न्यु साउथ वेल्सका व्यापार मन्त्री एवम् लिबरलका उपनेता स्टुअर्ट आर्यसले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको राज्यका प्रिमीयर डोमिनीक पेरोटेले पुस्टि गरे।
क्याबिनेट एवम् न्यु साउथ वेल्स प्रिमीयर अन्तर्गत रहेको विभागले छानबिन पछिको ब्रिफीङ्गका क्रममा व्यापार मन्त्री आर्यसले आफ्नो पदीय जिम्मेवारीको उल्लङ्घन गरेको हुन सक्ने बताएको थियो।
प्रिमीयर डोमिनीक पेरोटेले रिर्पोटका बारेमा मन्त्री स्टुअर्टसँग सोधपुछ गर्दा उनले राजीनामा बुझाएको बताएका छन्।
जब मैले यी कुराहरू आयर्सलाई राखे, उनले मन्त्री पद र पार्टीको उपनेताका रूपमा राजीनामा प्रस्ताव गरेप्रिमीयर डोमिनीक पेरोटे
“आयर्सले आचारसंहिता उल्लङ्घन गरे नगरेको विषयमा अब अनुसन्धान थालिनेछ।”
गत वर्ष पाँच लाख भन्दा बढी तलब हुने गरी पूर्व प्रिमीयर जोन व्यारिलारोलाई दिइएको एक पदका विषयमा अहिले विवाद चलिरहेको छ।
पहिले इन्भेस्टमेन्ट न्यु साउथ वेल्सकी प्रमुख एमी ब्राउनलाई उक्त पद प्रस्ताव गरिएको भए तापनि पछि जोन व्यारिलारोले पाएका थिए।
व्यापार मन्त्रालयको जिम्मेवारीका विषयमा आफूले छिट्टै निर्णय गर्ने प्रिमीयर डोमीनीक पेरोटेले बताएका छन्।
