SKIP TO MAIN CONTENT

'जब किपर' ज्याला अनुदान कार्यक्रमको समयावधि थपिनु पर्ने सुझाव

रिजर्भ ब्याङ्कका गभर्नर फिलिप लो ले जब किपर कार्यक्रमको पहिले योजना गरिएको सेप्टेम्बर अन्त्यसम्मको समयलाई बढाएर यो सहयोगलाई अझ केही समय निरन्तरता दिनु पर्ने बिचार राखेका छन्।

CASH
A piggy bank with money sticking out of it, Wednesday, Aug. 2, 2006. (AAP Image/Alan Porritt) NO ARCHIVING**PHOTOMONTAGE** Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

रिजर्भ ब्याङ्कका गभर्नर फिलिप लो ले संसद्को माथिल्लो सदन सिनेट समक्ष जब किपर ज्याला अनुदानलाई अझ केही समय सम्म जारी राखिनु पर्ने बताएका छन्।

अस्ट्रेलियाले कोभिड -१९ का सम्बन्धमा गरेको कामलाई समीक्षा गर्ने क्रममा सिनेट समितिमा उपस्थिति जनाएका लो ले सो कुरा बताएका हुन्।

उनले सेप्टेम्बर महिना सम्ममा देशको अर्थतन्त्र कस्तो रहन्छ भन्ने अनुमान गर्न गाह्रो भए पनि अहिले अनि हतार गरेर सरकारी ज्याला अनुदानलाई हटाउनु नहुनेमा जोड दिएका छन्।

Governor of the Australian Reserve Bank (RBA) Philip Lowe speaks during a hearing of the House Economic Committee at Parliament House in Canberra, Friday, August 9, 2019. (AAP Image/Lukas Coch) NO ARCHIVING
Governor of the Australian Reserve Bank (RBA) Philip Lowe Source: AAP Image/Lukas Coch

त्यस्तै लेबरका रोजगार प्रवक्ता ब्रेण्डन ओ'कनरले सरकारले गभर्नरको कुरा सुनेर जब किपर योजनाको समयावधिलाई बढाउनु पर्ने बताएका छन्।

"रिजर्भ ब्याङ्कका गभर्नरले आज स्पष्ट पारिसकेका छन् कि अर्थतन्त्र र श्रम बजारलाई प्रदान गरिरहेको सहयोग सेप्टेम्बर देखि बन्द गरिनु मूर्खता हो।"

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्ट भन्छन् कि उक्त योजनालाई आगामी महिनामा समीक्षा गरिनेछ र उनले फेरि पनि सरकारको भनाइलाई दोहोर्‍याउँदै यो व्यवस्था निश्चित समयका लागी मात्र लागू गरिएकोमा जोड दिएका छन्।

"प्रधानमन्त्री र ट्रेजररले स्पष्टसँग भनिसकेका छन् कि जुन महिनामा यसको समीक्षा हुनेछ र यो बाहेक म भविष्यको कुरा त हेर्न वा भन्न सक्दिन तर प्रधानमन्त्रीले यी सम्पूर्ण व्यवस्थाहरू अस्ट्रेलियाले अप्ठ्यारो परिस्थिति पार नगरुन्जेल सम्मका लागी अस्थायी रूपमा लागू हुने बताई सकेका छन्, र त्यो नीति नै जारी रहेको छ।"

आउँदा महिनाहरूमा बेरोजगारी दर बढ्ने अनुमान भइरहँदा कोभिड-१९ सङ्क्रमणको सङ्ख्या भने ठ्याक्क विपरीत दिशामा गइरहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now