प्रसिद्ध रक ब्यान्ड एसीडीसीका पूर्व मुख्य गायक बन स्कटले उक्त तीन पाने चिठी आफ्ना बाल सखी भ्यालरी लरीलाई सम्बोधन गर्दै लेखेका थिए।
अमेरिकाको भ्रमण गरिरहेको आफ्नो चिर-परिचित साङ्गीतिक टोली पिट्स्बर्ग पुगेको बखत, स्कटले उक्त पत्र लेखेका थिए।
उनले त्यसमा प्रतक्ष्य एलबम रेकर्डिङ गर्दाका चुनौतीहरू र थकित पार्ने गरी अमेरिकाको कार्यक्रम तय भएको बारे लारिलाई बताएका थिए।
साथै, स्कटले उक्त पत्रमा आफ्नो ब्याण्डले गर्ने गरेको मादक पदार्थ सेवन र उनको आफ्नो आर्थिक सङ्कटबारे पनि खुलासा गरेका थिए।

यो चिठ्ठीलाई पश्चिम अस्ट्रेलिया स्थित राज्य पुस्तकालयमा अर्को महिनासम्म सबैले हेर्न मिल्न गरी राखिएको छ। पुस्तकालयको सम्पदा संग्राहलयमा रहेका एसीडीसी र स्कटका साङ्गीतिक रेकर्डिङ्गहरु, तस्बिरहरू, किताबहरू, पोस्टरहरू लगायतका सामाग्रीहरूसँगै यो चिठी पनि राखिएको छ।
मादक पदार्थको दुर्व्यसनका कारण सन् १९८३मा स्कटको मृत्यु भएको थियो।
राज्यका कला मन्त्री डेभिड टेम्पलम्यानका अनुसार, सरकारले उक्त पत्र किन्नु “गज्जबको” कुरो हो।
“यो पत्र पश्चिम अस्ट्रेलियाकै सर्वाधिक चर्चित मध्य एक साङ्गीतिक दिग्गजको जीवन सम्बन्धी अत्यन्त दुर्लभ निधि हो,” उनले भने।

