SKIP TO MAIN CONTENT

राजनीतिमा महिलाहरूको प्रवेश बढाउन न्यू साउथ वेल्स सरकारले जोड दिने

सन् २०२१ मा हुने चुनावमा राजनीतिमा प्रवेश गर्ने इच्छा राख्ने महिलाका लागि आवश्यक कदम चाल्नका लागि न्यु साउथ वेल्स सरकारले वुमन फर इलेक्सन अस्ट्रेलिया सँग सहकार्य गर्न लागेको छ ।

Meet your council candidates 2020
Meet your council candidates 2020 Source: AAP

3 min read

Published

Updated

By Essam Al-Ghalib

Presented by SBS Nepali

Source: SBS News



Skip to article content


प्रमुख बिषय

  • राजनीतिमा महिलाको रुचि बढाउन कार्यशाला सुरु
  • जम्मा ३१ प्रतिशत महिलाहरूको काउन्सिलमा प्रतिनिधित्व
  • सन् २०२१ को चुनावमा महिलाको सहभागिता बढाउन जोड

हाल न्यु साउथ वेल्समा जम्मा ३१ प्रतिशत महिलाहरू  काउन्सीलरका रूपमा कार्य गर्दछन् ।

हालका महिला मन्त्रीहरू शेली  हा्यानकक, साउथ कोष्टकी सदस्य एवम् स्थानीय सरकारकी मन्त्री व्रोनि टेलर एवम् गैर पक्षपाती सङ्गठन  वुमन फर इलेक्सन  अस्ट्रेलिया लगायतका सङ्घ संस्था र व्यक्तिहरू मिली हालको यो अवस्थालाई २०२१ मा परिवर्तन गर्ने कोशिस गर्दैछन् ।

जहा महिलाहरूको सङ्ख्या ५० प्रतिशतको हाराहारीमा छ,त्यहाका काउन्सिलहरूमा महिलाहरूको उल्लेख्य सङ्ख्यामा प्रतिनिधित्व हुनु पर्दछ त्यसैले हामीले यो अभियान सुरु गरेका हौ

मन्त्री हानककले एस बि एस सँगको कुराकानीका क्रममा हाल सम्म महिलाहरु यो सङ्ख्यामा वृद्धि नभएको बताइन् ।

Speaker of NSW Legislative Assembly, Shelley Hancock, MP Guy Zangari, Sinilia Radivojevic, MP Sonia Hornery.
Speaker of NSW Legislative Assembly, Shelley Hancock, MP Guy Zangari, Sinilia Radivojevic, MP Sonia Hornery. Source: (fairfieldchampion)

उनि भन्छिन् “जहा महिलाहरूको सङ्ख्या ५० प्रतिशतको हाराहारीमा छ,त्यहाका काउन्सिलहरूमा महिलाहरूको उल्लेख्य सङ्ख्यामा प्रतिनिधित्व हुनु पर्दछ त्यसैले हामीले यो अभियान सुरु गरेका हौ । ”

हानकक भन्छिन् कि महिलाहरूले पहिल्यै देखि आफ्नो समुदायमा ठुलो योगदान दिइरहेका छन् , उनीहरूले अब एक कदम बढाउन जरुरी छ र परिवर्तन गर्ने हुनु पर्दछ ।

राजीनितक क्षेत्रमा महिलाहरूलाई सशक्त  बनाउन र चुनावमा भाग लिन तैयारी गर्नका लागि गैर पक्षपातपूर्ण संस्था वुमन फर इलेक्सनलाई सरकारले एक लाख डलर प्रदान गरेको छ । संस्थाले अब राजनीतिमा इच्छा राख्ने महिलाहरूका लागि श्रृखंलाबद्ध रूपमा कार्यशालाहरू चलाउनेछ ।

हामी सबै किसिमका महिलाहरू चाहन्छौ युवा पाका उमेरका सहरी क्षेत्र वा ग्रामीण क्षेत्रमा बस्ने सबै किसिमका जाति र पुष्टभुमीका मानिसहरूलाई जो न्यु साउथ वेल्स राज्यमा बस्छन् उनीहरू आउन भन्ने चहान्छौ

वुमन फर इलेक्सनकी प्रमुख लिसिया हिथ सबै महिलाहरूलाई यस कार्यक्रममा भाग लिनका लागि आग्रह गर्छिन् ।

उनि भन्छिन् “हामी सबै किसिमका महिलाहरू चाहन्छौ युवा पाका उमेरका सहरी क्षेत्र वा ग्रामीण क्षेत्रमा बस्ने सबै किसिमका जाति र पुष्टभुमीका मानिसहरूलाई जो न्यु साउथ वेल्स राज्यमा बस्छन् उनीहरू आउन भन्ने चहान्छौ”

हिथ भन्छिन् कि उनलाई आशा छ कि यस्ता कार्यशालाले महिलालाई चुनावी प्रक्रिया र प्रचार प्रसार कसरी गर्ने भन्ने बारेमा स्पष्ट ज्ञान दिनेछ ।

ओ जे रुष्टन पहिले देखि नै अनलाइनका माध्यमबाट समुदायका लागि काम गरी रहेकी छन् । उनको रुचि युवाहरू विशेषत  महिलाहरूलाई सहयोग गर्ने हो । उनलाई लाग्छ कि स्थानीय काउन्सिलको राजनीतिबाट नेतृत्वमा पुगे आफ्नो समुदायलाई सेवा पुर्‍याउने र मानिसका जीवन अझ बढी राम्रो बनाउन सहयोग पुर्‍याउन सकिन्छ ।

उनले  वुमन फर इलेक्सनले योजना गरेको पहिलो कार्यशाला भाग पनि लिएकी छन् ।

सेप्टेम्बर २०२१ म हुने न्यु साउथ वेल्स राज्यको स्थानीय चुनावमा कम्तीमा पनि २ सय महिलाहरूले उम्मेदवार बनाउने लक्ष्य वुमन फर कलेक्सनको रहेको छ ।

कार्यशालामा महीलाहरुको  उपस्थिति पनि बाक्लो छ गत हप्ता भएको वेबिनारमा  ३५ महिलाहरूको सहभागिता थियो भने आगामी हप्ताका लागि तय भएको कार्यशालामा  अव केही सिटहरू मात्र खालि छन् ।

तपाई पनि यस कार्यक्रममा भाग लिन चाहनु हुन्छ भने  www.wfea.org.au सम्पर्क गर्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now