SKIP TO MAIN CONTENT
FRANCE-HEALTH-VIRUS-RESEARCH

This article is more than 3 years old

अस्ट्रेलियामा नयाँ कोभिड-१९ मामिलाहरू घट्ने क्रममा

कोभिड-१९ बारे यो साप्ताहिक अस्ट्रेलियाली अपडेट हो।

Key Points

  • कोभिड-१९ का नयाँ मामिलाहरू भेटिने क्रम देशभर नै घट्न थाल्यो
  • अर्को सातादेखि सुरु हुने अस्ट्रेलियन ओपनमा कोभिड-१९ सङ्क्रमित खेलाडीहरूले भाग लिन पाउने
  • विश्व स्वास्थ्य सङ्गठनद्वारा सबै देशहरूलाई तथ्याङ्क उपलब्ध गराउन आग्रह

कोभिड-१९ का नयाँ मामिलाहरू भेटिने क्रम देशभर नै घट्न थालेको छ।

न्यु साउथ वेल्सका कार्यवाहक प्रमुख स्वास्थ्य अधिकारी डा ज्यान फिजेलले उपलब्ध प्रमुख सूचकहरूको हवाला दिँदै कोरोनाभाइरस सङ्क्रमण ओरालो लाग्न थालेको पुष्टि गरेकी हुन्।

तर मानिसहरूले स्वस्थ रहन प्रचारित उपायहरू अपनाउने क्रम जारी नै राख्नुपर्ने पनि उनको भनाई छ।

स्वस्थ रहन प्रचारित उपायहरूमा मास्क लगाउने, स्यानिटाइजर वा साबुन पानीले हात सफा राख्ने आदी पर्दछन्।

यद्यपि, पछिल्लो सात दिने रिपोर्टिङ अवधिमा न्यु साउथ वेल्स र भिक्टोरिया दुवै राज्यले हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरेका छन्।

यो अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सङ्क्रमणका कारण आफ्ना ११२ राज्यवासी गुमाउन पुगेको छ भने १४९ भिक्टोरियालीको मृत्यु भएको छ।

छुट्टीको समयले गर्दा तथ्याङ्क सङ्कलन प्रभावित भएको भन्दै अधिकारीहरूले यी आँकडाहरूलाई सोही अनुसार बुझ्नुपर्ने पनि बताएका छन्।

अस्ट्रेलियन ओपन

मेलबर्नमा सोमवारदेखि सुरु हुने ग्रान्ड स्ल्याम टेनिस प्रतियोगितामा भाग लिने खेलाडीहरू कोभिड-१९ सङ्क्रमित भए पनि खेलबाट वञ्चित नहुने भएका छन्।

केही दिन अघि आयोजक टेनिस अस्ट्रेलियाले उक्त जानकारी दिएको हो।

अस्ट्रेलियन ओपन भनेर परिचित उक्त प्रतियोगिताका निर्देशक क्रेग टिलीका अनुसार आफूहरूको सो निर्णय अस्ट्रेलियाभरको अवस्था अनुरूप नै रहेको छ।

यो वर्ष, अस्ट्रेलियन ओपनमा भाग लिन आएका खेलाडीहरूले खोप लगाएकै वा सङ्क्रमण परीक्षण गराएकै हुनुपर्ने वाध्यात्मककारी नियम लागू छैन।

विश्व स्वास्थ्य सङ्गठनको भनाई

संयुक्त राज्य अमेरिकामा ओमिक्रनको नयाँ भेरिएन्ट एक्सबीबी.१.५ द्रुत रूपमा फैलिँदै जाँदा विश्व स्वास्थ्य सङ्गठनले लामो दुरीका हवाई यात्रामा रहँदा मानिसहरूलाई मास्क लगाउन आग्रह गरेको छ।

“कोभिड-१९ निकै फैलिएको जुनसुकै स्थानबाट आउने यात्रुहरू सबैलाई यो सिफारिस जारी गरिनुपर्छ,” सङ्गठनकी क्याथरिन स्मलवूडले भनिन्।

अर्को तर्फ, उक्त संस्थाका महानिर्देशक टेड्रोस आधानोम घेब्रेयेसुसले ओमिक्रन फैलावटको उच्चतम विन्दुका बखतदेखि विश्वव्यापी रूपमा सार्स-सीओभी-२ को अनुक्रमहरूबारे जानकारी एक-आपसमा बाँड्नेक्रममा निकै सुस्तता देखिएको खुलासा गरेका छन्।

नयाँ भेरिएन्टहरू पत्ता लगाउन र तिनलाई फैलनबाट रोक्न उक्त जानकारी बाँडिनुपर्नेमा उनले जोड दिएका छन्।

“संसारले आँखा चिम्लिँदैमा भाइरस लोप भएर जाने होइन,” डा घेब्रेयेसुसले भने।

“हामी सबै देशहरूलाई यो तथ्याङ्क उपलब्ध गराउन भन्छौँ। जति धेरै आँकडाहरू उपलब्ध भयो, हामीसँग महामारीबारे उति नै सफा चित्र हुने छ।”

Find a Long COVID clinic

ACT  New South Wales  Northern Territory  Queensland

South Australia  Tasmania  Victoria  Western Australia

Find a COVID-19 testing clinic

ACT New South Wales Northern Territory Queensland

South Australia Tasmania VictoriaWestern Australia

Register your RAT results here, if you're positive

ACT  New South Wales Northern Territory Queensland

South Australia Tasmania Victoria Western Australia

Before you head overseas, check the latest travel requirements and advisories

Here is some help understanding COVID-19 jargon in your language

Read all COVID-19 information in your language on the SBS Coronavirus portal


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now