन्सिपल काममा नआउँदा केही सीमित कर्मचारीले विद्यार्थीहरुका हेरचाह गरी रहेका छन्।

शिक्षक सङ्घले दिगो कार्यभार, अप्रतिस्पर्धी तलब र कर्मचारीको अभावलाई सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाउँदै हडतालको आयोजना गरेको हो।

सिड्नी, न्युकासल, वलङगङ र ब्लु माउन्टेन्स क्षेत्रका शिक्षकहरूले सिड्नीमा विरोध र्‍यालीको पनि आयोजना गर्ने भएका छन्।

हाइड पार्कबाट सुरु हुने र्‍याली म्याक्वरी स्ट्रिट हुँदै न्यु साउथ वेल्सको संसद् भवनसम्म पुग्ने बताइएको छ।

“न्यु साउथ वेल्स सरकार बालबालिका एक दिन स्कुल नगएकोमा चिन्तित छ, जबकि हामी पर्याप्त शिक्षकको अभावमा बिद्यार्थीहरुको हरेक दिन हराइरहेकोमा चिन्तित छौ,” न्यु साउथ वेल्स राज्यको शिक्षक महासङ्घका अध्यक्ष एन्जेलो ग्याभ्रिएलाटोसले सोमबार भने।

'अन्य पेसाको तुलनामा शिक्षण पेसाको तलबमा आएको गिरावटलाई उल्ट्याउन' वार्षिक ७ दशमलव ५ प्रतिशतको तलब वृद्धि चाहिरहेको बताइएको छ।

अध्यक्ष ग्याभ्रिएलाटोस भन्छन् कि हाल रिक्त रहेको ३ हजार पदहरू भर्न र आगामी दशकका लागि आवश्यकता पर्ने करिब ११ हजार शिक्षकको भर्ती सुसङ्गत ढङ्गले गर्न सरकारसँग रणनीतिको अभाव छ।

Bus drivers hold placards
Bus drivers hold placards as they participate in a strike at Burwood Bus Depot in Sydney. Source: AAP

यातायात हडताल

यता सोमबारबाट यातायात हडतालमा पनि सुरु भएको छ।

इनर वेस्टका बस चालकहरू हडतालमा छन्।

उनीहरूको युनियनले राज्य सरकार सँग ठेकेदार ट्रान्जिट प्रणालीमा भएको दुई किसिमका तलबका बारेका वार्ता गर्न माग गरेको छ।

केही कामदारहरूले अन्य कामदारले भन्दा कम तलब पाउने गरेको उनीहरूको भनाई छ।

बस चालकहरूको हडताल आज पनि जारी छ भने दक्षिण पश्चिमी क्षेत्रका चालकहरूले पनि यसलाई साथ दिएका छन्।

शुक्रवार दुवै क्षेत्रका बस चालकहरूले दुई घण्टा सेवा अवरुद्ध गरी सरकारलाई दबाब दिएका थिए।

यता बसको विकल्प खोजिरहेका यात्रुहरू रेल सेवा समेत आंशिक रूपमा अवरुद्ध भए पछि समस्यामा परेका छन्।

ड्राइभरहरूले विदेशमा निर्माण भएका ट्रेन नचलाउने भन्दै हडताल गरेका छन्।

हाल न्यु साउथ वेल्सको रेल सेवामा विदेशमा निर्मित रेलको सङ्ख्या तीन चौथाइ छ।

रेल, ट्रेन र बस युनियन (आरटिबियु)ले पुरानो उद्यम सम्झौता गत मे महिनामा सकिएपछि नयाँ सम्झौताका लागि वार्ता गरिरहेको छ।

सिड्नी ट्रेन्सका प्रमुख कार्यकारी म्याट लंगल्याण्डले सिड्नी ट्रेन, एनएसडब्लु ट्रेन लिङ्क र युनियनसँग भएका करिब ४० वार्ता पछि पनि हडताल हुनु निराशाजनक रहेको प्रतिक्रिया दिए।

यता युनियनले भने वार्ता र सम्झौता गर्न चाहेका पदाधिकारी भर्खरै मात्र वार्ताको टेबुलमा आउन सुरु गरेको बताएको छ।

युनियनले निजीकरणको अन्त्य, सुरक्षा मापदण्डहरू कायम राख्न र ठेकेदारमा मात्र निर्भर नरही हालको स्वच्छताका मापदण्ड पुरा गर्न प्रतिबद्धता चाहेको छ।

प्रमुख कार्यकारी लंगल्याण्डले कर्मचारीहरूलाई २.५ प्रतिशतको प्रस्ताव गरिएको बताए।

टान्सर्पोट फर एनएसडब्लूले मङ्गलवारको हडतालका कारण ट्रेन सेवामा असर पुग्ने भन्दै पहिले भन्दा सेवा कम रहने र थप स्टेसनमा रोकिनुका साथै गतव्यमा पुग्न लामो समय लाग्ने बताएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now