विश्व फुटबलका उत्कृष्ट खेलाडीका रूपमा सम्मानित डिएगो म्याराडोनाको निधनले विश्व फुटबलका प्रशंसकहरू निराश बनेका छन् ।
केही हप्ता अघि मस्तिस्कमा रगत जमेपछि उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि घरमै आराम गरेका डिएगो म्याराडोनाको बुधवार व्युनोस एयर्स स्थित आफ्नै घरमा हृदयाघात भएको हो।
उनको निधनले अर्जेन्टिना स्तब्ध भएको छ। अर्जेन्टीनी राष्ट्रपति अल्र्वेटो फर्नान्डीजले देशभर ३ दिने शोकको घोषणा गरेका छन् । अर्जेन्टेनी फुटबल सङ्घले ट्युटर मार्फत उनको निधनले स्तब्ध बनेको भन्दै उनी सधैँ सम्झनामा रहिरहने बताएको छ ।
अर्जेन्टिनाले सन् १९८६ मा उनकै कप्तानीमा मेक्सिकोमा भएको खेलमा उपाधि जित्न सफल भएको थियो । १९९० मा इटलीमा भएको खेल र दक्षिण अफ्रिकामा भएको सन् २०१० को खेलमा टिमलाई फाइनल सम्म पुर्याउनका उनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ ।
विश्व फुटबलका अर्का उत्कृष्ट खेलाडी पेलेले उनको मृत्युमा निकै दुखी भएको बताएका छन् ।
उनले भने “मैले आज आफ्नो प्यारो साथीलाई गुमाएको छु र विश्वले एउटा महान व्यक्ति गुमाएको छ ।”
सन् २००० मा ब्राजीलियन खेलाडि पेले र म्याराडोना दुबैलाई विश्व फुटबल सङ्घले शताब्दी कै “महान खेलाडी” घोषणा गरेको थियो ।
अर्जेन्टीनी राष्ट्रपति अल्र्वेटो फर्नान्डीजले ट्विटमा भनेका छन् “तपाईँले हामीलाई विश्वकै उच्च स्थानमा पुर्याउनु भयो, हामीलाई अत्यन्त खुसी दिनु भयो । हामी तपाईँलाई सधैँ सम्झनेछौ,जीवनभर सम्झनेछौ ।”
उनको खेल जीवन विवादमा पनि पदै आएको थियो । उनले १९९१ मा नेपोलीका लागि खेल्दा कोकिन सेवन गरेको पाइएपछि उनलाई फुटबलबाट २५ महिनाका लागि निलम्बन गरिएको थियो ।
४ वटा विश्वकप खेलेका म्याराडोना सन् २००८ मा अजेन्टीनी फुटबलका प्रशिक्षक नियुक्ति भएकोमा उनको टिमले हारेपछि सन् २०१० का खेल प्रशिक्षक बाट हटाइएको थियो ।
पछिल्लो समय एनेमिया र डिहाईड्रेसन कारण उनलाई ला प्लाटाको अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको मष्तिष्कमा रगत जमेकीको पत्ता लागेको थियो । अस्पतालबाट डिस्र्चाज भएको केही दिनमै उनको निधन भएको हो ।
