कोभिड- १९ का प्रतिबन्धहरु अवज्ञा गर्नेहरुको भिषा रद्द हुन सक्ने

क्रिसमसको दिन ब्रोन्टिमा भेला भई स्वस्थ्य आदेशको अवहेलना गर्ने ‍अस्थायि भिषा भएकाहरुलाई उनीहरुकै देश फिर्ता पठाउने अस्ट्रेलियाको सरकारले जनाएको छ।

A file photo of Immigration Minister Alex Hawke

A file photo of Immigration Minister Alex Hawke Source: AAP

सिड्नीमा कोरोनाभइरसको संक्रमणलाई नियन्त्रण गर्न लगाईएका प्रतिबन्धहरुको बेवास्ता गर्दै- गत शुक्रवार क्रिसमसका दिन- ब्रोन्टिको खुला चौरमा सयभन्दा मानिसहरुको उपस्थितिमा ठूलो जमघट भएको थियो।

यसभेलामा धेरै “ब्याकप्याकर्स” भनेर चिनिने अस्थायी भिषामा रहेका बेलायत र युरोपको अन्य भागका नागरिकहरुको उपस्थिति रहेको थियो।

अहिले संघिय सरकारले- अस्थायी भिषामा रहेकाहरु र कोभिड-१९ को प्रतिबन्ध तोड्ने यो समूहमा भेला भएकाहरुलाई देश-निकाला गर्न सक्ने बताएको छ।

सिड्नीको उत्तरी क्षेत्रमा शुरु भएको कोरोनाभाईरसको संक्रमणलाई नियन्त्रण गर्न न्यु साउथ वेल्स सरकारले विभिन्न प्रतिबन्धहरु अगाडि सार्दै आएको छ।

तर सामाजिक सञ्जालमा सावर्जनिक भएको ब्रोन्टिमा भएको भेलाले प्रष्ट रुपमा सरकारी नियमको अवज्ञा गरेको देखिन्छ।

अस्ट्रेलियाका अध्यागमन मंत्री एलेक्स हकले- त्यस बेलाका तस्विरहरु देखेर आफू चकित भएको बयताएका छन्। यस सम्बन्धमा सरकारले भेलामा सम्मिलित हुनेहरुको भिषाको बारेमा थप जाँच गरिरहेको बताएका छ।

“यिनिहरुले सरकारी स्वस्थ्य आदेशको अवहेलना गरेको खण्डमा तोकिएको जरिवाना साथै, उनीहरुको भिषा पनि रद्द गरिने छ,” मंत्री हकले भने।

अध्यागमन ऐन अन्तर्गत, सरकारले कुनै पनि बेला अस्ट्रेलियामा रहेका विदेशी नागरिकहरुको भिषा रद्द गर्ने अधिकार राख्दछ, र यि सबै कुराको बारेमा थप छलफल हुँदै गरेको पनि उनले बताए।

“सानो संख्यामा रहेकाहरुले यो गलत काम गर्दैछन्। उनीहरुले के बुझ्नु पर्छ भने अस्थायी भिषाको कारणले उनीहरु हाम्रा पाहुनाहरु हुन्। सरकारी नियमको अवहेलना भनेको भिषाले तोकेको आधारलाई भत्काउनु हो। त्यहि भएर भिषा रद्द गर्ने अधिकार हामीमा रहेको छ,” उनले बताए।

यसैबिच, सिड्निको नर्दन बीचेसमा फैलिएको कोभिड-१९को संक्रमणको कारण अहिलेसम्म १ सय २९ जनामा समक्रमित भएको यहाँको राज्य सरकारले बताएको छ।

तर नर्दन बीचेस बाहेक को सिड्नी क्षेत्रमा पनि सङ्क्रमण फेला पर्न थालेपछि, कोरोनाभाईरसको जोखिम अहिले ग्रेटर सिड्नीलाई पनि उत्तिकै रहेको राज्यकी प्रिमीयर ग्लेडिज बेरीजीक्लियनले बताएकीछिन्।

“अन्य क्षेत्रमा बस्ने भए पनि लक्षण देखिए कृपया आएर जाँच गराउनुस् ।” उनले आग्रह गरिन्।

सङ्क्रमणको सङ्ख्या अन्य क्षेत्रमा पनि बढ्न थालेपछि  हाल ‍राज्यभर चेतावनी जारी गरिएको छ।

यसैबिच न्यु साउथ वेल्स राज्यमा जनवरी देखि हाल सम्म ४० लाख मानिसहरूले कोरोना जाँच गराएको न्यु साउथ वेल्स स्वास्थ्य प्रमुख केरी च्यान्टले जानकारी दिएकी छिन्।

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्सभिक्टोरियाक्वीनस्ल्याण्डवेस्टर्न अस्ट्रेलियानदर्न टेरीटरीएसीटीतास्मेनिया

 


Share

3 min read

Published

By SBS News

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now