निःशुल्क चाइल्ड केयर योजना जुलाई १२ देखि बन्द हुने

कोरोनाभाइरस महामारी सुरु भएपछि सञ्चालनमा आएको निःशुल्क बाल स्याहार योजना आगामी जुलाई १२ सम्म मात्र कायम रहने बताइएको छ।

Australian Education Minister Dan Tehan speaks to the media during a press conference at Parliament House in Canberra, Monday, June 8, 2020. (AAP Image/Lukas Coch) NO ARCHIVING

Australian Education Minister Dan Tehan speaks to the media during a press conference at Parliament House in Canberra, Monday, June 8, 2020. Source: AAP

जुलाई १३ देखि सेप्टेम्बर महिनाको आखिरीसम्म बाल स्याहार योजना सङ्क्रमण अवधिमा रहने बताउँदै सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानले त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई जबकीपर भुक्तानीबाट छुट्टै कार्यक्रममा सारिने घोषणा सोमबार गरेका हुन्।

उक्त निःशुल्क बाल स्याहार योजनाले आफ्नो निर्धारित लक्ष पुरा गरिसकेको बताउँदै त्यसलाई बन्द गर्न लागिएको जानकारी टिहानले दिए।

“बाल स्याहारको माग घट्दै गएको अवस्थालाई बिचार गरेर यो प्रणाली ल्याइएको थियो। तर अहिले माग बढिरहेको छ,” उनले भने।

 childcare
澳洲幼教 Source: SBS

करिब डेढ अर्व डलर लागतको उक्त निःशुल्क बाल स्याहार योजना गत अप्रिलमा कोरोनाभाइरस महामारीको समय बाल स्याहार सेवा प्रदायकहरूलाई बन्द हुनबाट जोगाउने उद्देश्यले ल्याइएको थियो।

तर उनले जुलाई १२ पश्चात् माग पुनः घट्न सक्ने बारे आफूले प्रत्याभूति दिन भने नसक्ने पनि बताएका छन्।

जुलाई १३ देखि चाइल्ड केयर सब्सिडी नामक अनुदान कार्यक्रम पुनः सञ्चालनमा आउने बताउँदै मन्त्री टीहानले भने कि उक्त मितिदेखि सेप्टेम्बर महिनाको आखिरीसम्म सरकारले बाल स्याहार केन्द्रहरूलाई उनीहरूको शुल्कको २५ प्रतिशत रकम भुक्तानी गर्नेछ।

JobSeeker
People were seen queuing up outside Centrelink offices across Australia when JobKeeper and JobSeeker were announced. Source: AAP

त्यसै गरी, हाल बाल स्याहार केन्द्रमा काम गरिरहेका तर जबकीपर योजना मार्फत भुक्तानी बुझिरहेका कर्मचारीहरूलाई ७० करोड ८० लाख डलरको एक नयाँ प्याकेज अन्तर्गत शोधभर्ना गरिने बताइएको छ।

“यस प्याकेजले परिवारहरूलाई मात्र होइन र समग्र क्षेत्रलाई नै सहयोग पुर्‍याउँछ,” उनले सोमबार क्यानबेरामा पत्रकारहरूका माझ उपस्थित हुँदै भने।

उक्त नयाँ कार्यक्रम अन्तर्गत, कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सङ्कटको मारमा परेका अभिभावकहरूले पाक्षिक रूपमा १०० घण्टासम्म अनुदानको बाल स्याहार सेवामा प्राप्त गर्न सक्नेछन्।

86632f31-8cb2-4218-aee4-ee2468e6ce96

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

 


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now

निःशुल्क चाइल्ड केयर योजना जुलाई १२ देखि बन्द हुने | SBS Nepali