SKIP TO MAIN CONTENT

सिड्नी: आतङ्कबादको कथित आरोपमा तीन गिरफ्तार

इस्लामिक स्टेटबाट कथित रूपमा प्रेरित हुँदै विभिन्न राजदूतावासहरू र अड्डा-अदालत लगायतका भवनहरूलाई आतङ्कवादी हमलाको निशाना बनाउने नियत रहेका भनिएका सिड्नीका तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ।

AFP Assistant Commissioner Ian McCartney
AFP Assistant Commissioner Ian McCartney addresses the media on Tuesday. Source: SBS News

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सङ्घीय र न्यु साउथ वेल्स राज्य प्रहरीको प्रतिआतन्कबादी दस्ताद्वारा मङ्गलवार बिहान गरिएको एक कारबाहीको सिलसिलामा सिड्नीको पश्चिम तथा दक्षिण पश्चिमी भेकबाट तीन जनालाई गिरफ्तार गरिएको हो।

उनीहरूको उमेर २०, २३ र ३० वर्ष रहेको पनि बताइएको छ।

न्यु साउथ वेल्सको संयुक्त प्रति आतङ्कवादी टास्क फोर्सले आज बिहान क्यानडा बे, चेस्टर हील, ग्रीनएकर, ग्रिन भ्याली, इङ्गलबर्न र टुङ्गाबीका घरहरूमा छापा मारेको थियो।

अधिकारीहरूका अनुसार ती तीन जना कथित रूपमा इस्लामिक स्टेट समूहका सदस्यहरू रहेको र उनीहरूले आफ्नो आतङ्कवादी हमलाको प्रारम्भिक योजना मै रहेका थिए।

उनीहरूले कथित रूपमा प्रहरी कार्यालय, सेनाका संरचना, राजदूतावास, काउन्सिल, अड्डा-अदालत लगायत गिर्जाघरहरूलाई आफ्नो निशाना बनाएको पनि अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार ती तीन जना पुरुषहरूले सिड्नीको केन्द्रीय व्यापारिक इलाकामा पनि कथित रूपमा आतङ्ककारी बितण्डा मच्चाउने योजनाका लागि गोली गठ्ठा र विस्फोटकहरू किन्न प्रयासरत थिए।

सङ्घीय प्रहरीका कमिश्नर इयन मक्कार्टनीका अनुसार ग्रिनएकर बस्ने २० वर्षीय युवकलाई उनी अघिल्लो वर्ष लेबनन्बाट अस्ट्रेलिया फर्केदेखि नै आफूहरूले निगरानी राखी रहेका थिए।

प्रहरीका अनुसार कथित रूपमा उनले अस्ट्रेलियामा आतङ्ककारी गतिविधि पछि देश छोडेर भाग्ने योजना पनि बनाएका थिए।

साथै, उनी कथित रूपमा हतियारहरूको जोहो गर्न अफगानिस्तान जाने तयारीमा थिए र हाल उनी त्यसका निम्ति हवाई टिकट किन्ने र भिसाको आवेदन प्रकियामा थिए।

त्यसै गरी अर्का २३ वर्षीय टुङ्गाबी निवासी युवक भने कथित रूपमा एक बृहत् विश्वव्यापी अनलाइन अतिवादीहरूको समूहका मुख्य हर्ताकर्ता मध्यका एक थिए।

उनलाई इस्लामिक स्टेटको सदस्य भएको आरोप प्रहरीले लगाउने तयारी गरिरहेको पनि बताइएको छ।

३० वर्षीय अर्का मानिस भने ती दुई युवाहरूको “सहयोगी” भएको पनि प्रहरीको भनाई रहेको छ।

प्रहरीले उनलाई धोखाधढी गर्दै सेन्टरलिङ्कबाट बेरोजगारी भत्ता दाबी गरेको आरोप लगाउने तयारी गरिरहेको पनि बताइएको छ।

यसरी झुटो दाबी गर्नेलाई उक्त कसुर बापत १० वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ।

एक प्रहरी प्रवक्ताका अनुसार तत्काललाई आजको कारबाहीबाट आम मानिसहरू माथि कुनै खतरा रहेको छैन।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now