तपाईको सुपरएनुएसन- के तपाईले व्यवस्थापन शुल्कमा ध्यान दिनु भएको छ?

आर्थिक सेवा सम्बन्धि गठित शाही आयोगले अहिले आफ्नो ध्यान अस्ट्रेलियामा रहेको सुपरएनुएसनतर्फ सारेको छ।

Royal Commission on Superannuation

Commissioner Kenneth Hayne makes his opening comments. Source: AAP

आर्थिक सेवा सम्बन्धि गठित शाही आयोगले अहिले आफ्नो ध्यान अस्ट्रेलियामा रहेको सुपरएनुएसनतर्फ सारेको छ।

धेरैले यस कदमको स्वागत गरेका छन् - र  यो बिषय निकै महत्वपूर्ण पनि छ किन भने कामबाट अवकाश लिएपछि यो नै  अर्थ संकलनको एउटा प्रमुख श्रोत रहने गरेको छ।  सुपरएनुएसन को बिषय अलिक जटिल पनि भएक ले यसका संचालन कर्ताहरुले धेरैसंग  यसले जथाभावी शुल्क लिने गरेको गुनासो पनि सुनिने गरिन्छ।

किन यो बिषय अलिक चर्चामा आएको छ।

६० वर्षा नभई सुपरएनुएसनको खाता छुन पाईदैन। यसले गर्दा धेरैले यसमा ध्यान दिदैन। तर बैंकिंग क्षेत्र मा भएको व्यापक अनियममिता पछि सुपरएनुएसन पनि चर्चामा आएको छ।

गत मे महिनामा अस्ट्रेलियाको प्रोडोक्टिभिटि कमिसनले -  सुपरएनुएसनलाई 'दुर्भाग्यशाली चिट्ठा ' बताएको थियो।  आशय के भने- पैसा चाही पाउने , तर  सुपरएनुएसन संचलानकर्ताहरुले पैसा ठुलै रुपमा काटे पछि बचेको रकम मात्र हात पार्ने।

उक्त आयोगको भनाइमा पाउनु पर्ने लाभ, उपभोक्ताहरुले नपाएको इंगित गरेको थियो। यसले गर्दा अस्ट्रेलियाका जनताहरु माथि आर्थिक ज्यादती भएको पनि उसले बताएको थियो।

च्यान्ट वेस्ट नामक आर्थिक बिषयहरुमा रिसर्च गर्ने एक संस्थाक प्रमुख ईयान फ्रायरका  अनुसार शाही आयोगबाट  केहि सुझाब हरुको अपेक्षा गर्न सकिन्छ। खास गरी सुपरएनुएसन संचलानकर्ताको भूमिकामा केहि सुधार आउनु पर्ने आवस्यक देखिन्छ भनि उनि बताउछन्।

तर ईभा सेरलिंक अस्ट्रेलियन ईन्सटिट्यु की प्रमुख हुन्।  उनको भनाईमा सुपरएनुएसनको रकममा अधिकांश अस्ट्रेलियन्हरु ठगिएका छैनन्।  केहि गल्तिहरु भएको उनि स्वीकार पनि गर्छिन र शाही आयोगले आर्थिक सल्लाहको कमिसनहरुको बिषयमा भने प्रश्न उठाउन सक्ने उनको बिचार रहेको छ।

महिलाहरुले अवकास लिदा, पुरुषको तुलनामा उनिहरु सँग आधामात्र बचत हुने बताउदै, उनले- हाल लेबर पार्टिले उक्त बिषयमा ल्याएको प्रस्तावको स्वागत गरेकी छिन्। नयाँ प्रस्तावका अनुसार महिलाहरुले सुत्केरि बिदामा पनि सुपरएनुएसनको रकम पाईरहेने छन्।

सुपरएनुएसनको नियम अनुसार, रोजगारदाताहरुले कर्मचारिको खातामा कमाईको ९.५ % भिन्दै जम्मा गर्नुपर्ने हुन्छ। अस्ट्रेलियामा हाल- ईन्डष्ट्री, रिटेल र आफै व्यवस्थापन गरिने गरी तीन सुपरएनुएसन रहेका छन्। ईन्डष्ट्री सुपर फण्डहरु नाफामूलक नभएको बताईन्छ र रिटेल भने बैंकहरुले चलाएका सुपरएनुएसनको व्यवस्थापन रहेको छ।

विश्लेषकहरुले अस्ट्रेलियाको सुपरएनुएसन बिश्वकै लागि एक नमुना भएको बताउछदै आएका छन्।

उपभोक्ताहरुलाई सहि लगानी छान्नका लागि निकै बिकल्पहरु रहेको, र खाताबाहकहरुले शुल्कहरुमा अलिक बढी ध्यान पुर्‌याएको खण्डमा र त्यस सम्बन्धमा कम्पनीहरुसँग सल्लाह गरेमा, उपभोक्ताहरुलाई नै लाभ पुग्ने बिज्ञहरु बताउछन्।

साथै विश्लेषकहरुले सुपरएनुएसन भित्र लगानीका अवसरहरु चयन गर्दा सदा दिर्घकालीन लाभलाई ध्यानमा राख्न उचित हुने भनि सल्लाह दिन्छन्।

 


Share

2 min read

Published

Updated

By Peggy Giakoumelos




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now