SKIP TO MAIN CONTENT

आमा-बुबालाई अस्ट्रेलिया भित्र्याउन मिल्ने विभिन्न भिषाका प्रावधानहरु

अस्ट्रेलियामा रहेको आफ्नो सन्तान र उनीहरुको परिवारसँगै बस्न वा नजिक हुन धेरै आमा-बुबाहरुको चाहाना हुन्छ। तर अस्ट्रेलियाको अध्यागमन नीति अन्तर्गत यो प्रक्रियाको लागि निकै समय र पैसा लाग्न सक्छ। आमा-बुबालाई अस्ट्रेलिया ल्याउने भिषा, जसलाई “प्यारेन्ट भिषा” भनेर चिनिन्छ- यसका सम्बन्धमा थप विवरण।

Grandson kissing his grandmother
A grandson kissing his grandmother Source: Getty Images

2 min read

Published

Updated

By Josipa Kosanovic



Skip to article content

अस्ट्रेलियाका नागरिक र स्थायी बासिन्दाहरु, अनि यहाँ बस्ने न्यूजिल्याण्डका नागरिकहरुले आफ्ना आमा-बुबाहरुलाई बिभिन्न भिषाहरु अन्तर्गत यहाँ ल्याउन सक्छन्।

तर मुख्यता “प्यारेन्ट” र “कन्ट्रिब्युटर प्यारेन्ट” भिषानै- यस कार्यक्रम अन्तर्गतका दुई प्रमुख मार्ग रहेका छन्।

कन्ट्रिब्युटर प्यारेन्ट अन्तर्गत तुलनात्मक रुपमा बढी पैसा लाग्ने भए पनि भिषा चाहि केहि बर्षमानै प्राप्त हुने गर्छ।  अस्ट्रेलिया सरकारले बर्षेनि चलाउन अध्यागमन कार्यक्रम अनुरुप तोकिएको संख्यामा यो भिषा उपलब्ध हुने गर्दछ।

ब्रिसबेनमा रहेको माईग्रेशन प्लेसका एक अध्यागमन एजेन्ट जेक बेन्ट्लीका अनुसार कम पैसा लाग्ने प्यारेन्ट भिषाको माग बढी रहेको छ, तर यो प्रक्रिया पूरा गर्न ३० बर्षसम्म लाग्न सक्छ। 

तर एक जनालाई ४५ देखि ५५ हजार डलरसम्म लाग्ने सक्ने कन्ट्रिब्युटर प्यारेन्ट भिषाबाट चाहि, आफ्नो आमा-बुवालाई आवेदन दिएको २ देखि ५ बर्षभित्रै यहाँको स्थायी बासिन्दा हुन सक्ने प्रावधान रहेको छ।

यो प्रक्रियामा, सरकारले आवेदकहरुको आर्थिक स्थिति, व्यक्तिगत स्वस्थ्य र उनीहरुको धेरै सन्तान कुन देशमा रहेको तथ्यांकलाई पनि ध्यान दिने गर्दछ।

The latest changes to the Parent visa programme
Smiling multi-generation Asian family Source: Getty Images

यदि आफ्नो सन्तान मध्येका धेरैजना अस्ट्रेलिया स्थायी रुपमा बसिरहेका छन् भने, आवेदकहरु सरकारले तोकेको परिधिभित्र पर्ने छन्।

उदाहरणको लागि, आफ्नो तिन सन्तानमध्येका दुईजना अस्ट्रेलियामै स्थायी रुपमा बसोबास गर्छन भने, ति आमा-बाबुहरु यस आवेदनका हाल्नकालागि योग्य मानिन्छन्। 

अस्ट्रेलियाको सरकारले, १ अप्रिल २०१९ देखि, अल्पकालिन स्पोन्सर्ड प्यारेन्ट भिषा पनि शुरु गरेको छ।

साईरस माईग्रेशन लयरका स्याम जाज्याभेरिले, यस नयाँ भिषा अन्तर्गत- ३ र ५ बर्ष गरि दुई समयावधि तोकिएको बताउछन्। यस आवेदन मार्फत आमा-बाबुहरु लगाताररुपमा दश बर्षसम्म अस्ट्रेलिया बस्न मिल्ने प्रावधान रहेको छ।

यस भिषाको आवेदन खर्च- तिन बर्षको लागि ५ हजार रहेको छ भने, पाँच बर्षको लागि भने १० हजार रहेको छ। यो प्रक्रियाको लागि चार महिना लाग्ने गर्दछ, र यसरी आउने आमा-बाबुहरुलाई काम गर्ने अनुमति रहेको छैन।

अस्ट्रेलिया बसेको दश बर्षपछि भने, यसरी आउने आमा-बुबाहरुले आफ्नो देश फिर्ता जानु पर्ने हुन्छ। 

आमा-बुबाका लागि भनेर सात बेग्लाबेलै भिषा रहेता पनि, बर्षेनि यहाँ कति जना आउने पाउने सम्बन्धमा अस्ट्रेलियाको सरकारले संख्या तोकेको छ।

The latest changes to the Parent visa programme
Daughter embracing mother after outdoor family dinner party Source: Getty Images

उदाहरणका लागि, यो आर्थिक बर्षभित्र उक्त भिषा कोटामा मात्र ७,३७१ भिषा जारी गरिएको छ।

तर अल्पकालिन स्पोन्सर्ड भिषा अन्तर्गत भने, थप १५,००० भिषाहरु उपलब्ध हुने प्रावधान रहेको छ।

थप जानकारिको लागि, गृह मामिला विभागको वेबसाईट जानुहोस्

यस सम्बन्धमा तपाईलाई आफ्नो भाषामा जानकारी चाहिएमा, १३ १४ ५० मा फोन गरी उल्थाकारको सेवा लिनुहोस्। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now