गर्मी बढ्दै जाँदा बालबालिकाहरुलाई एकछिन पनि गाडीमा एक्लै नछाड्न चेतावनी

अत्यधिक गर्मीको दिन बालबालिकाहरूलाई मोटर गाडी भित्र छोटो समयका लागि मात्रै छाडिए पनि उनीहरूको मृत्यु नै हुनसक्ने चेतावनी दिइएको छ।

Danger of children trapped in cars

Tributes at the Brisbane house where two little girls died in a hot car parked outside in November Source: AAP Image/Glenn Hunt

अस्ट्रेलियामा प्रत्येक वर्ष झन्डै ५ हजार बालबालिकाहरु सवारी साधनहरुमा थुनिएको रिपोर्ट आउने गरेको अधिकारीहरुको भनाइ छ। तर ती मध्ये प्रायको सफल उद्धार हुने गरेता पनि केहि चाहिं अस्पताल सम्मनै पुग्दछन्।

गर्मीको समयमा गाडी भित्र थुनिने केहि बालबालिकाहरुको मृत्यु पनि भएको समाचारहरु पनि आउने गरेका छन्। यसका साथ् बाल बालिकाहरुलाई एक्लै गाडीमा छाड्नु कहिले पनि सुरक्षित नरहने चेतावनी पनि जारी गरिएको छ। 

अधिकारीहरुका अनुसार, घाममा ‘पार्क’ गरी राखिएको गाडी भित्रको तापक्रम बाहिरको भन्दा २० देखि ३० डिग्री अधिक हुन्छ भनेर? त्यसो त अत्यधिक गर्मीका दिन छायामा पार्क गरिएका वा झ्याल अलिकति खुलेका गाडी पनि उत्तिकै जोखिमपूर्ण हुन्छन्।

किडसेफका जेसन च्याम्बर्स यही कुरा प्रस्ट पार्ने क्रममा भन्छन् कि सवारीसाधन भित्र कति चाँडो तापक्रम बढ्छ र त्यो कतिसम्मको घातक हुन्छ मानिसहरूलाई थाहै हुन्न।

“प्रचण्ड गर्मीको दिन पार्क गरी राखिएको गाडी भित्र ६० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्नु कुनै अनौठो होइन र त्यसमा पनि पहिलो पाँच मिनेट भित्र नै तापक्रम ह्वात्तै बढ्छ। अन्य सामान्य दिनमा समेत नवजात शिशुहरूका लागि खतरनाक साबित हुने तापक्रम एक छिनमा पुग्छ,” उनले भने।

Sunrise over Altona pier in Melbourne.
氣象局預測澳洲於周末期間某些地區氣溫將接近攝氏40度。 Source: AAP

उता एनआरएमए नामक एक संस्थामा सडक सुरक्षा विशेषज्ञ रहेकी दिमित्रा भ्लाह्मित्रस भने साधरणतया बालबालिकाहरू झुक्किएर वा अनजान मै कार भित्र थुनिनछन्।

“हरेक वर्ष हामीले सवारीसाधन भित्र थुनिएर रहेका करिब २,००० बालबालिकाहरूलाई उद्धार गर्ने गरेका छौँ र अधिकांश घटनाहरू अनाहक मै हुने गरेका छन्।”

उनका अनुसार कतिपय घटनाहरूमा अभिभावकहरूले किनमेल गरेर गाडीमा सामान भरेर ढोका लगाउँदा कार आफै लक् हुने र बच्चाहरू थुनिने गर्दछन्।

मोंयाश बाल अस्पतालकी प्रमुख क्याथी मक्एडमका अनुसार गाडी भित्र उच्च तापक्रमका कारण बालबालिकाहरूको मुख छिट्टै सुक्छ र शरीरमा पानीको मात्रा द्रुत रूपमा घट्ने हुँदा ज्यानै जाने खतरा उत्पन्न हुन्छ।

“बच्चाहरूलाई जतिसक्दो चाँडो बन्द सवारीसाधनबाट बाहिर निकाल्नु पर्छ,” उनले भनिन्।

“एउटा शिशुले वयस्क झैँ पसिना निकालेर आफ्नो शरीरको तापक्रम मिलाउन सक्दैन , त्यसैले उनीहरूलाई त्यस्तो स्थितिमा पर्नै दिनुहुन्न।”

Car park
Source: AAP

सामान्यतया अभिभावकहरूले झुक्किएर वा भुलेर आफ्ना बच्चाहरू गाडीमा छाड्ने भएता पनि कहिले काहीँ भने नियतवश पनि त्यस्ता घटना हुने भ्लाह्मित्रसको भनाई छ।

“तपाईँ शपिंग सेन्टरको कार पार्कमा हुनुहुन्छ र कुनै गाडी भित्र बच्चा एक्लै देख्नुभयो भने तत्काल अधिकारीहरूलाई सम्पर्क गर्नुहोस्, ००० मा फोन गर्नुहोस् र उनीहरूले तपाईँलाई थप के गर्ने भन्नेछन्, विशेष गरेर यदि उक्त थुनिएको बच्चा स्वाभाविक रूपमा निकै कष्टकर अवस्थामा छ भने,” उनले भनिन्।

तर धेरैजसो घटनाहरूमा थुनिएका बच्चा भन्दा अभिभावक नै आशांत देखिन्न भन्दै उनले थपिन, “थुनिएका बच्चालाई कस्तो छ भनेर हेर्नु भन्दा कहिले काहीँ त आफूले कस्तो गल्ती गरे भन्दै बिलौना गरिरहेका अभिभावकलाई हामीले सम्हाल्नु पर्ने अवस्था आउँछ।”

Leaving child in hot car
Source: Supplied

बन्द गाडी भित्र बच्चा एक्लै देखिए के गर्ने?

१. ००० डायल गर्ने र एबुलेंस एवं दमकलकर्मीको सेवा माग्ने

२. बच्चा थुनिएको उक्त स्थानको ठेगाना स्पष्टसँग बताउने, गाडीको दर्ता नम्बर उल्लेख गर्ने, थुनिएको बच्चाको अनुमानित उमेर बारे जानकारी दिने

३. शपिङ्ग सेन्टरमा भए त्यहाँका अधिकारीलाई सम्पर्क गर्ने


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now